• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको खुलासा

February 25th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको खुलासा

काठमाडौ,१३ फागुन । आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ। त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ। सरकारले अर्ग्रानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। तर, बालीनालीमा विषादी प्रयोगदर बढ्दै गएको छ। प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार वार्षिक ७५ करोड रकम विषादी खरिदमा बाहिरिन्छ। वार्षिक ६ सय ३५ टन कीटनाशक विषादी आयात हुने गरेको छ।

विषादी प्रयोगको अवस्थाबारे प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको प्रतिवेदनमा उल्लेख छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको केन्द्रले दुई वर्ष लगाएर अध्ययन गरेको थियो। अध्ययनअनुसार बालीनालीमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग हुन्छ। तरकारीमा प्रतिहेक्टर १६ सय ५ ग्राम विषादी प्रयोग हुन्छ। कुल विषादीको ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए।

सरकारले पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता भन्ने नारासहित फागुन ६ देखि आइतबारसम्म विषादी प्रयोगमुक्त सप्ताह विभिन्न कार्यक्रम गरी मनाएको छ। कृषि उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य गर्नुपर्ने भन्दै साताव्यापी कार्यक्रमलाई देशभर मनाउँदै आइतबार समापन गरेको छ।
विषादी प्रयोग गर्नेलाई दण्डसजायको व्यवस्था छैन। तर केन्द्रले विषादी व्यवस्थापनमा अनुगमन, सचेतीकरण, दर्ता प्रक्रिया र बिक्रीवितरणमा नियमन गर्दै आएको सुवेदीले बताए। सर्वोच्च अदालतले तरकारीमा जथाभावी कीटनाशक औषधि प्रयोग गर्ने तथा त्यस्तो तरकारी उपभोक्ताकहाँ पुर्‍याउने कार्यमा तत्काल रोक लगाउन २०७४ माघ १६ गते परमादेश जारी गरेको थियो । तर कार्यान्वयन भएको छैन।

उपभोक्ता अधिकार ऐन २०५४ ले उपभोक्ताले विषादीरहित खाना खान पाउने अधिकार प्रदान गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पछिल्लो अध्ययनले १२ प्रतिशत खाद्य सामग्रीमा प्रतिबन्धित विषादीको मात्रा बढी फेला पारेको थियो। कालीमाटी फलफूल तथा तरकारी बजारसहित अन्य सात स्थानमा विषादी अन्वेषण हुँदै आएको छ। कालीमाटीमा दैनिक आठवटा नमुना परीक्षण गरी विषादीको मात्रा बढी भएका तरकारी नष्ट गर्न लगाउँदै आएको छ।

खाद्यवस्तुमा विषादीको मात्रा नाप्ने निषेध दर (इन्हिबिसन रेट) ४५ प्रतिशतभन्दा बढी भएका तरकारीलाई अखाद्य, ३५ देखि ४५ प्रतिशत भएकालाई निश्चित अवधि राखेर मात्र खान मिल्ने र ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र सहज खान मिल्ने भनी वर्गीकरण गरिएको छ।
बाली संरक्षण निर्देशनालयअन्तर्गतको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखामा २ हजार २ सय ७५ वटा व्यापारिक नाम भएका १ सय ३२ थरीका विषादी दर्ता गरिएका छन्। तिनमा ५१ थरीका कीटनाशक विषादी छन्।

सबभन्दा बढी कीटनाशक र ढुसीनाशक विषादी प्रयोग हुन्छ। सरकारले १६ थरीका विषादीलाई प्रतिबन्धित सूचीमा राखेको छ। थप पाँच घातक विषादीमाथि प्रतिबन्ध लगाउने तयारी छ। गत वर्ष कीटनाशक विषादी १ सय ६९ टन, रोगनाशक ३ सय ४७ टन, झारनाशक १ सय ५ टन र अन्य १४ टन आयात भएको केन्द्रको तथ्यांक छ। पछिल्लो पाँच वर्षमा ११ अर्ब रुपैयाँको आयात भएको देखिन्छ।

विषादी प्रयोगले तत्कालीन रूपमा मूच्र्छा पर्ने, झाडापखाला लाग्ने, कम्पन, दृष्टि कमजोर तथा मृत्यु हुने असर गर्छ। अन्धोपना, क्यान्सर, ट्युमर, नपुसंकता, बाँझोपन, विकृत बच्चाको जन्म, विभिन्न अंगमा असर, नसासम्बन्धी समस्या समस्या दीर्घकालीन रूपमा ल्याउने गर्छ। विश्वमा प्रत्येक वर्ष ४ करोडमा विषादीले असर पुर्‍याउने गरेको पाइएको अध्ययनले देखाएको छ। विषादीकै कारण वार्षिक करिब ३ लाख ५५ हजार र दिनमा ७ सय व्यक्तिको मृत्यु हुने गरेको छ।(अन्नपूर्ण पोष्टबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीको संख्या बढ्दै
Next article जाजरकोट जिल्ला अस्पतालमा प्रसूति शल्यक्रिया सेवा सुरु

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134213
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

12
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web