• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमन्त्री र राज्यमन्त्रीले गरे मरणोपरान्त अंगदान

March 14th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमन्त्री र राज्यमन्त्रीले गरे मरणोपरान्त अंगदान

हेल्थ टुडे,

भक्तपुर, ३० फागुन : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र राज्यमन्त्री डा. सुरेन्द्र यादवले मरणोपरान्त अंगदान घोषणा गरेका छन् । विश्व मिर्गौला दिवसको अवसरमा भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिहीबार आयोजनामा प्रत्यारोपण खेलकुद तथा मिर्गौला सचेतना कार्यक्रममा मन्त्री र राज्यमन्त्रीले मरणोपरान्त अंगदान गरेको घोषणा गरेका हुन् । मन्त्री र राज्यमन्त्रीलाई आरोग्य फाउण्डेसनका कार्यकारी सदस्य एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दान गरेको प्रमाणपत्र प्रदान गरेका हुन ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री यादवले पछिल्ला वर्षहरुमा मिर्गौला, मुटु, क्यान्सर लगायतका नसर्ने रोगको संक्रमण बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यी रोगहरु लागेपछि उपचारमा ठूलो धनरासी खर्च गर्नुको सट्टा जनचेतना मार्फत रोग लाग्नै नदिने उपायमा लाग्न जोड दिए । सरकारले अस्पताल बनाएर र डाक्टर थपेर मात्र नसर्ने रोगको संक्रमण कम गर्न नसकिने जिकीर गर्दै मन्त्री यादवले सचेतना जगाउने काममा सबैको सहकार्य हुनु पर्ने बताए ।  राज्यमन्त्री डा. यादवले सरकारले मिर्गौलाका विरामीका लागि डायलासिस र प्रत्यारोपण दुबै सेवा निःशुल्क भए पनि डायलासिस भन्दा प्रत्यारोपणमा जोड दिनु पर्ने बताए । केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिले गरेको अंगदानबाट आठवटा अंग प्रत्यारोपण गर्न सकिने भएकाले अंगदानबाट हजारौ व्यक्तिले नयाँ जिवन पाउने अवस्था रहेको बताए । डा.श्रेष्ठले पछिल्लो एक दशकमा नेपालमा मिर्गौला उपचारको क्षेत्रमा उल्लेखनिय प्रगति भएको जानकारी दिए ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले मरणोपरान्त अंगदान सम्बन्धी जनचेतना जगाउने अभियानमा संघले हातेमालो गरेर अगाडि बढीरहेको र भविश्यमा पनि अभियान जारी रहने बताए । कार्यक्रममा आरोग्य फाउण्डेसनका कार्यकारी सदस्यहरु वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अष्टेलियाका राजदूत, दक्षिण कोरियाका राजदूत लगायतले मिर्गौला बिग्रन नदिन सचेतना आवश्यक रहेकोमा जोड दिएका थिए ।

स्वास्थ्य मन्त्री र मिर्गौला प्रत्यारोपीबिचको फुटबल बराबरीमा

सो अवसरमा आयोजनामा गरिएको प्रत्यारोपण खेलकुद अन्तरगत भएको फुटवल प्रतियोगितामा उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेतृत्व गरेको टीम र मिर्गौला प्रत्यारोपीहरुबिच भएको मैत्रीपूर्ण फुटबलमा दुबै तर्फबाट एक एक गोल भएर खेल बराबरीमा सकिएको थियो । मन्त्री यादवले नेतृत्व गरेको टीममा राज्यमन्त्री डा. यादव, महजोडी, केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठ, डा. राकेश बर्मा र राजदूतहरु थिए भने अर्को टीममा मिर्गौला प्रत्यारोपण गराएकाहरु थिए । नेपालमा हरेक वर्ष कम्तिमा ३ हजारको मिर्गौला फेल हुने भएको  अनुमान छ । कार्यक्रममा पप गायक दीपक बज्रचार्यले सांगितिक प्रस्तुति पस्केका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विश्व मिर्गौला दिवसः प्रहरी अस्पतालद्वारा निःशुल्क मिर्गौला परीक्षण
Next article स्टारको वार्षिकोत्सवमा १० वर्ष सेवा गरेका कर्मचारी सम्मानित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web