• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वस्थ समाज निर्माणको लागि स्वास्थ्य पत्रकारिताको विकास अपरिहार्य

March 31st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वस्थ समाज निर्माणको लागि स्वास्थ्य पत्रकारिताको विकास अपरिहार्य

हेल्थ टुडे,
धुलिखेल,१७ चैतः स्वस्थ समाज निर्माणको लागि मुलुकमा स्वास्थ्य पत्रकारिताको विकास अपरिहार्य रहेको औल्याउँदै सरोकारवालाहरुले स्वास्थ्य विटमा कार्यरत पत्रकारहरुको क्षमता अभिबृद्धिमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । विभिन्न सञ्चारमाध्यममा हेल्थ बिटमा कार्यरत पत्रकारहरुको साझा संस्था ‘सोसाइटी अफ हेल्थकेयर जर्नलिस्ट नेपाल’ ले स्वास्थ्य पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि धुलिखेलमा आयोजना गरेको तालिमका अवसरमा सरोकारवालाहरुले स्वास्थ्य पत्रकारको क्षमता बढाउन राज्य, सञ्चारगृह र स्वयं पत्रकारहरुले लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डीन एवं धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले स्वास्थ्य समाचार एकदमै संवेदनशिल हुने भएकाले स्वास्थ्य पत्रकार विषय वस्तुमा पोख्त हुनुपर्ने धारणा राखे । उनले मुलुकमा स्वास्थ्य पत्रकारिताको पढाइ हुनुपर्ने समेत बताए । सरकारले अस्पताल र अस्पतालका बेड थप्दैमा स्वस्थ समाज निर्माण गर्न नसकिने दाबी गर्दै स्वास्थ्य अधिकारकर्मी एवं प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र ( रेस्पेक) का कार्यकारी निर्देशक शान्तलाल मुल्मीले रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नको लागि जनचेतना जगाउन स्वास्थ्य पत्रकारहरुको क्षमता बढाउनुपर्नेमा जोड दिए ।

सोसाइटी अफ हेल्थकेयर जर्नलिस्ट नेपालका अध्यक्ष अतुल मिश्रले सत्य, तथ्य र सन्तुलित स्वास्थ्य पत्रकारिताले स्वस्थ्य समाज निर्माणमा अहं भूमिका खेल्ने भएकाले स्वास्थ्य पत्रकारहरुको क्षमता बढाउनुपर्ने र यसमा राज्य लगायतका सम्बद्ध सबै पक्षले चासो राख्नु पर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य पत्रकारहरु दीपक दाहाल, पूर्णभक्त दुवाल, भगवती तिमिल्सिना, कमला गुरुङ, रिता तिमिल्सिना र हेल्थ केयर जर्नलिष्ट सोसाइटिका महासचिव पदमराज जोशी लगायतले स्वास्थ्यका समाचारले सञ्चार माध्यममा उचित स्थान पाउनुपर्नेमा जोड दिए । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको सहकार्यमा सम्पन्न दुई दिने तालिममा २० जना स्वास्थ्य पत्रकारको सहभागिता रहेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य पत्रकारिता सम्बन्धी दुई दिने तालिम सम्पन्न
Next article पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयासमा पहिलो सफलता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web