• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य पत्रकारिता सम्बन्धी दुई दिने तालिम सम्पन्न

March 31st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य पत्रकारिता सम्बन्धी दुई दिने तालिम सम्पन्न

हेल्थ टुडे,

काठमाडौं : स्वास्थ्य पत्रकारिता सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । स्वास्थ्य पत्रकारहरुको संस्था सोसाइटी अफ हेल्थ केयर जर्नलिस्ट नेपालले प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्रको सहयोगमा विभिन्न सञ्चारमाध्यममा स्वास्थ्य विटमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्घि गर्ने उद्देश्यले शुक्रबार र सनिबार कार्यक्रम आयोजना गरेको हो । तालिममा २० जना स्वास्थ्य पत्रकारको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा काठमाडौं विश्वविद्यालयका डीन एवं धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले  स्वास्थ्य संवेदनशिल बिषय भएकाले स्वास्थ्यका समाचार लेख्ने पत्रकार स्वास्थ्यका विविद् बिषयबस्तुमा राम्रो जानकार हुनु पर्ने बताए । पछिल्ला वर्षहरुमा स्वास्थ्यका समाचारमा क्रमिक सुधार आइरहेकोमा खुशी व्यक्त गर्दै स्वास्थ्य पत्रकारहरुको क्षमता बढाउन आफू र आफूकार्यरत संस्थाले सक्दो सहयोग गर्ने बताए । डा. कोजूले यस किसिमका तालिमले स्वास्थ्य पत्रकारहरुको क्षमता अभिवृद्घिमा फलदायी हुने विश्वास व्यक्त गरे । स्वास्थ्य अधिकारकर्मी एवं प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सरकारले अस्पताल र अस्पतालका बेड थप्दैमा स्वस्थ्य समाज निर्माण गर्न नसकिने दावी गर्दै रोग लाग्नै नदिने वातावरण सिर्जना गर्न स्वास्थ्य पत्रकारहरुको क्षमता बढाउनुु पर्ने बताए ।

‘सोसाइटी अफ हेल्थकेयर जर्नलिस्ट नेपाल ’का अध्यक्ष एवं कान्तिपुर दैनिकका चिफ रिपोर्टर अतुल मिश्रले सत्य, तथ्य र सन्तुलित स्वास्थ्य पत्रकारिताले स्वस्थ्य समाज निर्माणमा अहं भूमिका खेल्ने भएकाले स्वास्थ्य पत्रकारहरुको क्षमता बढाउनु पर्ने आवश्यकता रहेको बताए । स्वास्थ्य पत्रकारिता प्राविधक बिषय भए पनि अप्राधिक पत्रकारहरुले गर्नु परिरहेको बताउदै एउटा मात्र गतल समाचारले व्यक्तिको मृत्यु समेत हुनेमा सजक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा वरिष्ठ स्वास्थ्य पत्रकार एवं नेपाल समाचारपत्रका सहसम्पादक भगवती तिमिल्सिनाले स्वास्थ्य पत्रकारितामा अवसरमात्र नभएर चुनौति पनि उत्तिकै भएकाले स्वास्थ्य पत्रकारहरुलाई बेला बेलामा यस प्रकारमा तालिम आयोजना भइरहनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।  ‘सोसाइटी अफ हेल्थकेयर जर्नलिस्ट नेपाल ’ का महासचिव एवं हेल्थ टुडेका सम्पादक पदमराज जोशीले स्वास्थ्य पत्रकारिताका माध्यमबाट व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ्य बनाउन सकिने भएकाले विषयबस्तुमा पूर्ण जानकार हुनु पर्ने बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ स्वास्थ्य पत्रकार एवं हेल्थपोष्ट नेपाल अनलाइनका सम्पादक दीपक दाहालले पछिल्ला समय छिटो समाचार सम्प्रेष्ण गर्ने प्रतिस्पर्धामा मृत्यु नहुदै व्यक्तिको मृत्यु भइसकेको समाचार समेत प्रकाशित हुन थालेको पाइएको बताउदै समाचारको सत्य, तथ्य र विश्वसनियतामाथि ख्याल गर्नु पर्ने बेला आइसकेकोमा जोड दिए । स्वास्थ्य पत्रकारिता हिजो, आज र भोली बिषयमा कार्यक्रम प्रस्तुत गर्दै वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रले स्वास्थ्यका प्राविधिक शब्द समान्य पाठकले बुझ्न नसक्ने भएकाले स्वास्थ्य पत्रकारले पहिले आफुले बुझेर पाठकलाई पनि बुझाउने भाषामा प्रस्तुत गर्नु पर्ने बताए । अभियान दैनिकका प्रमुख समाचारदाता पूर्णभक्त दुवालले नसर्ने रोगको संक्रमण बर्षेनी बढीरहेको तथ्यांक प्रस्तुत गर्दै नसनेै रोग लाग्नै नदिन स्वास्थ्य पत्रकारहरुको अहं भूमिका हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न सञ्चारगृहमा कार्यरत स्वास्थ्य पत्रकारहरु राजधानी दैनिकका प्रशान्त ओली, हिमालयन टेलिभिजनकी कमला गुरुङ, कान्तिपुर दैनिककी फातिमा बानु, एभिन्यूज टेलिभिजनकी सिर्जना राई, कारोवार दैनिकका गोपाल संग्रौला, कान्तिपुर टेलिजिभनका कृपाल गौतम, खवरहव अनलाईनकी रिता लम्साल, एबिसी टेलिजिभनकी सन्तोषी अधिकारी, महिला खवर अनलाइनकी आश्मा बम, काठमाडौं प्रेसकी इन्द्रसरा खड्का, हेल्थ टुडे नेपालका नमराज भट्ट, बाह्रखरी नलाइनकी संजिता खनाल, इमेल टेलिभिजनकी प्रज्ञा तिमिल्सिना लगायतले स्वास्थ्य पत्रकारिताका विवद पक्षका बिषयमा अन्तरक्रिया गरेका थिए । सोसाइटीले भविश्यमा पनि स्वास्थ्य पत्रकारहरुको क्षमता बढाउन विभिन्न कार्यक्रम अगाडि बढाउने जनाएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तीन दिनदेखि देशभरका सरकारी अस्पतालको आकस्मिक सेवा अबरुद्ध,सरकार मौन
Next article स्वस्थ समाज निर्माणको लागि स्वास्थ्य पत्रकारिताको विकास अपरिहार्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web