• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तीन दिनदेखि देशभरका सरकारी अस्पतालको आकस्मिक सेवा अबरुद्ध,सरकार मौन

April 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तीन दिनदेखि देशभरका सरकारी अस्पतालको आकस्मिक सेवा अबरुद्ध,सरकार मौन

हेल्थ टुडे,
काठमाडौ,२५ चैतः कर्मचारी समोजनप्रति बिरोध गर्दै सरकारी चिकित्सकहरुले आकस्मिक बाहेका सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कार गरेपछि तीन दिनदेखि सरकारी अस्पतालको बहिरंग सेवा अबरुद्ध भएको छ । चिकित्सकको आन्दोलनको कारण बहिरंग सेवा अबरुद्ध हुँदा दैनिक ४५ हजार बिरामी प्रभावित भएका छन् । आन्दोलनको कारण अस्पतालको ओपिडी मात्र होइन, महिनौँअघि तय भएका अप्रेसन पनि रोकिएका छन् ।
संघीय सरकारअन्तर्गत नै राखेर आफूहरूलाई प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राखेर शुक्रबारदेखि डाक्टर आन्दोलनमा छन् । कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएपनि डाक्टरहरुले प्रदेश र स्थानीय तहको दरबन्दीमा जान अस्वीकार गरेका छन् । विभेदकारी ढंगले समायोजन गरिएको भन्दै सरकारी चिकित्सक संघ (गोदान) ले शुक्रबारबाट ओपिडी सेवासहित आपत्कालीनबाहेकका अप्रेसन बन्द गरेका हुन् ।

चिकित्सकको आन्दोलनकै कारण मेजर अप्रेसनको तयारीमा रहेका बिरामीले सरकारी अस्पतालमा अब ६ महिनादेखि एक वर्ष समय कुर्नुपर्ने भएको छ । वीर अस्पतालमा सामान्यतः तीनदेखि ६ महिनाअगाडि बिरामीले अप्रेसनको मिति पाउँदैनन् । चिकित्सकको आन्दोलनले समस्या झनै थपेको छ । सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष डा.दीपेन्द्र पाण्डेले तत्काल माग सम्बोधन नगरिए समस्या झनै जटिल बन्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले १८ फागुनमा चिकित्सकको माग पूरा गर्ने सहमति गरेका थिए । तर, सरकारी चिकित्सकले राखेका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन विपरित समायोजनको सूची प्रकाशित गरेपछि चिकित्सकहरु पुनः आन्दोलित भएका हुन् । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले समायोजन सूची सच्याउन सरकारलाई चेतावनी दिएको छ । सरकारी चिकित्सकले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै संघले तत्काल सूची नसच्याए सामूहिक रूपमा स्वास्थ्य सेवा बहिष्कार गर्न बाध्य हुने संघले चेतावनी दिएको छ ।

तर,सरकारले तीन दिनदेखि अबरुद्ध सरकारी अस्पतालको सेवा सञ्चालनमा कुनै पहल गरेको छैन् । आन्दोलनरत चिकित्सकहरुले भने आफुहरुका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् । देशभर करिब १४ सय सरकारी चिकित्सक छन् । मुलुकमा ८४ वटा जिल्ला अस्पताल, १० वटा अञ्चल अस्पताल, काठमाडौंमा ५ वटा केन्द्रीय अस्पताल, २ क्षेत्रीय र २ वटा उपक्षेत्रीय अस्पताल छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य पत्रकारिता सम्बन्धी दुई दिने तालिम सम्पन्न
Next article विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web