• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

खाद्य पदार्थमा मिसाइने बिषादीका बिषयमा पनि अनुसन्धान हुनुपर्छ : यादव

April 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खाद्य पदार्थमा मिसाइने बिषादीका बिषयमा पनि अनुसन्धान हुनुपर्छ :  यादव

हेल्थ टुडे,

काठमाडौं, २५ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले खाद्य पदार्थमा मिसाइने बिषादीका बिषयमा पनि अनुसन्धान हुनु पर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार राजधानीमा  एक वर्ष भरिमा गरिएका १० वटा स्वास्थ्य अनुसन्धानको सार्वजनिकिकरण कार्यक्रममा मन्त्री यादवले खाद्य पदार्थमा मिसाइने बिषादीका कारण मानव स्वास्थ्य जोखिममा परिरहेको दाबी गर्दै यस बिषयमा पनि अनुसन्धान हुनु पर्नेमा जोड दिएका हुन । फलफूल, तरकारी लगायत खाद्य पदार्थमा मासाइने बिषादीका कारण शरीरमा लागि महंगोमा किनेर खाने गरिएको भए पनि त्यसले शरीरलाई नै बेफाइदा गरिरहेको यसमा दाबी गर्दै यसमा सबैको ध्यान जानु पर्ने बताए । स्वास्थ्य अनुसन्धान परिषद्ले वर्ष भरिमा गरेका १० वटा अनुसन्धान सार्वजनिक गर्दै मन्त्री यादवले स्वास्थ्य अनुसन्धानलाई मन्त्रालयले प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा. डा.अञ्जनीकुमार झाले नेपालमा  वर्षमा करिव एक हजार जनि स्वास्थ्यका क्षेत्रमा अनुसन्धान हुने गरेको बताउदै तिनीहरु मध्ये ७०० परिषद्को सहयोगमा भइरहेको जानकारी दिए । मानसिक स्वास्थ्य, क्यान्सर, सिकलसेल एनिमिया जस्ता रोगका बिषयमा स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक देशको आवश्यकता अनुसार गहन अनुसन्धान गरिरहेको बताउदै सिकलसेलको अन्तिम अनुसन्धान रिपोर्ट तिन महिनाभित्र सार्वजनिक गर्ने बताए । परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा. मेघराज धिमालले एक वर्षको अनधिमा परिषद्ले गरेका १० वटा अनुसन्धानको संक्षिप्त विवरण प्रस्तुत गर्दै सबै अनुसन्धान मानव स्वास्थ्यका लागि उत्तिकै महत्वपूर्ण रहेको बताए । परिषद्ले एक वर्षमा गरेका अनुसन्धानमा नेपालमा तातो हावा (लु) र त्यसले स्वास्थ्यमा पार्ने प्रभाव, नसर्ने रोग, मानसिक स्वास्थ्य, आयुर्वेद, विद्यालयमा स्वास्थ्यकर्मी, स्वास्थ्य अनुसन्धान केन्द्रका नाममा खोलिएका संस्थाहरुको अनुगमन, जनसंख्यामा आधरित क्यान्सर रोगको तथ्यांक, मोरङमा अज्ञात रोगको अध्ययन, इलेक्टिकल मेडिकल रेकर्ड र समाजिक स्वास्थ्य विमा छन् । यी मध्ये केहीको अन्तिम नतिजा निकट भविश्यमा सार्वजनिक गरिने परिषद्ले जनाएको छ ।  कार्यक्रममा स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सचिव चन्द्र घिमिरेले स्वास्थ्य अनुसन्धानका लागि मन्त्रालयले बजेटको कमि नगर्ने बताए । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. शुशिलनाथ प्याकुरेलले स्वास्थ्यका क्षेत्रमा गरिएका अनुसन्धानका आधारमा नीति बन्नु पर्नेमा जोड दिदै बजेट अभावमा एउटा अनुसन्धान गर्न तिन आर्थिक वर्षसम्म कुर्ने पर्ने अवस्था अन्त गरेर प्रसस्त बजेटको व्यवस्था हुनु पर्नेमा जोड दिए ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चितवन मेडिकल कलेजमा पनि टेस्ट ट्युब बेबी सेवा सुरु
Next article आन्दोलनरत चिकित्सकलाई कारबाही गर्ने सरकारको तयारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132857
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web