• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा नसर्ने रोग बढ्दै, सबैभन्दा बढी दम रोग

April 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा नसर्ने रोग बढ्दै, सबैभन्दा बढी दम रोग

हेल्थ टुडे,
काठमाडौ,३ बैशाखः पछिल्लो समय नेपालमा दम, क्यान्सर, मिर्गौला तथा नसर्ने रोगहरु बढिरहेको अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक वर्षको अवधिमा गरेको विभिन्न अनुसन्धानले नसर्ने रोगका बिरामी बढ्दै गएको देखाएको हो । परिषद्ले एक वर्ष अवधिमा गरेको दश फरक–फरक अनुसन्धानमा दम, क्यान्सर, मिर्गौला तथा नसर्ने रोग बढेको देखाएको छ ।

परिषद्ले गरेको अनुसन्धान प्रतिवेदनमा नसर्ने दीर्घ रोग दम सबैभन्दा बढेको पाइएको छ । परिषद्को तथ्यांकअनुसार सबैभन्दा बढी ११.७ प्रतिशतमा दम रोग भएको पाइएको छ। दमपछि मधुमेह ८.६ प्रतिशतले बढेको छ भने मिर्गौला रोग ६ प्रतिशत र मुटु रोग २.९ प्रतिशतले बढेको छ। ७२ जिल्लामा २० वर्षमाथिका १३ हजार २ सय बिरामीमा गरिएको अध्ययनबाट उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । सन् २०१६ देखि २०१८ सम्म दुई चरणमा गरिएको अनुसन्धानको पहिलो चरणमा बिरामीसँग अन्तर्वाता लिइएको थियो भने दोस्रो चरणमा बिरामीको रगत र मुटु, छाति तथा पिसाब जाँच गरिएको थियो।

अनुसन्धानले उच्च रक्तचाप महिलामा भन्दा पुरुषमा बढी भएको देखाएको छ । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा क्यान्सरका रोगी बढेको पाइएको छ । जसअनुसार ६३ प्रतिशत काठमाडौंमा, २१ प्रतिशत भक्तपुरमा र १६ प्रतिशत ललितपुरमा रोगी बढेका छन्। पुरुषमा सबैभन्दा बढी फोक्सो र त्यसपछि मुख तथा ओठको क्यान्सर भएको पाइएको छ । महिलामा भने आन्द्रा तथा गुद्वारको क्यान्सर पनि बढ्दो क्रममा रहेको देखिएको छ ।

नसर्ने रोगमध्ये मानसिक स्वास्थ्य सर्वेक्षणले १ हजार ६ सय ४७ जनामा गरेको सर्वेक्षणमा वयश्क तथा किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। जसअनुसार १३.२ प्रतिशत वयश्क र ११.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या पाइएको छ। यसमध्ये लागूपदार्थको लत, डिप्रेसन, आत्तिने रोग बढी देखिएको छ।

किशोरकिशोरीमा आत्तिनेरोग, केही न केही गरिराख्नु पर्ने रोग, डिप्रेसन जस्ता समस्या पाइएको अध्ययनले देखाएको छ । त्यसैगरी दुवै समूहमा आत्महत्याको प्रवृत्ति बढेको देखिएको छ। मानसिक समस्या भएका मध्ये १ सय ८१ ले कुनै पनि उपचार सेवा नलिएका र ९ सय ७९ ले आफैं निको हुन्छ भन्ने विश्वास गरेको देखिएको छ ।

यस्तै, नेपालमा जलवायु परिवर्तनको प्रभावले तातो हावा (लु) बढ्दै गएको अध्ययनले जनाएको छ। ‘नेपालमा तातो हावा (लु) र स्वास्थ्यमा पर्ने प्रतिकूल असर’ शीर्षकमा भएको अध्ययनले पछिल्लो समय देशको दक्षिण भागमा गर्मीको दिन बढ्ने क्रममा रहेको, गर्मी रात, प्रिमनसुनका समयमा धेरै वर्षा हुने गरेको अध्ययनले देखाएको छ ।

यसैगरी, परिषद्ले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको पहुँचको अवस्था बारे पनि अध्ययन गरेको थियो। देशभरका ७० जिल्लामा जम्मा ६ सय ६७ आयुर्वेद केन्द्र बढेको र केही अक्युपञ्चर प्रणाली, प्राकृतिक चिकित्साको अभ्यास भइरहेको पाइएको छ। सबै परम्परागत प्रणालीलाई एउटै छाताभित्र ल्याउन सकेमा उपयोगी हुने अध्ययनले सुझाव दिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रोकिएन मेडिकल कलेजहरुको दादागिरीः विद्यार्थीबाट अबैध शुल्क असुल्नेक्रम जारी
Next article विश्वभर दादुराको संक्रमण तीन गुणा बढ्योः डब्लुएचओ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web