• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा नसर्ने रोग बढ्दै, सबैभन्दा बढी दम रोग

April 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा नसर्ने रोग बढ्दै, सबैभन्दा बढी दम रोग

हेल्थ टुडे,
काठमाडौ,३ बैशाखः पछिल्लो समय नेपालमा दम, क्यान्सर, मिर्गौला तथा नसर्ने रोगहरु बढिरहेको अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक वर्षको अवधिमा गरेको विभिन्न अनुसन्धानले नसर्ने रोगका बिरामी बढ्दै गएको देखाएको हो । परिषद्ले एक वर्ष अवधिमा गरेको दश फरक–फरक अनुसन्धानमा दम, क्यान्सर, मिर्गौला तथा नसर्ने रोग बढेको देखाएको छ ।

परिषद्ले गरेको अनुसन्धान प्रतिवेदनमा नसर्ने दीर्घ रोग दम सबैभन्दा बढेको पाइएको छ । परिषद्को तथ्यांकअनुसार सबैभन्दा बढी ११.७ प्रतिशतमा दम रोग भएको पाइएको छ। दमपछि मधुमेह ८.६ प्रतिशतले बढेको छ भने मिर्गौला रोग ६ प्रतिशत र मुटु रोग २.९ प्रतिशतले बढेको छ। ७२ जिल्लामा २० वर्षमाथिका १३ हजार २ सय बिरामीमा गरिएको अध्ययनबाट उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । सन् २०१६ देखि २०१८ सम्म दुई चरणमा गरिएको अनुसन्धानको पहिलो चरणमा बिरामीसँग अन्तर्वाता लिइएको थियो भने दोस्रो चरणमा बिरामीको रगत र मुटु, छाति तथा पिसाब जाँच गरिएको थियो।

अनुसन्धानले उच्च रक्तचाप महिलामा भन्दा पुरुषमा बढी भएको देखाएको छ । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा क्यान्सरका रोगी बढेको पाइएको छ । जसअनुसार ६३ प्रतिशत काठमाडौंमा, २१ प्रतिशत भक्तपुरमा र १६ प्रतिशत ललितपुरमा रोगी बढेका छन्। पुरुषमा सबैभन्दा बढी फोक्सो र त्यसपछि मुख तथा ओठको क्यान्सर भएको पाइएको छ । महिलामा भने आन्द्रा तथा गुद्वारको क्यान्सर पनि बढ्दो क्रममा रहेको देखिएको छ ।

नसर्ने रोगमध्ये मानसिक स्वास्थ्य सर्वेक्षणले १ हजार ६ सय ४७ जनामा गरेको सर्वेक्षणमा वयश्क तथा किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। जसअनुसार १३.२ प्रतिशत वयश्क र ११.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या पाइएको छ। यसमध्ये लागूपदार्थको लत, डिप्रेसन, आत्तिने रोग बढी देखिएको छ।

किशोरकिशोरीमा आत्तिनेरोग, केही न केही गरिराख्नु पर्ने रोग, डिप्रेसन जस्ता समस्या पाइएको अध्ययनले देखाएको छ । त्यसैगरी दुवै समूहमा आत्महत्याको प्रवृत्ति बढेको देखिएको छ। मानसिक समस्या भएका मध्ये १ सय ८१ ले कुनै पनि उपचार सेवा नलिएका र ९ सय ७९ ले आफैं निको हुन्छ भन्ने विश्वास गरेको देखिएको छ ।

यस्तै, नेपालमा जलवायु परिवर्तनको प्रभावले तातो हावा (लु) बढ्दै गएको अध्ययनले जनाएको छ। ‘नेपालमा तातो हावा (लु) र स्वास्थ्यमा पर्ने प्रतिकूल असर’ शीर्षकमा भएको अध्ययनले पछिल्लो समय देशको दक्षिण भागमा गर्मीको दिन बढ्ने क्रममा रहेको, गर्मी रात, प्रिमनसुनका समयमा धेरै वर्षा हुने गरेको अध्ययनले देखाएको छ ।

यसैगरी, परिषद्ले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको पहुँचको अवस्था बारे पनि अध्ययन गरेको थियो। देशभरका ७० जिल्लामा जम्मा ६ सय ६७ आयुर्वेद केन्द्र बढेको र केही अक्युपञ्चर प्रणाली, प्राकृतिक चिकित्साको अभ्यास भइरहेको पाइएको छ। सबै परम्परागत प्रणालीलाई एउटै छाताभित्र ल्याउन सकेमा उपयोगी हुने अध्ययनले सुझाव दिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विश्वभर दादुराको संक्रमण तीन गुणा बढ्योः डब्लुएचओ
Next article रोकिएन मेडिकल कलेजहरुको दादागिरीः विद्यार्थीबाट अबैध शुल्क असुल्नेक्रम जारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web