• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रेश्मा भइन् नयाँ मिस नर्स

April 21st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रेश्मा भइन् नयाँ मिस नर्स

हेल्थ टुडे,

काठमाडौं, ७ बैसाख : नर्सिङ पेसालाई अझ मर्यादित, जिम्मेवार र गुणस्तरीय बनाउने उद्देश्यले आयोजना गरिएको स्काईफल मिस नेपाल पिस २०१९ (मिस नर्स) को उपाधि ओम हेल्थ क्याम्पसमा अध्ययनरत् रेश्मा प्रसाईले जितेकी छिन् । प्रतियोगिताका २५ जना अन्तिम प्रतिस्पर्धिहरुलाई पछि पार्दै रेश्मा नयाँ मिस नर्स भएकी हुन् । नेक्स्ट् मोडेल्सले आयोजना गरेको प्रतियोगितामा फस्ट रनरअफको उपाधि रोश्नी शाहले जितेकी छिन भने सेकेण्ड रनर अफ आकृति मानन्धर भएकी छिन । रोश्नी काठमाडौं मेडिकल कलेजमा कार्यरत छिन् भने आकृति गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नर्सिङ अध्ययनरत छिन् ।

 

 

उपाधिसँगै मिस नर्सले नगद रु. ५० हजार, फस्ट रनरअफले रु. ३० हजार र सेकेण्ड रनरअफले रु. २० हजार नगद समेत प्राप्त गरेका छन् । उपाधि बिजेताहरुले नेपाल ब्रेष्ट क्यान्सर सोसाइटीको ब्राण्ड एम्बेसडर भएर स्तन क्यान्सरका बिषयमा जनचेतना जगाउने काममा संलग्न हुने अवसर पाउने छन् । प्रतियोगितामा निर्णायक मण्डलको रुपमा डा. सन्ध्या चापागाँई, डा. सुजिता शाक्य, कलाकार कोसिश क्षेत्री, नायिका बेनिशा हमाल र स्काईफल इन्टरनेशनल इजुकेशनल कन्सल्टेन्सीका सिईओ रहेका थिए । प्रतियोगिहरुको प्रतिभा प्रदर्शन, ट्याक वाक, पहिरन, बौद्विक परिक्षण पछि प्रश्न उत्तरको आधारमा उपाधि घोषणा गरिएको हो । मुख्य उपाधि बाहेक प्रतियोगितामा विभिन्न टाइटल अवार्ड पनि प्रदान गरिएको थियो । मिस नेपाल पिस उपाधि बिजेता रेश्मा प्रसाईले मिस ब्युटी वुथ ब्रेनको टाइटल अवार्ड समेत हात पारेकी छिन् । त्यसै गरि मिस पर्सनालिटी श्रृया श्रेष्ठ भएकी छिन् भने मिस मोस्ट चार्मिङ आस्था हमाल, मिस क्याटवाक अदिति डिसी भइन भने बेष्ट नर्सिङ थिम ड्रेसको टाइटल अवार्ड प्रिति सुमनले जितेकी छिन् । सन्ध्या वझाले मोस्ट डिसिप्लेन, रोश्नी शाहले मोस्ट टाइलेन्टेड, नविना महर्जनले सोसियल रिस्पोन्सिवल, आकृति मानन्धरले मिस फोटो जेनिक  र सरगम गुरुङले मोस्ट पपुलर टाइटल अवार्ड जितेका छन् ।

सोल्टी होटेलमा आयोजना गरिएको अन्तिम प्रतिस्पर्धात्मक कार्यक्रममा आयोजक नेस्टस् मोडेल्सले समाजसेवा अन्तरगत संकलित नगद रकम अनाथ बालबालिकाको क्षेत्रमा कार्यरत सिर्जनशिल बाल सेवा परिवारलाई हस्तान्तरण गरेका छ । नर्सिङ पेसामा लागेका र लाग्न चाहने युवतीहरुको आत्मसम्मान बढाएर उनीहरुलाई पेसा प्रति अझै मर्यादित र जिम्मेवार बनाउन सघाउने उद्देश्यले बिगत ६ वर्षदेखि मिस नेपाल पिस ( मिस नर्स ) प्रतियोगिता आयोजना गर्दै आईरहेको आयोजक नेक्स्ट मोडेल्सका सिईओ रवि धमलाले बताए । प्रतियोगिताको मुख्य प्रायोजक स्काईफल इन्टरनेशनल इजुकेशनल कन्सल्टेन्सी , सहआयोजकमा मिन्ट इन्टरनेशनल कलेज र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसन रहेका थियो भने अफिसियल मिडियामा हेल्थ टुडे, अफिसियल डिजाइनरमा अकिार्ट र अफिसियल फोटोग्राफीमा क्याप्चर रहेको थियो ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विदेशी प्रत्यारोपण विज्ञ भन्छन, नेपालले अंग प्रत्यारोपणमा ठूलो प्रगति गर्यो 
Next article प्याथोलोजिस्टहरुका लागि रगत रोग सम्बन्धि कार्यशाला सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132570
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web