• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुत्केरीको मृत्युपछि डडेल्धुरा अस्पतालमा प्रहरी र आफन्तबीच झडप

June 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुत्केरीको मृत्युपछि डडेल्धुरा अस्पतालमा प्रहरी र आफन्तबीच झडप

हेल्थ टुडे,
डडेल्धुरा,३२ जेठः उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा मृतकका आफन्तले प्रर्दशन गरेका छन् । प्रदर्शनको क्रममा मृतकका आफन्त र प्रहरीबीच झडप भएको छ । चिकित्सकले उपचारमा लापरबाही गर्दा सुत्केरीको मृत्यु भएको पीडित पक्षको आरोप छ। उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा आंशिक क्षति भएको छ ।

अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनसम्म पनि रक्तश्राव नरोकिएपछि मृत्यु भएको हो । शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा जन्माएकी उनको रक्तश्राव नरोकिएपछि शुक्रबार उपचारका लागि पुनः डडेल्धुरा अस्पताल पुगेकी थिइन्। उनलाई ८ पिन्ट रगत दिए पनि बचाउन नसकिएको अस्पतालले दावी गरेको छ । ताम्राकारको अवस्था गम्भीर भएपछि ८ पिन्ट रगत दिइएको र रिफर गर्न हेलिकोप्टरको समेत व्यवस्था गरेको अस्पतालको दावी छ । शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अवैध रुपमा सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री गर्ने आयुर्वेद औषधि पसलमा शिलबन्दी
Next article चिकित्सकको चरम लापरवाहीः पत्थरी निकाल्दा आन्द्रा काटेपछि बिरामीको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web