• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सुरु,तराईका तीन स्थानमा छुट्टै एकाइ सञ्चालन

July 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सुरु,तराईका तीन स्थानमा छुट्टै एकाइ सञ्चालन

हेल्थ टुडे,
काठमाडौ,३० असारः गृह मन्त्रालयसँंगको सहकार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवालाई तिव्रता दिएको छ । बाढी,पहिरो तथा डुबानपछि हुनसक्ने सम्भावित स्वास्थ्य जोखिमबाट बच्न स्वास्थ्य मन्त्रालयले प्रदेश तथा स्थानीय निकायसंँगको समन्वयमा स्वास्थ्य सेवा सुरु गरेको हो ।

बाढीपछि हुनसक्ने महामारीजन्य रोग रोकथामका लागि मन्त्रालयले मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ । वर्षायाममा झाडापखाला, डेँगु, भाइरल, आउँ, हैजाको महामारी फैलिनसक्ने भन्दै बाढी तथा डुबानको समयमा त्यो जोखिम उच्च रहेकोले न्युनिकरणको लागि मन्त्रालयले स्वास्थ्य सेवालाई तिव्रता दिएको हो ।

मन्त्रालयले बाढीपहिरोको कारण विस्थापितहरूका लागि तराईका तीन स्थानमा छुट्टै एकाइ सञ्चालन गरेर औषधि उपचारको व्यवस्था गर्न लागेको छ । मन्त्रालयले बारा, पर्सा र रौतहट जिल्लाका बाढीपीडितको स्वास्थ्य अवस्था हेर्ने गरी पथलैयामा स्वास्थ्य एकाइ राखेको छ । उक्त केन्द्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली रहने र टोलीले बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्ने, रोग रोकथाममा जनचेतना फैलाउने र उपचारसमेत गर्नेछ ।

यस्तै, सिराहा र सप्तरी जिल्ला हेर्ने गरी लहानमा स्वास्थ्य एकाइको स्थापना गरेको छ । अर्को सर्लाही, धनुषा र महोत्तरीलाई समेट्ने गरी बर्दिबासमा स्वास्थ्य ईकाइको स्थापना गरिएको छ ।

मन्त्रालयले यसअघि नै विपद् प्रकोप पूर्वतयारी, समन्वय तथा व्यवस्थापनका लागि आपत्कालीन सम्पर्क व्यक्ति तोकिसकेको छ । सम्पर्क व्यक्तिले सम्बन्धित क्षेत्रका निकाय र अधिकारीसँग समन्वय गरेर महामारी सम्भावित क्षेत्र पहिचान गरी आवश्यक औषधि र स्वास्थ्यकर्मीको अवस्था यकिन गरेर तत्काल आवश्यक पर्ने सहयोगको प्रबन्ध गर्नुपर्ने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तीन दर्जन नयाँ स्वदेशी औषधी कम्पनी सञ्चालनको तयारीमा
Next article परिवार नियोजनका अस्थायी साधन प्रयोगमा पुरुषभन्दा महिला बढी सचेत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132011
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web