• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

परिवार नियोजनका अस्थायी साधन प्रयोगमा पुरुषभन्दा महिला बढी सचेत

July 15th, 2019 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परिवार नियोजनका अस्थायी साधन प्रयोगमा पुरुषभन्दा महिला बढी सचेत

हेल्थ टुडे,
बाग्लुङ,३० असारः समय परिर्वतनसंगै समाज पनि परिर्वतन हुँदै गईरहेको छ । नेपाली समाजमा कुनै बेला परिवार नियोजनका साधनहरु बारे पुरुषमासमेत एक किसिमको लाज र संकुचन देखिन्थ्यो । झन् ग्रामिण समाजमा त अस्थायी साधनहरु लुकाउनुपर्ने विषय मानिन्थ्यो । अझै पनि नेपाली ग्रामिण समाज मात्र नभई शहरिया समाजमा पनि परिवार नियोजनका साधन बारे खुलेरै बहस भने हुन सकिरहेको छैन् ।
तर, पछिल्लो समय यो विषय सबै ठाउँमा लागु भएको पाईदैन ।

कतिपय ठाउँहरुमा अझै पुरुषहरु लुकाउनुपर्ने विषयका रुपमा लिन्छन् तर, महिलाहरु भने परिवार नियोजनका अस्थायी साधन बारे खुलेर बहस गर्न थालेको पाइन्छ । यसको उदाहरण हो बाग्लुङ जिल्लाको दुर्गम खुंखानी । यहाँका पुरुष भने बन्ध्याकरण गर्न पनि मान्दैनन्। अस्थायी साधन प्रयोग गर्न र स्वास्थ्य चौकीमा गएर लिन पनि अप्ठ्यारो मान्छन्। पुरुष स्वास्थ्यचौकीसम्म पुग्न अप्ठ्यारो मान्ने भएपछि महिला नै अस्थायी साधनका लागि स्वास्थ्यचौकी पुग्छन्।

जिल्लाको तमानखोला गाउँपालिका–५ को खुंखानीका महिलाहरु अस्थायी साधनको व्यवस्था आँफैले गर्ने गरेका छन् । उनीहरु स्वास्थ्यचौकीमा कन्डम लिन पनि आफै जाने गरेका छन् तर त्यहाँका कतिपय पुरुषहरु भने अझै परिवार नियोजनका साधन लिनको लागि स्वासथ्य चौकी जान लाजको विषय मानछन् । यहाँका पुरुषहरुमा अझै स्थायी बन्ध्याकरण गर्न मान्दैनन् ।

प्रजनन् शिक्षाबारे सामान्य जानकारीसमेत नपाएका खुँखानीका महिला दुई सन्तान मात्रै जन्माउनुपर्छ भन्नेमा सचेत देखिन्छन्। यद्यपी, गरिबी, अशिक्षा, चेतना लगायतका कारण उनीहरु बाध्यताको उल्झनमा परेको देखिएको छ। जसका कारण एकै दम्पतिका थुप्रै सन्तान छन्। अस्थायी साधनको प्रयोग गर्दा कतिपय महिलामा महिनावारी नियमित नहुने, महिनावारी हुँदा धेरै रगत बग्ने, टाउको दुख्ने जस्ता समस्या देखिने गरेको उनीहरु गुनासो गर्छन्।

खुंखानी स्वास्थ्यचौकीको पछिल्लो तथ्यांकअनुसार हाल २२ जनाले पिल्स, ४१ जनाले डिपो र ५९ जनाले इम्प्लान्ट नियमित प्रयोग गर्दै आएका छन् । पुरुषको तुलनामा महिला नै अस्थायी साधन प्रयोगमा धेरै सचेत पाइएको खुंखानी स्वास्थ्यचौकीले जनाएको छ । कन्डम प्रयोग गर्नेको स्वास्थ्यचौकीले तथ्यांक नराखे पनि यो लिन आउने ९० प्रतिशत महिलाहरु नै रहेको उक्त स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । दुर्गम गाउँमा प्रशासन र अन्य संघ–संस्थाले आयोजना गर्ने स्वास्थ्य शिविरमा पनि स्थायी बन्ध्याकरण गर्ने र अस्थायी साधनका बारेमा खुलेर सोध्ने महिलाहरु नै अधिक हुन्छन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पतालको सेवा पुनः सञ्चालनको माग गर्दै स्थानीयबासिन्दा आन्दोलित
Next article बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सुरु,तराईका तीन स्थानमा छुट्टै एकाइ सञ्चालन

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web