• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रधानमन्त्री ओली सिंगापुरमा, आजैदेखि स्वास्थ्य परीक्षण गरिँदै

August 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रधानमन्त्री ओली सिंगापुरमा, आजैदेखि स्वास्थ्य परीक्षण गरिँदै

हेल्थ टुडे,
काठमाडौ,६ भदौः शरीरमा एन्टिबडीको मात्रा बढी देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली थप परीक्षणका लागि सिंगापुरमा छन् । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा मिर्गौलाको कार्यक्षमता र औषधिको प्रभाव सम्बन्धमा परीक्षण हुनेछ । प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको आजैदेखि स्वास्थ्य परीक्षण सुरु गरिनेछ ।

दुवै मिर्गौला प्रत्यारोपण गरेको १२ वर्षपछि खराबी देखिएको छ । ओलीको शरीरमा एन्टिबडी देखिएको निजी चिकित्सक डा.दिलीप शर्माले जानकारी दिएका छन् । ओलीको उपचारका लागि सातदेखि दस दिनसम्म लाग्ने शर्माले जानकारी दिए । प्रधानमन्त्री ओलीले यसअघि १० दिन (साउन १८ गतेदेखि २७ गतेसम्म) सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए ।

एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उनी पुनः सिंगापुर गएको निजी चिकित्सक डा. दिव्यासिंह शाहको भनाई छ । ६७ वर्षीय ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको चिकित्सकहरूले बताएका छन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत रहेकी निजी चिकित्सक डा. शाहका अनुसार ओलीको शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको छ ।

एन्टिबडी बढ्दा प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको संकेतका रुपमा लिनुपर्ने मिर्गौला रोग विशेषज्ञको भनाइ छ । मिर्गौलाको क्रियटिनिनको मात्रा पनि सामान्यभन्दा केही बढी देखिएको अर्का निजी चिकित्सक डा. शर्माले बताएका छन् । क्रियटिनिनको मात्रा सामान्य अवस्था १.५ भन्दा बढी अर्थात् २ को हाराहारीमा छ । प्रधानमन्त्री ओलीलाई एन्टिबडी बढेर समस्या भएको हो । एन्टिबडी बढेर भएको रिजेक्सन खतरनाक हो । तत्काल कुनै साधारण औषधिले ठिक हुन सक्दैन । क्रियटिनिन नर्मलबाट बढ्नु भनेको मिर्गौलाको कार्यक्षमता घटेको हो ।

निजी चिकित्सक डा.शर्माका अनुसार प्रधानमन्त्री ओलीले सेवन गरिरहेको औषधिको प्रभाव र मिर्गौलाको अवस्थाबारे सूक्ष्म परीक्षण हुनेछ । सिंगापुरमा रहँदा नेशनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथ त्यहाँका विज्ञहरुको टोलीले उनको मिर्गौलाको थप परीक्षण र क्षमता अभिबृद्धिका लागि आबश्यक उपचार समेत गर्ने जनाइएको छ । निजी चिकित्सकले सिंगापुरबाट प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेमा नियमित जानकारी गराउने जनाएपनि उनी प्रस्थान गरेपछिका थप विवरण सार्वजनिक गरिएका छैनन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी
Next article स्वास्थ्य उपचारको लागि प्रधानमन्त्री ओली पुनः सिंगापुर जादैँ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web