• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

June 29th, 2016 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे
स्वास्थ्य राज्य मन्त्री मोहम्मत मुस्ताक आलम स्वास्थ्य राज्य मन्त्री मात्र होइनन् । उनी ए क्लासको ठेकेदार पनि रहेछन । यो कुरा उनले बुधबार राजधानीमा आयोजित समारोहमा सार्वजनिक गरेका हुन ।
राष्ट्रिय एचआईभी महासंघले आयोजना गरेको शरण क्षेत्री पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथि रहेका राज्य मन्त्री आलमले मन्त्रालयमा मन्त्री पछि आफू दोश्रो स्थानको राज्यमन्त्री भए पनि ठेकेदारमा भने आफु ए क्लासको ठेकेदार भएकाले कम्ति आक्न नहुने बताएका हुन । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट रौतहटबाट निर्वाचित आलमले सबै अधिकार मन्त्रीसँग भएकाले आफुले चाहेको जति स्वास्थ्यमा काम गर्न नसकेको गुनासो गरेका छन । स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई दूधको चियासंग तुलना गर्दै उनले भने, ‘मन्त्री दूध हालेको चिया जस्तै हो । राज्यमन्त्री त रातो चिया । रातो चिया मन पराउने कमै हुन्छन ।’
पढाई लेखाईमा कमजोर भएपनि राजनीतिक घरानाको व्यक्ति भएकाले राजनीतिको नसा नसा थाहा भएको दाबी गर्दै आफ्नो हजरबुबाले मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको मन्त्री मण्डलमा मन्त्री हुने सौभाग्य पाए पनि आफुले भने दुभाग्यवस केपी ओलीको सरकारमा राज्यमन्त्री हुनु परेकोमा दुखेसो गरे । उनले भने, ‘ मेरो भाग्यमा कोइराला थिएन । केपी ओली परे भाग्यमा । ’ स्वास्थ्य मन्त्रालयको सचिवबाट शान्तबहादुर श्रेष्ठलाई हटाउन हम्मे हम्मे भएको बताउदे आलमले त्यसपछि बरिष्ठ चिकित्सकहरु बिच को सचिव हुने भन्ने बिषयमा हानथाप हुनु दुर्भाग्य भएको बताए ।
कार्यक्रममा एचआईभी एड्सका क्षेत्रमा योगदान गरेको भन्दै वीर अस्पतालका डा. शुशिल शाक्य र एड्स अधिकारकर्मि राजिव काफ्लेलाई शरण क्षेत्री पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरि पाँच वटा विकास क्षेत्रबाट एचआईभी र एड्सका क्षेत्रका उत्कृष्ठ कार्य गरेकोमा पुर्वाञ्चलबाट प्रयास महिला समूह इटहरी, मध्यमाञ्चलबाट शक्ति मिलन समाज, काठमाडौ, पश्चिमाञ्चलबाट हाम्रो जिवन प्लस गुल्मी, मध्यपश्चिमाञ्चलबाट जुनकिरी महिला समूह बाके र सुदूरपश्चिमबाट गोदावरी प्लस कैलालीलाई सम्मान गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. शशांकको स्वास्थ्य अवस्था स्थिर
Next article ब्रस गर्दैमा मुख स्वस्थ हुन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

निजीमा सरकारी डाक्टरहरुले सुरु गरे मिर्गौला प्रत्यारोपण

निजीमा सरकारी डाक्टरहरुले सुरु गरे मिर्गौला प्रत्यारोपण

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134044
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

125
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web