• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रसूति गृहको पनि आफ्नै फार्मेसी

January 30th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रसूति गृहको पनि आफ्नै फार्मेसी

हेल्थ टुडे
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह) ले सोमबारदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । अस्पतालको हाताभित्र सञ्चालन गरिएको फार्मेसीको प्रसूति गृहका निर्देशक प्रा.डा.अमिरबाबु श्रेष्ठले एक समारोहबिच उद्घाटन गरेका हुन् ।
अस्पतालको फार्मेसीमा बाहिरको औषधि पशलको भन्दा न्युनतम २० देखि ३० प्रतिसतसम्म सस्तो हुने दाबी अस्पतालको छ । प्रसूति गृहका निर्देशक डा. श्रेष्ठले भने, ‘केही औषधिमा त ३ सय प्रतिसत सस्तोमा दिन सकिन्छ भने केहीमा २० देखि ३० प्रतिसत सस्तोमा औषधि दिन सकिन्छ ।’ फार्मेसी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले सिड मनी (बिउ पूजी) स्वरुप ३० लाख रुपैया उपलब्ध गराएको थियो ।
अस्पतालले सार्वजनिक खरिद ऐन अनुसार टेण्डरबाट प्याकेजमा औषधि किनिएको र प्याकेजमा किन्दा कुनै कुनै औषधि ३ सय गुना सस्तोमा पाइएकोले उपभोक्तालाई सस्तोमा दिन सकिने निर्देशक डा. श्रेष्ठले बताए । सेवाग्राहीलाई सर्वसुलभ रुपमा औषधि विक्री बितरण गर्न हरेक सरकारी अस्पतालको आफ्नै फार्मेसी सञ्चालन गर्नु पर्ने सरकार र सर्बोच्च अदालतको आदेश समेत अधिकांश सरकारी अस्पतालहरुले अटेरी गरिरहेका थिए ।
आइतबारसम्म प्रसूति गृह भित्र पनि निजी फर्मेसी सञ्चालनमा थियो । स्वास्थ्य मन्त्री गगन थापाले हरेक सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्न कडा निर्देशन दिनुका साथै त्यसका लागि सबै केन्द्रिय अस्पतालहरुलाई सिड मनी (बिउ पूजी) स्वरुप ३० । ३० लाख रुपैया उपलब्ध गराएपछि अहिले अधिकांश सरकारी अस्पताल फार्मेसी खोल्न बाध्य भएका हुन ।
अहिलेसम्म वीर अस्पताल, पाटन अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, गंगालाल हृदयरोग केन्द्र, मनमोहन कार्डियोभास्कुलर एण्ड थोरासिस सेन्टर लगायतका अस्पतालले आफ्नै फर्मोसी सञ्चालन गरिसकेका छन् । अस्पतालको आफ्नै फार्मेसी भएपछि विरामीलाई थोरै भएपनि राहत मिल्ने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दन्त सहायकहरुलाई बेवास्ता नगर्न शिक्षा मन्त्रीको चेतावनी
Next article स्वास्थ्य विभागको महानिर्देशकमा डा.पन्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web