• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सार्क प्याथोलोजिस्ट सम्मेलन राजधानीमा सुरु

March 23rd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सार्क प्याथोलोजिस्ट सम्मेलन राजधानीमा सुरु

प्याथोलोजीका क्षेत्रमा सार्क राष्ट्रहरुमा भईरहेको विकास र साझा समस्या पहिचान गरी समाधान खोज्ने उद्देश्यका साथ क्लिनिकल प्याथोलोजिस्टहरूको छाता संगठन एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपालको आयोजनामा राजधानीमा बिहीबारदेखि सार्क प्योथोलोजिस्ट सम्मेलन सुरु भएको छ । तिन दिनसम्म चल्ने सम्मेलनमा सार्क राष्ट्र बाहेक निदरल्याण्ड र जापानका वरिष्ठ प्याथोलोजिस्टहरु सहभागी छन् ।

प्याथालोजीका क्षेत्रमा भइरहेका अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गरी विद्यमान समस्याको हल गरेर उपभोक्तालाई गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा प्रदान गर्न सकिन्छ भन्ने मान्यताका साथ पहिलो पटक सार्क राष्ट्रका प्याथोलोजिस्ट सम्मेलन आयोजना गरिएको एसोसिएसन अफ क्लिनिकल प्योथोलोजिस्ट अफ नेपालका अध्यक्ष प्रा. डा. गोपी अर्यालले बताए । उनले भने, यो सम्मेलनको प्रमुख उद्देश्य नै गुणस्तरीय प्याथोलोजी सेवा प्रदान गर्नका लागि आपसी अनुभव आदानप्रदान गर्नु हो । दुई सयभन्दा नेपाली र सयजना विदेशी प्याथोलोजिस्ट सहभागी भएको यो सम्मेलन नेपालको प्याथोलोजी क्षेत्रको इतिहासका लागि कोसेढुंगा सावित हुने वरिष्ठ प्याथोलोजिस्ट डा. केयूर गौतमले बताए । तीन दिनसम्म चल्ने सम्मेलनमा प्याथोलोजीका क्षेत्रमा भए गरेका आधुनिक प्रविधिका सम्बन्धमा एक सयभन्दा बढी कार्यपत्र प्रस्तुत गरिने डा. गौतमले जानकारी दिए । डा. अर्यालले भने, हामीले युरोप अमेरिकामा के भइरहेको भन्ने कुरा पढ्छौ । तर हाम्रै छिमेकी देशहरूमा प्याथोलोजी क्षेत्रमा कस्तो प्रविधिको विकास भइरहेको छ ? के के साझा समस्या छन् ? तिनको हल गर्न कति सम्भव छ ? जस्ता कुराहरूका विषयमा सम्मेलनमा व्यापक विचारविमर्श हुने छ ।
विज्ञहरुका अनुसार सार्क देशका जनताको जीवनशैली लगभग एउटै खालको छ । रोगहरूको संक्रमण पनि एकनासकै छ । त्यसैले यो क्षेत्रमा भए गरेका प्रगति र अनुभवबाट एक अर्काले सिक्न जरुरी छ ।
नेपालमा करिब दुई सय ६० जना प्याथोलोजिस्ट छन् । यो संख्या त्यति न्यून होइन । यो क्षेत्रमा राम्रो भविष्य भएकाले अहिले प्याथोलोजी धेरैको रोजाइको विषय बन्ने गरेको छ । हामी जनशक्तिमा त्यति पछाडि छैनौं । तर प्रविधिका क्षेत्रमा अलि पछाडि नै छौं । अहिले पनि ठूलठूला अस्पताल, मेडिकल कलेजहरूमा सुविधा सम्पन्न प्याथोलोजी छैनन् । भए पनि नाम मात्रका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विश्व मिर्गौला दिवसमा ‘ किड्नी वाक ’
Next article प्याथोलोजिस्ट एसोसिएसनमा डा.शैलेश

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133242
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

51
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

52
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web