• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

मुटु र व्यायाम

May 4th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मुटु र व्यायाम

-डा.प्रकाशराज रेग्मी

व्यायामले शरीरलाई बलियो मात्र बनाउँदैन, यसले धेरै प्रकारका रोगबाट बच्न सहयोग पु¥याउँछ भन्ने प्रमाणित तथ्य हो । अचेल हृदयाघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोग बढदै जानुको पछाडिको प्रमुख कारण व्यायामको कमी हो । वर्तमान युगलाई जीवनशैलीका दृष्टिले बटन थिचेरै चल्ने युग भनिन्छ । आजका मानिसको अत्यधिक समय टेलिफोन, टेलिभिजन, कम्प्युटर, मोटरकारलगायत अन्य थुप्रै सरसामानको बटन थिच्नमै बित्छ । विज्ञान र प्रविधिको विकास तथा औद्योगीकरणका कारण सिर्जित आजको जीवनशैलीमा शारीरिक निष्क्रियता बढेको छ । यदि शारीरिक सक्रियता बढाउनेतर्फ नसोच्ने हो भने मानिस झन्झन् रोगी र कमजोरी हुँदै जानेमा शंका गर्नुपर्ने ठाउँ छैन ।

हाम्रो देशको ठूलो भूभाग पहाडमा पर्छ । धेरै जनता गाउँमा बस्ने भएकाले दैनिक जीवनयापनका क्रममा यहाँका मानिसको प्रशस्त मात्रा शारीरिक गतिविधि हुनुपर्ने हो । विश्व स्वास्थ्य सगठनको पहलमा नेपालको पहाडी क्षेत्रमा केही समयपहिले भएको एक सर्वेक्षणअनुसार जम्मा ५.५ प्रतिशत नेपालीमा मात्र शारीरिक व्यायामको कमी छ भन्ने देखाएको छ । यो सकारात्मक हो । तर गाउँहरू धमाधम सहरीकरण भइरहेका छन् । गाउँले सहरबजारमा आएर बस्ने क्रम बढदो छ । पहाडका मानिस तराईतिर झरेका छन् । काठमाडौंको जनसंख्या अत्यधिक बढ्दो छ । ४० लाखभन्दा बढी मानिस यहाँ बस्छन् । सहरियाहरूको जीवनशैली हेर्दा यहाँका ८० प्रतिशतभन्दा बढी मानिसमा शारीरिक निष्क्रियता र व्यायामको कमी भएको पाइन्छ । मुटु, मधुमेह, क्यान्सरजस्ता रोग पनि सहरबजारमै बढी भेटिने गरेका छन । यी रोगको रोकथाम र नियन्त्रणका लागि जीवनशैलीका विविध पक्षहरूलाई स्वास्थ बनाउनुका साथै शारीरिक सक्रियता र व्यायाम बढाउनुपर्ने देखिन्छ ।
शारीरिक सक्रियता र व्यायाम दुई फरक अवस्थाहरू हुन । दैनिक जीवनयापनमा नियमित रूपमा सञ्चालन गरिने शारीरिक कार्यबाट सक्रिय वा निष्क्रिय भनी छुट्याइन्छ । शरीरलाई स्वस्थ्य, बलियो, सुगठित, लचकदार, तनावमुक्त राख्न अपनाइने विशेष प्रकारको शारीरिक कार्यलाई व्यायाम भनिन्छ । मानिस शारीरिक रूपले सक्रिय रहनुका साथै नियमित व्यायाम पनि गर्ने गरेमा शरीर स्वस्थ, बलियो र सुखी बन्दछ । नियमित व्यायामले मुटु र फोक्सोलाई ठीक अवस्थामा राख्न सहयोग गर्छ ।

 

एरोबिक व्यायाम

व्यायाम विभिन्न प्रकार हुन्छन्, तौल उठाउनु, खाल्टो वा खेत खन्नु, पौडी खेल्नु, साइकल चलाउनु, लम्केर हिँडनु, योगासन, प्राणायाम आदि सबै शारीरिक व्यायाम हुन् । यस्तै ध्यान, विपश्यना आदि मानसिक व्यायाम हुन् । मुटु र फोक्सोलाई स्वस्थ, बलियो राख्न सबैभन्दा प्रभावकारी मानिन्छ, एरोविक व्यायाम ।

लम्केर हिँड्ने, साइकल चलाउने, पौडी खेल्ने, नाच्ने, पहाड चढ्ने, टे«ड मिलमा कुद्ने आदि एरोबिक व्यायामका उदाहरण हुन् । यी व्यायाम गर्दा मुटु र फोक्सोको काम बढछ । शरीरमा अक्सिजनको आवश्यकता बढछ । हातगोडा तथा शरीरका अन्य भागका मांसपेशी सक्रिय हुन्छन् । हाडका जोर्नी सक्रिय हुन्छन् । सम्पूर्ण शरीर नै सक्रिय हुन्छ । मुटु र फोक्सोले छिटोछिटो काम गरेर शरीरमा बढ्दो अक्सिजनको आवश्यकतालाई पूरा गर्छन् । यस प्रकारको व्यायामबाट मुटु र फोक्सो कन्डिसनमा आउँछन् र शरीरले धेरै काम गर्नु परेको बेलामा पनि यी अंग थाक्दैनन् जसका कारण मानिसलाई स्याँस्याँ हुँदैन र थकाइ पनि लाग्दैन । यो अवस्थालाई राम्रो शारीरिक बोझ सहनशीलताको अवस्था अथवा राम्रो स्टामिना भएको भन्ने गरिन्छ ।

व्यायामको प्रभावकारिता

व्यायाम प्रभावकारी हुन तीन मूलभूत सर्त छन् :

तीव्रता : व्यायाम हृदयगति र श्वासप्रश्वासलाई बढाउने र पसिना निकाल्ने गरी तीव्र हुनु आवश्यक छ ।
अटुट : नरोकिकन अटुटरूपमा कम्तीमा १५ देखि ३० मिनेटसम्म व्यायाम गरिएको हुनुपर्छ ।
नियमित : नियमित रूपमा कम्तीमा हप्ताको पाँच दिनसम्म व्यायाम गरिएको हुनुपर्छ ।

व्यायामका फाइदाहरू
१. शरीर बलियो बन्छ ।
२. मानसिक तनाव घट्छ ।
३.मोटोपना घटछ ।
४.उच्च रक्तचाप, मधुमेह, कोलेस्टोर घट्छ ।
५.दिमाग तेजिलो बन्छ ।
६.मुटु, फोक्सो बलियो बन्छ ।
७.अनुहार र शरीर सुन्दर बन्छ ।
८.उमेर बढे पनि जवानी कायम रहन्छ ।
९.यौन शक्ति बढछ ।
१०.भोक र निद्रा बढछ ।

भ्रम र वास्तविकता
भ्रम : व्यायामले थकित बनाउँछ ।
वास्तविकता : व्यायामले फूर्ति बढाउँछ
भ्रम : व्यायामले समय बढी खर्च गराउँछ ।
वास्तविकता : व्यायाम जीवनशैलीको नियमित अंग बन्छ ।
भ्रम : सबै प्रकारका व्यायामबाट एकैनासको फाइदा हुन्छ ।
वास्तविकता : व्यायामबाट फाइदा हुन्छ तर नियमित एरोविक व्यायामले मुटु, फोक्सोलाई बढी फाइदा पुग्छ ।
भ्रम : उमेर बढदै गएपछि व्यायामको आवश्यकता घट्छ ।
वास्तविकता : उमेर बढदै गए पनि एकनासको नियमित व्यायाम लाभदायी हुन्छ ।
भ्रम : नियमित व्यायाम गर्न खेलाडीको योग्यता चाहिन्छ
वास्तविकता : व्यायाम गर्न खेलाडीको योग्यता चाहिँदैन ।

मुटु र व्यायाम

व्यायामले मुटु रोग घटाउन मद्दत पु¥याउँछ । हिँडने, विस्तारै कुद्ने, पौडी खेल्ने, साइकल चलाउनेजस्ता व्यायामले मुटु रोग नियन्त्रणमा सकारात्मक भूमिका निर्वाह गर्छ । यी व्यायाम नियमित गर्ने बानी बसाल्नुपर्छ । सबैभन्दा सजिलो र मुटुका लागि लाभदायी व्यायाम नियमित रूपमा ३० देखि ६० मिनेटसम्म प्रतिघन्टा पाँच किसिमका दरले हिँड्नु हो । हिँडदा शरीरलाई तकलिफ हुनु हुँदैन । छाती दुख्ने, दम फुल्ने गरी व्यायाम गर्नु हुँदैन । व्यायाम विस्तारै सुरु गरेपछि रफ्तार बढाउँदै जानुपर्छ ।
सजिलो र प्रभावकारी : लम्केर हिँड्ने
व्यायाम गर्न विशेष लुगा र विशेष अवसर चाहिँदैन । हलुका लुगा र सजिलो जुत्ता लगाएर बिहान अथवा बेलुका धुलो, धुवाँ नभएको सडकमा वा आफ्नै घरवरिपरि वा चौरमा लम्केर हिँड्नु सबैभन्दा सजिलो र उत्तम व्यायाम हो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हातखुट्टा मर्किए के गर्ने ?
Next article डा.रञ्जिताको सपना , दाँतको छुट्टै अस्पताल

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132445
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web