• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

   स्तन क्यान्सर चेतना जगाउन  विविद् कार्यक्रम

October 11th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
   स्तन क्यान्सर चेतना जगाउन  विविद् कार्यक्रम

स्तन क्यान्सर सम्बन्धि जनचेतना बिस्तार गर्ने उद्देश्यले हरिसिद्घिस्थित नेपाल क्यान्सर अस्पतालले अक्टूबर महिनाभरि विविद् जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

अस्पतालले बुधबार पत्रकार सम्मेलन गरि स्तन क्यान्सर सम्बन्धि जनचेतनामूलक पदयात्रा, स्तन क्यान्सरमाथि बिजय प्राप्त गरेका व्यक्तिहरुको भेला, स्तन क्यान्सर सम्बन्धि निशुल्क परामर्श सेवा, चेतनामूलक डबली नाच, स्तन क्यान्सरको स्क्रिनिङमा ५० प्रतिसत छुट लगायतका विविद् कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो । अस्पतालले यही असोज २८ गते ( अक्टूबर १४ ) का दिन राजधानीको दरबारमार्गदेखि माइतीघर मण्डलासम्म चेतनामूलक क्यान्सर सम्बन्धि पदयात्रा (वाकाथन) को आयोजना गर्ने भएको छ भने ३० गते अस्पतालमै स्तन क्यान्सर माथि बिजय प्राप्त गरेका व्यक्तिहरुको भेलाको आयोजना गर्ने जनाएको छ ।

अस्पतालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठका अनुसार अक्टूबरदेखि नोबेम्बर ८ सम्म स्तन क्यान्सर स्क्रिनिङमा ५० प्रतिसत छुट दिइने बताए ।  प्रारम्भिक अवस्थामा पहिचान गर्न सके ८० प्रतिसतको रोग निको पार्न सकिने अवस्था भएपनि जनचेतनाको कमिले नेपालमा रोग छिप्पिएपछि मात्र उपचारका लागि आउने गरेकाले ६५ प्रतिसतको मात्र पूर्ण निको पार्न सकिने अवस्था रहेको डा. श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा अस्पतालका स्तन क्यान्सर विशेषज्ञ डा. कपिन्द्रसेखर अमात्यले स्तन क्यान्सरबाट बच्ने एकमात्र उत्तम उपाय प्रारम्भिक अवस्थामै यसको पहिचान गर्नु भएकोले जनचेतना जगाउनु जरुरी रहेको बताए ।

नेपालमा पाठेघरको मुखको क्यान्सर पछि महिलाहरुमा सबैभन्दा धेरै हुने नै स्तन क्यान्सर हो । विज्ञहरुका अनुसार हरेक वर्ष लगभग पाँच हजार नेपाली महिलाहरुलाई स्तन क्यान्सर हुने अनुमान गरिएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बालबालिकामा मोटोपन चुनौति बन्दै
Next article नेशनल बाथरोग सेन्टरमा निशुल्क शिविर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132287
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web