• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

 ग्यास्ट्रिकका बिरामीलाई अकबरे खुर्सानी

November 29th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
 ग्यास्ट्रिकका  बिरामीलाई अकबरे खुर्सानी

अकबरे खुर्सानी जिब्रोको लागि मात्र नभएर स्वास्थ्यका लागि पनि लाभदायक छ । यसमा  भिटामिन ‘ए’ र ‘सी’ पाउनुका साथै विभिन्न प्रकारका खनिज पदार्थ र इन्जाइम तत्वहरू पाइन्छन् । अकबरे खुर्सानी खाएपछि पेट पोल्ने समस्या पनि कम हुन्छ । खानामा रुचि नहुनेहरूका लागि र ग्यास्ट्रिक तथा अल्सरका बिरामीलाई पनि यसले फाइदा गर्छ । यसको खेती नेपालका विभिन्न भागमा गरिन्छ । त्यसमा पनि पूर्वीपहाडी जिल्लाहरूमा त यसको व्यावसायिक खेती ह्वात्तै बढेको छ । अकबरे खुर्सानीको अचारको लोकप्रियता पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । विदेशमा समेत निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती ह्वात्तै बढेको छ । यसको आकार तथा रंगका आधारमा अकबरे नामकरण भएको हो । फलको आकारको आधारमा गोलो तथा लाम्चा र रंगको आधारमा गाढा रातो, कलेजी रातो र रातो भनी नामकरण गरेको छ । नेपालमा ठूलो गोलो लाम्चो जातको अकबरे लोकप्रिय छ । यो बास्नादार र निकै पीरो हुन्छ ।

मध्यपहाडको एक हजार मिटर उचाइसम्ममा यसको खेती गर्न सकिन्छ । यसका लागि साधारणतया दिनको तापक्रम २२–२५ डि.से. र रातको तापक्रम १५–२० डि.से. हुनुपर्छ ।  साधारणतया सबै प्रकारको माटोमा यसको खेती गर्न सकिए पनि पानी नजम्ने, मलिलो दोमट माटो यसका लागि उपयुक्त हुन्छ । प्रशस्त प्रागांरिक पदार्थ भएको, पीएच ६–७ भएको नयाँ माटो अकबरे खुर्सानीका लागि उपयुक्त हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राजधानीका अस्पतालमा भुत !
Next article कसमा हुन्छ बढी यौन इच्छा ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132170
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web