• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

किन लाग्छ आँखामा बादल

November 29th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किन लाग्छ आँखामा बादल

हेल्थ टुडे,

नमराज भट्ट

पाँच दशक नाघिसकेका भरत शर्मा केही समययता दृष्टि समस्याले चिन्तित छन् । सामान्य रूपले स्वस्थ रहेका केसीका आँखा अगाडि अचेल धर्साधर्सी, दाग देखिन थालेको छ । पहिले त उनले यसलाई केवल सोचाइको फल माने, तर समस्या यथावत् रहेपछि उनी पनि गम्भीर भए । ‘एक्कासि यो समस्या देखिएको हो,’ उनले भने, ‘मलाई खासै कुनै रोगव्याधी छैन, तर दृष्टिमै अप्ठ्यारो हुन थालेपछि आत्तिएर डाक्टरको सल्लाह लिन गएँ ।’ नेत्र रोग विशेषज्ञहरूले रमेशलाई ‘फ्लोटर्स’ रोग भएको बताए । आँखाअगाडि दाग वा तैरिरहेका केही धर्का देखिनु फ्लोटर्सको लक्षण हो । ‘हामीकहाँ आउने कुल आँखा रोगीहरूमध्ये ६ प्रतिशतसम्म फ्लोटर्सको रेफरल केस हुने गरेको छ,’ राजधानीको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका रेटिना विशेषज्ञ डा. छविन्द्रलाल प्रधानांग यो समस्या कुनै पनि उमेरमा हुन सक्ने औँल्याउँदै भन्छन्, ‘सामान्यतया यो रोग ५० वर्ष नाघिसकेका व्यक्तिहरूलाई बढी हुने गर्छ ।

तर यसको अर्थ, युवाहरूलाई हुन सक्दैन भन्ने होइन ।’ यसमा आँखाअगाडि गहिरो धर्को, धब्बा, बिन्दु आँखा पौडिरहेको देखिन्छ । यो आकाशतिर हेर्दा भने बढी स्पष्ट रूपमा देखिने गरिन्छ । ‘धर्को, धब्बा, बिन्दु आँखाको अगाडि देखिए पनि वास्तवमा भने आँखाभित्र पौडिरहेका कणहरू हुन्,’ डा.प्रधानांग भन्छन्, ‘फ्लोटर्सले गर्दा आँखामा हुने परिवर्तन नोक्सानदायक हुन्छ ।’ अमेरिकास्थित नेसनल आई इन्स्टिच्युट (एनईआई) को तथ्य पत्रअनुसार आँखाभित्र जैलीजस्तो तत्व हुन्छ जसलाई ‘भिट्रियस’ भनिन्छ । यो आँखाको लेन्सद्वारा आउने प्रकाशलाई दृष्टिपटलसम्म पु¥र्याउँछ । भिट्रियस आँखाभित्र खाली रहेको ठाउँलाई भर्नेसमेत गर्छ । उमेरमा वृद्घि भएसँगै बिट्रियस खुम्चिन थाल्छ । यस कारण आँखामा केही झुप्पा र गुच्छा बन्न थाल्छ जसलाई फ्लोटर्स भनिन्छ । मुख्य रूपले फ्लोटर्स बढ्दो उमेरको समस्या मानिए पनि पोस्टिरियर बिट्रियस डिटैचमेन्ट (पीबीडी) समेत यो रोग हुने कारण रहेको उल्लेख गर्दै डा. प्रधानांग भन्छन्, ‘फ्लोटर्स हुने अन्य गम्भीर कारणमा आँखाको संक्रमण, सुन्नाई (यूभीआईटिस), रक्तस्राव, रेटिना च्यातिनु, चोटपटकसमेत हो ।’ पीबीडी एउटा अवस्था यस्तो अवस्था हो जसमा बिट्रिस जेल रेटिनाबाट खिचिन थाल्छ ।

माइग्रेन, बिट्रियस हेमरेज आदि समेत फ्लोटर्स उत्पन्न हुने कारण हो । उमेर वृद्घिसँगै फ्लोटर्स हुने सम्भावना बढ्नु सामान्य मानिए पनि निकट दृष्टिदोष, मधुमेह भएकाहरूसँगै मोतीबिन्दुको शल्यक्रिया गराएकाहरूमा यो समस्या देखिने जोखिम हुन्छ । ‘फ्लोटर्सको समस्या देखिए सम्भव भए रेटिना विशेषज्ञ नभए नेत्र रोग विशेषज्ञसँग तुरुन्त जँचाउनुपर्छ,’ डा.प्रधानांग भन्छन्, ‘युवाहरूमा फ्लोटर्स देखिए तुरुन्त जचाउनुस्, रोग बढ्दै जाँदा अन्य खराबीसमेत हुन्छ ।’ एनईआईको अनुसार धेरैजसो समय फ्लोटर्स हानिरहित मानिन्छ । तर यो रेटिना च्यातिने लक्षणसमेत हुन सक्छ । यदि तपार्इं एक्कासि फ्लोटर्समा वृद्घि अनुभव गर्नुहुन्छ भने वा तपाईं फ्लोटर्ससँगै आँखामा बिजुली चम्केजस्तो प्रकाश (फ्लासेज) अनुभव गर्नुहुन्छ भने यो रेटिना च्यातिएको वा आफ्नो ठाउँबाट हटेको लक्षण हुन सक्छ । यस्तो स्थितिमा तुरुन्त चिकित्सकीय सहयोग आवश्यक हुन्छ ।

फ्लोटर्स र फ्लासेजले गर्दा आँखामा हुने परिवर्तनको उपचार नहुँदा दृष्टिसमेत गुम्ने खतरा रहेको डा.प्रधानांग बताउँछन् । बिरामीलाई फ्लोटर्ससँगै आँखामा बिजुली चम्केजस्तो प्रकाश (फ्लासेज) आउन थाल्यो भने यसलाई खतरनाक मान्नुपर्छ । यस्तो स्थितिमा तुरुन्त रेटिना विशेषज्ञसँग सल्लाह लिनुपर्छ । ‘फ्लासेज विस्तारै चार–पाँच दिनमा आफैं हराउँछ,’ डा.प्रधानांग भन्छन्, ‘नहराए सावधानीपूर्वक नेत्र रोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।’ फ्लोटर्सको समस्या धेरै बढी भएर दृष्टिलाई नै प्रभावित गरिरहेको छ भने यसलाई शल्यक्रियाको माध्यमले सफा गर्न सकिन्छ । मुलुकमा समेत उपलब्ध यस्तो शल्यक्रियामा एकडेढ घन्टादेखि रोगको परिस्थिति हेरी बढी समयसम्म समेत लाग्न सक्ने डा.प्रधानांग बताउँछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article  तपाईको पनि खुट्टा निदाउछ ? 
Next article महिनावारीमा यौनसम्पर्क कति जायज ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134458
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web