• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 12th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

विवादास्पद डा. चौधरी स्वास्थ्य सचिवको दौडमा

December 7th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विवादास्पद डा. चौधरी  स्वास्थ्य सचिवको दौडमा

काठमाडौं, २१ मंसिर:  स्वास्थ्य मन्त्रालयको रिक्त सचिवमा सरकारले नयाँ नियुक्ति गर्ने तयारी गरेको छ । स्वास्थ्य सचिव डा. किरण रेग्मीले चार दिन पहिले अनिवार्य अवकाश पाएपछि रिक्त पदका लागि प्रतिस्पर्धामा रहेका १२ औं तहका तीन उम्मेदवार मध्ये एकलाई सचिवमा नियुक्ति गर्ने सरकारले तयारी गरेको हो । तीन प्रतिस्पर्धी मध्ये डा. पुष्पा चौधरी सबैभन्दा विवादस्पद छविकी मानिन्छिन् । उनी आफूलाई सचिव बनाउन दौडधूपमा भने सबैभन्दा अघि देखिएकी छन् । चौधरीसंग आफ्नो जागिरको ३८ वर्ष राजधानी बाहिर सेवा गरेर १२ औं तहमा बढुवा भएपछि मन्त्रालय आएका डा.सुशिल प्याकुरेल र डा. विनोदमान श्रेष्ठ सचिवको दौडमा छन् ।

डा. श्रेष्ठले चार तिन महिनापछि अवकाश पाउने भएकाले चौधरीले सरकारका उच्च व्यक्तिलाई भेटेर आफूलाई नै सचिव बनाउन भनसुन गर्न थालेको सरकारी उच्च स्रोतको दाबी छ । दाम चढाएर स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक समेत भइसकेकी डा. चौधरी अहिले पनि एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संयोजकका रुपमा रहेकी छिन् । कुनै पनि सरकारी अधिकृतले अर्को विदेशी संस्थाको सदस्य हुन र दुई ठाउँमा काम गरेर दोहोरो तलव सुविधा लिन नपाउने स्पष्ठ कानूनी व्यवस्था छ । चौधरीलाई दोहोरो सुविधा लिइरहेको आरोप मात्र होइन प्रमाण पनि छ । यस बिषयमा अख्तियार र स्वास्थ्य मन्त्रालयमा उजुरी पनि परेको थियो । तर रामजनम चौधरी स्वास्थ्य मन्त्री भएका बेला डा. पुष्पाले सबै फाइल मिलाएर मुद्दा मिलाउन लगाएको स्वास्थ्यका एक अधिकारीले बताए । डा. चौधरी स्त्री तथा प्रसूति रोग विशेषज्ञको पेसागत संगठन ( नेसोग) र सोही समबन्धि अन्तर्राष्ट्रिय संगठन ( फिगो ) को सहकार्यमा सञ्चालित परिवार स्वास्थ्यसँग सम्बन्धित पिपिआईयूडी कार्यक्रमको संयोजकका रुपमा कार्यरत रहेको स्रोतको दाबी छ ।

सन् २०१५ देखि २०१७ को डिसेम्बरसम्म सम्झौता गरेकी उनले त्यस बाफत मासिक १ लाख ५० हजार ( १५०० अमेरिकी डलर)  अझै पनि लिइरहेकी छिन् । कुनै पनि सरकारी कर्मचारीले दोहोरो सुविधा लिए बर्खास्तमा पर्ने कानूनी प्रावधान रहेको स्वास्थ्य सेवा ऐनमा व्यवस्था छ । समान्य प्रशासन मन्त्रालयले यस्ता कर्मचारीको सूची तयार पार्ने काम भइरहेको र उनीहरु माथि भित्री रुपमा अनुसन्धान समेत भइरहेको जनाएको छ । निजामती सेवामा रहेका राष्ट्रसेवकले गैरसरकारी संस्थामा आवद्घ भई पारिश्रमिकमा काम गर्न नपाइने मन्त्रालयले जनाएको छ । डा. पुष्पाले आफ्नो घर समेत आफ्नै पति डा. श्रवणकुमार चौधरीको नाममा सोही संस्थासँग मासिक ४० हजार लिने गरि भाडामा दिएकी छन् । सन् २०१५ देखि तीन वर्षका लागि गरिएको भाडा सम्झौतामा ४० हजार प्रति महिना भाडा, ४ हजार मर्मत र बार्षिक १० प्रतिसत भाडा बढाउने सम्झौता छ । राजजनम चौधरी स्वास्थ्य मन्त्री भएका बेला नियम विपरित विभागको निमित्त महानिर्देशक बनेकी चौधरीलाई सही नेतृत्व दिन नसकेपछि त्यसपछि स्वास्थ मन्त्री भएका गगन थापाले महानिर्देशकबाट हटाएर मन्त्रालय सरुवा गरेका थिए । डा. चौधरी नागरिकतामा उमेर हद विवादको घेरामा समेत रहेकी छन् । उनले उमेर ढाटेर नागरिकता लिएको स्रोतको दाबी छ । डा. चौधरीको माइती भारत हो । उपत्यका बाहिर गएर काम नगरेको, पैसाको बलमा सधै राजधानीमा रहेको, प्रसाशनको कुनै ज्ञान नभएको जस्ता आरोप उनलाई लागेको छ । स्रोतका अनुसार गत वर्ष विभागको महानिर्देशक बन्दा कर्मचारी सरुवामा डा. चौधरीले करोडौ चलखेल गरेकी थिइन । पैसाका भरमा सचिव बन्ने होडका रहेकी डा. पुष्पाका हरेक निर्णय र गतिविधि मन्त्रालयका चर्चा र विवादको बिषय बन्ने गरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।    ( आजको शौर्य दैनिकबाट )

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किशोरीहरुमा हुने यौनिक परिवर्तन
Next article यसरी लुटिन्छन् अस्पतालमा विरामी

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Apr 28th 10:40 AM
समाचार

एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Apr 24th 3:35 PM
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

Apr 24th 10:29 AM
समाचार

आवासीय चिकित्सकलाई ४८ हजार भत्ता नदिए मेडिकल कलेजलाई कुनै सहयोग हुन्न : स्वास्थ्य मन्त्री

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131500
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web