• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

आमा बन्नका लागि कुन उमेर उत्तम

December 10th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आमा बन्नका लागि कुन उमेर उत्तम

 

महिलाको उमेर ३५, ४० नाघेपछि अण्डाहरूको मात्रा कम हुँदै जान्छ । त्यसबाट आउने राम्रो अण्डाहरूको मात्रा पनि स्वतः कमी हुन्छ । यस्तो अवस्थामा बाँझोपनको समस्या बढ्दै जान्छ । ३० वर्षभन्दा कम उमेरको महिला र ३५ वर्षभन्दा बढी उमेरको महिलामा तुलना गर्ने हो भने ३५ वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या १० गुणा बढी हुन्छ । पहिला महिलाहरू सक्रिय थिएनन् । उनीहरू घरकै काममा कन्द्रित रहन्थे । बिहे भयो, बच्चा पायो महिलाहरू यसैमा केन्द्रित थिए । त्यसैले बाँझोपनको समस्या पनि कम थियो । आजको समयमा किन बाँझोपनको समस्या छ भने अहिले महिलाहरू पढाइ र आफ्नो ‘करियरमा’ वा व्यवसायमा ध्यान दिन्छन् । जसले गर्दा बिहे ढिलो हुन्छ । मेरो काम छ जागिर छ म बच्चा पछि पाउँछु भन्दाभन्दै एउटा उमेर जान्छ । यदि कसैले बेलैमा बिहे गर्छु बच्चा जन्माउँछु भन्यो भने यो समस्या हुँदैन । एउटा महिलाको लागि बच्चा जन्माउन ३५ वर्षभन्दा तलको उमेर हुनैपर्छ बच्चा जन्माउन । ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो । ३५ वर्ष कट्नु राम्रो होइन ।

अर्को महत्वपूर्ण कारण लामो समयको ‘ग्याप’ । सामान्यतया बिहे भएपछि महिलामा ‘इन्फेक्सनको’ समस्या बढी हुने सम्भावना हुन्छ । यदि कसैको ‘इन्फेक्सनको’ कारणले लामो समयसम्म बच्चा भएन भने यसले पनि बाँझोपन बढाउँदै जान्छ । बिहे भएपछि पनि चार, पाँच वर्षपछि बच्चा जन्माउँछु भन्ने मान्यतासमेत बढ्दै गएको छ । यो अवधिमा हुने ग्यापको कारणले पनि ‘इन्फेक्सन’ हुन सक्छ । अधिकांश दम्पतीलाई सुरक्षित समय के हो असुरक्षित समय के हो थाहा छैन । यस्तो भएपछि गर्भवती बन्छन् अनि गर्भपतन गराउँछन् । गर्भपतन सधैं सुरक्षित हुन्छ भन्ने पनि छैन । कोही क्लिनिकमा जान्छन् कोही कता जान्छन्, कोही लुकाएर गर्छन् । यसरी असुरक्षित गर्भपतन पनि बाँझोपनको एउटा प्रमुख कारण हो । असुरक्षित र गैरकानुनी गर्भपतनले ‘इन्फेक्सन’ गराउँछ । कहिलेकहिले नराम्रो सामग्री प्रयोग गर्दा पाठेघर नै जान सक्छ । त्यसैले असुरक्षित गर्भपतन पनि एउटा महत्वूपर्ण कारण हो । बिहे गरेपछि पनि कसैले कपर्टी राख्छन् आफैं गएर । कसैले तीन महिनाको सुईं लिन्छन् । कति साधन बच्चा पाएपछि प्रयोग गर्ने हो कति साधन बच्चा नपाउँदै प्रयोग गर्ने हो त्यसमा ध्यान दिनुपर्छ । त्यसको जानकारी नभएको कारणले पनि बाँझोपन हुन्छ । गर्भनिरोधक साधनको सही उपयोग एकदमै जरुरी छ ।

बाँझोपनको समाधान के ?

समयमा बिहे गर्ने, समयमा बच्चा जन्माउने हो भने बाँझोपनको समस्या नै हुँदैन । इन्फेक्सनको समयमा नै उपचार गर्नुपर्छ । गर्भनिरोधकका साधन प्रयोग गर्नुभन्दा पहिला चिकित्सकसँग छलफल गर्नुपर्छ । आफूलाई सुहाउने साधनको मात्रै प्रयोग गर्नुपर्छ । बेलाबखत आफ्नो जाँच गर्नुपर्छ । असुरक्षित गर्भ रह्यो भने त्यसलाई सुरक्षित ठाउँमा गएर गर्भपतन गराउनुपर्छ । यति सावधानी अपनायो भने बाँझोपनको समस्या ८० प्रतिशतले समाधान हुन्छ । यति गर्दा पनि बाँझोपनको समस्या आयो भने यसको कारण पत्ता लगाउनुपर्छ । ट्युबको कारणले हो कि डिम्बाशयले काम नगरेको हो त्यो पत्ता लगाउनुपर्छ । कहिलेकाहीँ थाइराइड र हर्मोनको कारणले पनि बाँझोपन हुन्छ । यसको उपचार गर्नुपर्छ । यदि ‘डिम्बाशयमा’ अण्डा छैन भने अरू महिलाको डिम्बाशयबाट अण्डा ल्याएर आफ्नै श्रीमान्बाट ‘फर्टिलाइज’ गरेर ‘टेस्टट्युब बेबी’ बनाउन सकिन्छ । ( डा. शर्मा बयोधा हस्पिटलकी बाझोपन विज्ञ हुन । )

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूर्व स्वास्थ्य मन्त्री पोखरेलको ह्याट्रिक
Next article लगातारको यौन सम्पर्कले समेत गर्भ रहेन भने.......

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133855
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

121
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web