• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

लगातारको यौन सम्पर्कले समेत गर्भ रहेन भने…….

December 10th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लगातारको यौन सम्पर्कले समेत गर्भ रहेन भने…….

डा. नूतन शर्मा

कुनै श्रीमान् श्रीमतीबीच दुई वर्षसम्म कुनै पनि गर्भनिरोधक साधन प्रयोग नगरी यौनसम्पर्क राख्दासमेत बच्चा जन्मेन भने त्यसलाई साधारण भाषामा बाँझोपन भनिन्छ ।प्राथमिक र दोस्रो गरी सामान्यतः बाँझोपन दुई प्रकारको हुन्छ । कहिले पनि बच्चा बसेको छैन भने त्यसलाई प्राथमिक बाँझोपन भनिन्छ । त्यसैगरी बच्चा बसेर विभिन्न कारण गर्भपतन भएर लामो समयसम्म प्रयास गर्दा पनि बच्चा बसेन भने त्यसलाई दोस्रो खालको बाँझोपन हो । यो हाम्रो देशको समस्यामात्र होइन । विश्वमा नै यो समस्या व्यापक छ । ७० देखि ८० प्रतिशतसम्म बाँझोपन हाम्रो आफ्नै कारणले हुन्छ । यो व्यक्तिको व्यवहार र दैनिक क्रियाकलापमा भर पर्छ । १५ देखि २० प्रतिशत कारणमात्रै जन्मजात हुन्छ । पाठेघर नहुने, डिम्बाशय नहुने, पाठेघरको बनोट राम्रो नहुनेजस्ता कारणले जन्मजात बाँझोपना हुन्छ ।

७० देखि ८० प्रतिशत कारणमा सबैभन्दा महत्वपूर्ण कारण संक्रमण हो । महिलामा जनचेतनाको अभाव छ । संक्रमण भएपछि पनि उनीहरू जँचाउन आउँदैनन् । फोहोर पानी बगेको छ, पाठेघरमा घाउ छ, ढाड दुख्छ पेट दुख्छ भने यी सबै कुरा हुँदा पनि उनीहरू चिकित्सककहाँ जाँदैनन् । जहिलेबाट एकदमै असजिलो हुन्छ, त्यसपछिमात्रै उनीहरू चिकित्सक कहाँ जाने चलन छ । यस्ता खाले संक्रमणको बेलैमा उपचार गर्न सकियो भने बाँझोपनबाट बचाउन सकिन्छ ।पाठेघरको संक्रमण हुँदा पाठेघरको मुखबाट भित्र गएर ट्युबमा संक्रमण गराउँछ । ट्युबमा संक्रमण भएपछि ट्युब ब्लक हुन्छ । ट्युब ब्लक हुनेबित्तिकै बच्चा बस्दैन । बच्चा बस्नलाई डिम्बाशयबाट अण्डा फुट्नुपर्छ । स्पर्म तलबाट पाठेघरभित्र छिरेर ट्युबमा गएर पुरुष स्पर्मसँग मिलन हुन्छ अनि बच्चा बस्छ । यदि ट्युब ब्लक हुन्छ भने बच्चा बस्दैन । त्यसैले संक्रमण बाँझोपनाको सबैभन्दा पहिलो कारण हो ।

दोस्रो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । महिलाको उमेर एउटा महत्वपूर्ण पाटो हो । यो कुरा पुरुषको हकमा लागू नहुन सक्छ ।  महिलाको एउटा निश्चित उमेर हुन्छ । यसको अर्थ महिलामा जुन डिम्बाशय हुन्छ त्यसको एउटा ‘पार्टिकुलर फोलिकल काउन्ट’ हुन्छ । उसले निश्चित फोलिकल्स लिएर जन्मिएको हुन्छ । यो कसैको बढी हुन्छ कसैको कम हुन्छ ।त्यसैले उमेर बढ्दै जाँदा राम्रो फोलिकल निस्कने क्रम घट्छ । जस्तै हामी कुनै पनि लटमा पहिला फ्रेस कुरा निकाल्छौ । जस्तै महिनावारीमा पहिलो, दोस्रो दिनदेखि अण्डा बन्न सुरु गर्छ । एउटा अण्डा बन्नलाई आठ, दसवटा अण्डाको समूह चाहिन्छ । त्यो समूहमा सबैभन्दा राम्रो राम्रो अण्डा बन्न थाल्छ । महिनावारी भएको १३, १४ दिनसम्म एउटा अण्डामात्रै बाँकी रहन्छ बाँकी सबै अण्डा सुक्छ, फुट्छ । एउटा अण्डामात्रै परिपक्व हुन्छ त्यो अण्डा कसैको १२, कसैको १३ र कसैको १४ दिनमा बन्छ । त्यो अण्डा यदि ‘फर्टिलाइजेसन’ हुन्छ भने बच्चा बन्छ । यो जुन प्रक्रिया एउटा उमेर समूहमा मात्र हुन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनाङ्गको आकार र यौन सन्तुष्टिबिचको सम्बन्ध   
Next article आमा बन्नका लागि कुन उमेर उत्तम

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131648
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web