• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

रक्सीभित्र लुकेको मोहनी र वास्तविक खतरा 

December 13th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रक्सीभित्र लुकेको मोहनी र वास्तविक खतरा 

डा. विश्वबन्धु शर्मा

डाक्टरकहाँ जाने हामी सबैले सधैं नबिर्सी सोध्छौं, ‘औषधि केसँग खाने ? तातो कि चिसो पानीसँग खाने ? खाना खाएपछि या खानु अगाडि ?’ त्यसबाहेक एउटा प्रश्न चाहिँ अनिवार्य राख्छौं, ‘के–के कुरा बार्नुपर्छ ?’ जसरी रोगीले प्रश्न राख्छ, त्यसैगरी प्रत्येक चिकित्सकले प्रत्येक रोगीलाई टेप गरेजस्तै भन्छ, ‘अमिलो, पिरो, चिल्लो, भुटेको र रक्सी र चुरोट चाहिँ छुनै हुँदैन । धूमपान र मदिराले निरोगीलाई पनि हानि गर्छ, यो सबैलाई थाहा भएकै कुरा हो ।’ रक्सीको प्रसँग उठाउँदा कहिलेकाहीँ डाक्टर आफैं पनि असजिलोमा पर्छन् । ३५ वर्षको मेरो डाक्टरी जीवनमा कैयौंपटक यस्ता अनुभव आफैंले भोगेको छु । एक पटक एक ‘आधुनिक’ भेषभूषाका युवकलाई पिउने गर्नुहुन्छ कि भनेर सोध्दा स्तब्ध पार्ने जवाफ पाएँ, ‘तपाईं पनि के प्रश्न गर्नुहुन्छ, आजको जमानामा नपिइकन काम चल्छ ? बरु कति पिउनुहुन्छ भनेर सोध्नोस् न !’ एकजना मदिरा दुव्र्यसनी आफ्नो गल्ती पटक्कै स्वीकार्दैनथे । आफूलाई ठीक देखाउन उनी उदाहरण दिन्थे, ‘ठूलाबडाका घरमै रक्सी बढी खान्छन् । राष्ट्रपति, मन्त्रीजस्ता ठूला पाहुनालाई रक्सीबाटै स्वागत गर्छन् । महान लेखक, कलाकारले दिल खोलेर पिउँछन् ।’ मैले भनेंँ, ‘तपाईं पनि त्यस्तै महान् हुन सिर्जना गर्दै पिउनु होला, तर आफ्नो कमजोरी लुकाउन आफूले आदर गरेका व्यक्तिको सहारा लिनु त झन् उनीहरूमाथि नै अन्याय र तिरस्कार गर्नु हो ।’ मदिरा सेवन मानव सभ्यता सुरु भएदेखि नै हुँदै आएको छ । कतिपय समाजमा यसको प्रयोग धार्मिक र सामाजिक रूपले पनि मान्य छ ।

नेपालका केही समुदायमा कुखुराको भाले, कुखुराको फुल र मदिरा शुभकार्यमा अनिवार्य छ । विभिन्न धार्मिक शक्तिपीठमा मदिरा पनि चढाइन्छ र त्यहाँको जल या प्रसाद सम्पूर्ण हिन्दुहरूका लागि पवित्र मानिन्छ । त्यस्तै क्रिश्चियन धर्मको बाइबलका कथाहरूमा प्रभु इशुले पानीलाई मदिरामा परिणत गरी आफ्नो दैवीशक्ति र चमत्कार देखाएका वर्णनहरू छन् । यसरी धार्मिक र सामाजिक परम्परासँगै जोडिएर आएको हुनाले आजको समाजमा पनि विविध औपचारिक स्थान र समयमा यसको सेवनले ठाउँ पाएको छ । सायद यिनै ऐतिहासिक, धार्मिक, सामाजिक मान्यताले गर्दा नशालु पदार्थ हुँदाहुँदै पनि मदिराको प्रश्न जटिल र द्विविधायुक्त भई अझै यसको उपभोगले वैधानिक छुट पाएको छ । हिजोआज बिरामीसँग मदिराबारे चर्चा गर्दा एउटा नयाँ तर्क पनि सुन्न पाइन्छ । थोरै मात्रामा अड्कलेर पिउने गरे यसले मुटुका रोगीहरूलाई फाइदा गर्छ रे ! रोग लागिसकेकालाई त फाइदा गर्छ भने झन् रोग नै नलागेका निरोगीले पनि थोरै–थोरै सधंै पिउने गरे मुटुको रोग नै लाग्दैन होला ! तर यस तर्कभित्र खतरनाक कुतर्क लुुकेको छ । जब कुनै वस्तुको लाभको चर्चा गरिन्छ, त्यसबाट हुने प्रत्यक्ष–अप्रत्यक्ष हानि र त्यसले उत्पन्न गर्ने खतरासँग जोड–घटाउ गरेर मात्र शुद्ध लाभको मूल्यांकन गर्नुपर्छ ।

मदिरा सेव

c

cc

नबारे जनमानसमा केही भ्रम छन् । रक्सी पिएका बेला मन आँटिलो भएको, फुर्ती आएको र गाह्रो काम गर्न जोस–हिम्मत बढेको अनुभव हुन्छ आदि । रक्सीले मानिसको मस्तिष्कलाई धुमिल्याइदिने, सतर्कता, होसियारी र खतराको महसुसलाई कमजोर पारिदिने हुनाले आफू आँटिलो भएको अनुभव हुन्छ । खाल्टै–खाल्टा भएको जमिनमा हिंँड्दा खाल्टामा परिन्छ कि भनेर हामी सतर्क हुन्छौं, तर वर्षापछि छिपछिपे पानीले त्यही जमिन ढाक्यो भने खाल्टाहरू देखिँंदैनन्, सबै समतल देखिन्छ । त्यस्तो अवस्थामा आँटिलो भएर हिँड्दैमा खाल्टामा परिने खतराबाट बचिँदैन र पानीले भरिएको जमिन देखावटी रूपमा मात्र समतल देखिन्छ । त्यस्तै मदिरा सेवन गरेका बेला आउने आँट, जोस पनि देखावटीमात्रै हो र यसले झन् ठूलो खतरा निम्त्याउन सक्छ । अर्को एउटा प्रचलित गलत धारणा रक्सीले यौनशक्ति बढाउँछ भन्ने छ । मदिरा सेवनले यौनशक्ति झन् कमजोर बनाउँछ । वास्तवमै जवान स्वस्थ व्यक्तिको शक्ति कमजोर भएको छ भने त्यसका मुख्य कारण हुन सक्छन्– मानसिक तनाव, मधुमेह र मदिराको दुव्र्यसन । आफू कमजोर भएको कारणले नै जँड्याहाहरूले आफ्नी पत्नीलाई ‘मबाट नपाएको सन्तुष्टि अरूसँग लागेर लिने गरेकी हुनुपर्छ’ भन्ने शंकाबाट प्रेरित भई पिछा गर्ने र पिट्ने गर्छन् ।

मदिराले गर्ने आर्थिक, सामाजिक, व्यावसायिक, नैतिकजस्ता बृहत् क्षेत्रका हानिका अतिरिक्त व्यक्ति विशेषमा पार्ने प्रत्यक्ष प्रतिकूल असरहरू भयावह नै हुन्छन् । समग्रमा भन्नुपर्दा रक्सीले व्यक्तिको शरीर र मन दुवैलाई नष्ट पार्दै लैजान्छ । रक्सीले सबैभन्दा बढी क्षति पु¥याउने अंग कलेजो हो । मदिरा दुव्र्यसनीको कलेजो फुलेको हुन्छ र यसको भित्री बनावट खल्बलिएको हुन्छ । कलेजोले काम गर्न छोडेपछि विविध समस्यासहित पेटमा पानी जम्मा हुन्छ (जलग्रह) र खोक्दा रगत बान्ता हुन्छ । शारीरिक असरभन्दा पनि मानसिक असर झन् डरलाग्दो हुन्छ । शारीरिक विनाश अलिपछि र विस्तारै बढ्दै जान्छ भने मानसिक क्षय दुव्र्यसनको पहिलो चरणबाटै सुरु हुन्छ । रक्सीको दुव्र्यसनी काँतर, असभ्य, नकच्चरो बन्छ । रक्सीको दुव्र्यसनी भइसकेपछि त्यस्ता व्यक्तिको न बोलीको विश्वास हुन्छ, न कामको जिम्मेवारी । क्रमशः व्यक्ति सामाजिक, वैचारिक, नैतिक रूपले गिर्दै जान्छ । दुव्र्यसन अत्यधिक गम्भीर हुन थालेपछि मानसिक रोग सुरु हुन्छ । पिउने बानी विस्तारै पर्दै जाँदा बढी आनन्दित हुन मात्रा बढाउँदै रक्सी नभई नहुने, नशा लाग्न मदिराको मात्रा थप्दै जानुपर्ने, रक्सी खान बन्द गर्दा अप्रिय, पीडादायक नयाँ रोग देखा पर्छ । सुरुको अवस्थामा निद्रा नलाग्ने, टाउको दुख्ने, हात काँप्ने, पसिना आउने, चिड्चिडाहट मात्र हुन सक्छ भने दुव्र्यसन गम्भीर भएको अवस्थामा पागलजस्तो हुने, नभएका कुरा देख्ने र सुन्ने, उत्तेजित र आक्रामक हुने, बरबराउने, छारे रोगजस्तै मुच्र्छा पर्ने हुन्छ । रक्सी धेरै पिएर दुव्र्यसनी बनेपछि यसैबाट मानसिक रोग– साइकोसिस हुनसक्छ, तर मानसिक रोगबाट पीडित भएपछि पनि व्यक्ति मदिराको शरणमा पुग्छ ।

मानसिक रोग भनेको मनको पीडा, चिन्ता, पीर, डर, शंका आदिले भरिएको मन हो । यस्तो अवस्थामा पिएर मन भुलाउने इच्छा लाग्छ । विशेषगरी डिप्रेसन र न्युरोसिसका बिरामीहरू यो कुलतमा फँस्ने डर बढी हुन्छ । मदिराको कुलत थपिएपछि मानसिक रोग जटिल बन्छ, मदिरा दुव्र्यसन अटुट हुन्छ । साइकोसिस (विक्षिप्त अवस्था) मा रक्सी पिएपछि बिरामी झन् आक्रामक उत्तेजित र असहिष्णु बन्छ । न्युरोसिसमा रक्सीको नशाले डर, बेचैनी केही छिन हल्का भए पनि रोग झन् गहिरिँदै जान्छ । छारे रोगमा रक्सी पिउन थालेपछि रोग कहिल्यै निको हुँदैन र स्वभावमा विकृति देखिन थाल्छन् । मानिस किन मदिरा दुव्र्यसनी बन्छ भन्ने प्रश्नको जवाफ दिन सजिलो छैन । मानसिक रोग र मदिराको सम्बन्ध यतिमा अन्त्य हुँदैन । मदिरा सेवन गर्ने मानसिक रोगीहरूलाई उपचार गर्न धेरै गाह्रो हुन्छ र निको पार्न झन्डै असम्भव भइदिन्छ । मदिराको वास्तविक खतरा र यसभित्र लुकेको मोहनी भ्रमलाई मनन गरेर होसियारीसाथ मात्र यसको सीमित संगत गर्नुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एन्टिबायोटिकको असर सिधै शिशुमा
Next article योग गर्नुअघि र पछि के गर्ने ?

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132509
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web