• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

४० नपुग्दै महिनावारी बन्द भयो भने …..   

December 21st, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
४० नपुग्दै महिनावारी बन्द भयो भने …..   

डा. गणेश दंगाल

महिनाबारी वा मासिक धर्म स्थायी रूपमा बन्द हुनुलाई रजनोवृत्ति भनिन्छ । लगातार १२ महिनाभन्दा बढी मासिक धर्म नभएमा रजनोवृति भएको मानिन्छ । साधारणतया किशोरीहरूमा १४ वा १५ वर्षको उमेरमा मासिक धर्म सुरु हुन्छ । मासिक धर्म बढीमा ४५ वर्षको उमेरसम्म हुन्छ । रजनोवृति भएपछि महिलामा शारीरिक तथा मानसिक परिवर्तनहरू हुन्छन् । धेरैजसो यस्ता परिवर्तनहरू विशेष र सामान्य प्रकारका हुन्छन् । र महिलालाई यो अवस्थामा खासै असुविधा हँुदैन । तर कसै कसैलाई भने यी परिवर्तनहरू कष्टकर हुन्छन् । महिलामा महिनावारी अकस्मात बन्द हुन्छ भने कसैमा एक दुई वर्षभित्र बन्द हुन्छ ।

रजनोवृतिपछि महिलामा उत्साहको कमी हुने, शरीरमा शिथिलता आउने, निद्रा नलाग्ने, शरीरको विभिन्न भागमा पीडा हुने, बेचैनी हुने र डिप्रेसन हुनेजस्ता लक्षण देखा पर्न सक्छन । यी सबै लक्षणहरू डिम्ब ग्रन्थीहरूले काम नगर्ने भएकाले र महिला हर्मोनको कमीले हुने गर्छ । यीबाहेक तनाव हुने, मुटुको धड्कन बढ्ने, चिडचिड पसिना आउने, छाला चाउरी पर्ने । हड्डी कमजोर हुने, अचानक शरीरको तापक्रम बढ्ने र पसिना आउने आदि हुन सक्छन । यदि ४० वर्षभन्दा कम उमेरमा रजानोवृत भएको खण्डमा यसलाई अप्राकृतिक वा असामान्य मानिन्छ । कुनै महिलामा कुनै किसिमको रेडिएसन दिनु पर्दा केमोथेरापी गर्दा प्रयोग हुने औषधि प्रयोग भए वा कुनै किसिमको शल्यक्रिया गरिरहेको अवस्था वा बंशानुगत कारणले पनि समयपूर्व रजनोवृति हुन सक्छ । रजनोवृति चाँडै हुनुको कारण शरीरमा विकसित भइरहेको वा विद्यमान कुनै रोग पनि हुन सक्छ । धेरैजसो महिलामा रजनोवृति हुनुअघि नै असजिलो वा अप्ठेरोका लक्षण देखा पर्न थाल्छन् । रजनोवृति हुनुभन्दा एक वा दुई वर्ष पूर्व देखा पर्ने लक्षणले जीवन बढी कष्टकर भएको महसुस गराउँछ । जव महिलाको शरीरमा आवश्यक अर्मोनको स्तर खस्कन्छ त्यतिबेला देखि नै लक्षणहरू देखा पर्ने र विस्तारै हराएर जाने हुन सक्छ । कतिपय महिलामा आक्कलझुक्कल गर्मी महसुस भई पसिना आउने, मानसिक चिन्ता बढ्ने, निराशापन बढ्ने लक्षणहरू रजनोवृति भएको केही वर्षपछिसम्म देखा पर्न सक्छन् । रजनोवृतिपछि महिलामा हुने अन्य शारीरिक परिवर्तनहरू निम्नअनुसार हुन सक्छन् ।

१. मूत्रासय र मूत्र नलीमा हुने परिवर्तनको कारणले पिसाब छिटोछिटो लाग्ने, पौलने, नरोकिने र संंक्रमण हुने हुन सक्छ ।

२. यौनांगमा हुने परिवर्तनले यौनी सुक्खा हुने, यौन सम्पर्क कष्टकर हुने तथा संंक्रमण हुने आदि हुन सक्छ ।

३. तौल, उच्च रक्तचाप, कोरस्टोल आदि बढ्न हुनाले हृदयोगको खतरा हुन सक्छ ।

रजनोवृतिका लक्षणहरूबाट छुटकारा पाउनका लागि निम्न उपायहरू अपनाउन सकिन्छ ।

१. धूमपान तथा मद्यपान बन्द गर्ने ।

२. स्वस्थ आहार फाइवरयुक्त खानेकुरा, सागसब्जी तथा फलफूलसहित सन्तुलित खाना खाने ।

३. तौल घटाउने तथा नियमित व्यायाम गर्ने ।

४. यौनी सुक्खा भएमा नरमपन बनाउने क्रिम, जेली वा स्टाजन क्रिम प्रयोग गर्ने ।

५. मल्टिभिटामिन तथा क्याल्सियम चक्कीहरू पनि सेवन गर्न सकिन्छ ।

६. हर्मोन रिप्लेसमेन्ट थेरापी चिकित्सकको सल्लाहमा लिन सकिन्छ ।

नेपालमा रजनोवृतिसम्बन्धी अध्ययन तथा अनुसन्धान धेरै भएका छैनन् । धेरै नभएकाले विश्व स्वास्थ्य संगठनको सहयोगमा गत वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालको भित्री मधेस कपिलवस्तुका एक हजार महिलामा गरेको अनुसन्धान र नेपाल रजनोवृति समाजले काठमाडौंका दुई हजार महिलामा गरेको अनुसन्धानले धेरै महिलामा रजनोवृतिसम्बन्धी ज्ञान र चेतनाको कमी भएको पाइएको छ । धेरै कमलाई मात्र रजनोवृति एउटा समस्या पनि हुन सक्छ भन्ने जानकारी पाइयो । ४० देखि ४४ वर्ष उमेरसमूहका अधिकतम ५० प्रतिशत माथिलाई रजनोवृति भएको पाइयो । रजनोवृतिको औसत उमेर ४८ वर्ष भएको पाइयो । अध्ययनमा अधिकतम महिलामा ७० देखि ८० प्रतिशत शारीरिक, तथा मानसिक शिथिलता तथा यौनसम्बन्धी समस्या, मूत्र प्रणालीसम्बन्धी समस्या, मांसपेशी तथा जोर्नीमा हुने समस्या पाइयो । मांंसपेशी तथा जार्नीसम्बन्धी समस्या, यौन समस्या, स्वास्थ्य शिक्षा दिइनुपर्ने तथा स्वास्थ्य सेवा प्रदायकहरूलाई रजनोवृतिका समस्या भएका महिलालाई कम्प्रिहेन्सिभ उपचार तथा व्यवस्थापनसम्बन्धी थप तालिमहरू दिइनुपर्ने निष्कर्ष निकालेका छन् । (डा.दंगाल काठमाडौं मोडेल हस्पिटलका वरिष्ठ स्त्री तथा प्रसूति रोग विज्ञ हुन् । )

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनकर्मीका सम्पर्क स्थान 
Next article डा. देवकोटाको उपचारका बिषयमा झुट्टा कुरा नलेख्न आग्रह

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132890
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web