• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

तपाईको स्तनमा पनि कतै  गाँठागुँठी त छैनन् ?

December 23rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तपाईको स्तनमा पनि कतै  गाँठागुँठी त छैनन् ?

डा. गणेश दंगाल

स्तन क्यान्सर हरेक आठ महिलामध्ये एक जनामा पाइन्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युहरूमध्ये २० प्रतिशत मृत्यु स्तन क्यान्सरले  गराउ“छ । क्यान्सरजन्य मृत्यु गराउनेमा फोक्सोको क्यान्सर पछि स्तन क्यान्सर दोस्रोमा आउँछ । स्तन क्यान्सर पुरुषमा पनि हुन्छ । तर बढी मात्रमा महिलामा हुन्छ । यो रोग पुरुषको तुलनामा महिलामा सय गुना बढी हुन्छ । यो रोग अमेरिका, युरोप तथा ल्याटिन अमेरिकामाभन्दा एसिया तथा अफ्रिकामा कम मात्रामा देखा परेको छ । नेपालमा स्तन क्यान्सरका बिरामीहरू बढिरहेको अस्पतालहरूको तथ्यांकले देखाएको छ । प्रायः बिरामीहरू ढिलो गरी आउने भएकोले यो समस्याको पहिचान हुँदा रोग फैलिइसकेको हुन्छ । सुरुको अवस्थामा पत्ता लगाएर छिट्टै उपचार गराएमा यो रोग निको हुन सक्छ । फैलिइसकेको अवस्थामा उपचारपछि भने रोग पूर्णरूपले निको हुँदैन । स्तनमा कुनै गाँठागुँठी आएमा तुरुन्त चिकित्सकको सल्लाहमा समयमै रोग पत्ता लगाई उपचार गराउन सकिन्छ । ढिलो गरेमा भन्न सकिँदैन ।

स्तन क्यान्सर प्रायशः उमेर ढल्किसकेका प्रौढ महिला, अनुवांशिक खराबी भएका, सन्तान नपाएका, ढिलो सन्तान जन्माउने (३५ वर्षपछि) कम उमेरमै महिनावारी सुरु भएका (१२ वर्षअघि) तथा ढिलो महिनावारी सुकेका (५५ वर्षपछि), ज्यादै मोटी, अत्यधिक मद्यपान तथा धूमपान गर्ने, गोरा महिला आदिमा बढी पाइएको छ ।

पच्चीस वर्षभन्दा कम उमेरका महिलामा यो क्यान्सर विरलैमात्र पाइएको छ । तर कसैकसैमा पारिवारिक अनुवांशिक कारणले गर्दा कम उमेरमै पनि यो रोग लाग्न सक्छ । ८० प्रतिसत भन्दा बढी स्तन क्यान्सर ५० वर्ष माथिका महिलामा पाइएको छ ।  एउटा स्तनमा क्यान्सर भएमा अर्कोमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यसैगरी स्तन क्यान्सरको उत्पत्ति एउटै स्तनको एकै ठाउँमा वा विभिन्न ठाउँहरूमा वा दुवै स्तनमा एकैचोटी पनि हुन सक्छ । अनुवांशिक खराबीका कारण यो रोग परिवारमा दिदीबहिनीमा तथा सानै उमेरमा एक पिँढी पछि अर्को पिँढीमा देखा पर्ने गर्दछ । यस्ता स्तन क्यान्सरको खतरा रहेका महिलामा डिम्बाशयको क्यान्सर पनि बढी मात्रामा पाइएको छ । स्तन क्यान्सर अन्यत्र फैलँदा प्रायः हड्डीहरूमा, फोक्सोमा, कलेजोमा, डिम्बाशयमा र स्नायु प्रणाली  (दिमाग) मा पुग्दछ ।

यो रोगका लक्षणहरूमा स्तनमा गांँठागुँठी देखा पर्नु, स्तनको आकारमा परिवर्तन हुनु, स्तनको मुन्टाबाट तरल पदार्थ आउनु, स्तनको छालामा घाउ हुन आदि हुन् । स्तनमा दुखाइ भने प्रायः हुँदैन ।

स्तन क्यान्सरको पहिचान वा निदानका विधिहरू 

१)     स्तनको परीक्षण : आफैंले वा डाक्टरले हातको पञ्जाले छामेर स्तनमा गाँठागुँठी भए नभएको पत्ता लगाउन सकिन्छ ।

२)     म्यामोग्राफी : यो विशेष एक्सरे विधिले स—साना स्तन क्यान्सरहरू समयमै पत्ता लगाउन सकिन्छ । तर करिब २० प्रतिशत जति हातले छाम्दा भेटिने स्तन ट्युमरलाई यो विधिवाट पत्ता लगाउन सकिँदैन । यसले स्तनमा भएका शंकास्पद ठाउँहरू पहिचान गर्दछ र त्यस्ता ठाउँबाट साइटोलोजी तथा बायोप्सी जाँच गर्न सकिन्छ ।

३)  फाइन निडल एस्पिरेसन साइटोलोजी स् गिर्खा निस्केको शंकास्पद ठाउँबाट यो विधिद्वारा नमुना लिएर जाँच गरेमा ९८ प्रतिशत सक्षमताका साथ सही परिणाम आउँछ । यो विधिद्वारा जाँच गर्दा क्यान्सर भएका कोषहरू देखिएनन् भने क्यान्सर हुने सम्भावना न्यून हुन्छ । तर जाँचको नतिजा पोजेटिभ वा शंकास्पद भन्ने आएमा भने बायोप्सीद्वारा नै किटान गर्नुपर्दछ ।

४)  बायोप्सी जाँच : स्तनको शंकास्पद गाँठोबाट मासुको टुक्रा झिकी परीक्षण गर्दा रोगको किटानीका साथ पहिचान हुन्छ । यो विधि क्यान्सर पहिचानको लागि ज्यादै भरपर्दो र उपयोगी छ ।

यस रोगबाट बच्न निम्नलिखित विभिन्न उपायहरू छन् :

मद्यपान तथा धूमपान नगर्ने, प्रशस्त मात्रामा फलफूल तथा सागसब्जी खाने बानी बसाल्ने, खानामा बोसोको मात्रा कम गर्ने, रेसादार खाना खाने, सधैं शारीरिक रूपमा तन्दुरुस्त रहने तथा मोटोपन घटाउने, इस्द्रोजन हार्मोन ज्यादा सेवन नगर्ने तथा कीटनाशकहरू ज्यादा प्रयोग नगर्ने ।२५ वर्ष उमेर नाघेका महिलाले समयसमयमा आफैंले आफ्नो स्तन छामेर गंँठागुं्ँठी भए नभएको जाँच गर्ने साथै सबै चिकित्सकले उपचार क्रममा महिलाको हकमा स्तनको गाँठागंँुठीको बारेमा सोधपुछ तथा परीक्षण गर्ने ।  स्तन क्यान्सरको पारिवारिक अनुवांशिक इतिहास भएकाहरूले नियमित म्यामोग्राफी गराउने तथा उच्च सतर्कता अपनाई चिकित्सकको सामयिक निगरानीमा रहने ।    स्तन क्यान्सरको वारेमा चेतनामूलक जानकारीहरू सबैलाई उपलब्ध गराउने ।

उपचारका विधिहरू : 

यो क्यान्सर लागिसकेपछि अपनाउने विधिहरूमा शल्यचिकित्सा (अपरेसन), विकिरण पद्धति (रेडियसनथेरापी) हर्मोनलथेरापी, किमोथेरापी आदि पर्दछन् । रेडियसनथेरापी प्रायशः शल्यक्रिया गरिसकेपछि सहयोगी विधिको रूपमा प्रयोग गरिन्छ । स्तन क्यान्सर अन्य ठाउँमा फैलिएको अवस्थामा भने सामान्यतया किमोथेरापीको प्रयोग गरिन्छ । स्तन क्यान्सर भयानक रोग भए पनि सुरुकै अवस्थामा पत्ता लगाएमा उपचारपछि निको पार्न सकिन्छ ।

(लेखक : काठमाडौं मोडेल अस्पतालमा स्त्री रोग तथा प्रसूति विशेषज्ञको रूपमा कार्यरत हुन् ।)

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फेसबुक मार्फत यौन व्यवसाय
Next article मोटोपनले जवानी गायव

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132526
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web