• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

स्तन क्यान्सरको पहिचान

December 26th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्तन क्यान्सरको पहिचान

डा. गणेश दंगाल

१)     स्तनको परीक्षण : आफैंले वा डाक्टरले हातको पञ्जाले छामेर स्तनमा गाँठागुँठी भए नभएको पत्ता लगाउन सकिन्छ ।

२)     म्यामोग्राफी : यो विशेष एक्सरे विधिले स—साना स्तन क्यान्सरहरू समयमै पत्ता लगाउन सकिन्छ । तर करिब २० प्रतिशत जति हातले छाम्दा भेटिने स्तन ट्युमरलाई यो विधिवाट पत्ता लगाउन सकिँदैन । यसले स्तनमा भएका शंकास्पद ठाउँहरू पहिचान गर्दछ र त्यस्ता ठाउँबाट साइटोलोजी तथा बायोप्सी जाँच गर्न सकिन्छ ।

३)     फाइन निडल एस्पिरेसन साइटोलोजी : गिर्खा निस्केको शंकास्पद ठाउँबाट यो विधिद्वारा नमुना लिएर जाँच गरेमा ९८ प्रतिशत सक्षमताका साथ सही परिणाम आउँछ । यो विधिद्वारा जाँच गर्दा क्यान्सर भएका कोषहरू देखिएनन् भने क्यान्सर हुने सम्भावना न्यून हुन्छ । तर जाँचको नतिजा पोजेटिभ वा शंकास्पद भन्ने आएमा भने बायोप्सीद्वारा नै किटान गर्नुपर्दछ ।

४)     बायोप्सी जाँच : स्तनको शंकास्पद गाँठोबाट मासुको टुक्रा झिकी परीक्षण गर्दा रोगको किटानीका साथ पहिचान हुन्छ । यो विधि क्यान्सर पहिचानको लागि ज्यादै भरपर्दो र उपयोगी छ ।

उपचारका विधिहरू :

यो क्यान्सर लागिसकेपछि अपनाउने विधिहरूमा शल्यचिकित्सा (अपरेसन), विकिरण पद्धति (रेडियसनथेरापी) हर्मोनलथेरापी, किमोथेरापी आदि पर्दछन् । रेडियसनथेरापी प्रायशः शल्यक्रिया गरिसकेपछि सहयोगी विधिको रूपमा प्रयोग गरिन्छ । स्तन क्यान्सर अन्य ठाउँमा फैलिएको अवस्थामा भने सामान्यतया किमोथेरापीको प्रयोग गरिन्छ ।

स्तन क्यान्सर भयानक रोग भए पनि सुरुकै अवस्थामा पत्ता लगाएमा उपचारपछि निको पार्न सकिन्छ ।

(लेखक : काठमाडौं मोडेल अस्पतालमा स्त्री रोग तथा प्रसूति विशेषज्ञको रूपमा कार्यरत हुन् ।)

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यस्तो हुन्छ ३५ काटेका यौनकर्मीलाई
Next article जब केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ……

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134174
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

126
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web