• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

यस्तो हुन्छ ३५ काटेका यौनकर्मीलाई

December 26th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यस्तो हुन्छ ३५ काटेका यौनकर्मीलाई

सन्ध्या केसी

कुनैबेला दैनिक हजारदेखि १० हजारसम्म कमाउने कमला यतिखेर रक्सीको सहारामा बाँचेकी छिन् । उमेरले ४० पुगेकी कमलाका अगाडि जीवनको कुनै आशा बाँकी छैन । तनावमा डुबेकी कमलालाई डाक्टरले डिप्रेसनको सल्लाह दिएका छन् ।  राजधानी र अन्य सहरका अधिकांश यौनकर्मीहरू ३०, ३५ उमेर कटेपछि यस्तै समस्यामा परिरहेका छन् । जवानी छउन्जेल भने जति पैसा पाउने यौनकर्मीको मोल उमेर ढल्कँदै गएपछि ओरालो लाग्न थाल्छ र उनीहरूमा सुरु हुन्छ डिप्रेसन ।

राजधानीमा मात्र अहिले कम्तीमा पनि ५० हजार यौनकर्मी रहेको अध्ययनले देखाएको छ । उनीहरूमध्ये ३५ काटेका यौनकर्मीमध्ये आधाभन्दा बढीमा डिप्रेसनको समस्या रहेको यौनकर्मीहरूको क्षमता अभिवृद्धिलगायतका काममा कार्यरत संस्थाहरूको दाबी छ । अधिकांश यौनकर्मी २५ वर्षसम्मको उमेरसम्म मोटो रकम कमाउँछन् तर जुन बाटोबाट आउँछ ठीक त्यसैगरी खर्च गर्छन् । ‘माहोल नै यस्तो हुन्छ कि जवानी ढलेपछि कमाइ घट्ने भन्ने हेक्का नै हुँदैन, कमलाले भनिन् ।

खासगरी उमेरको चढावसँगै उनीहरूको ठाउँमा कम उमेरका महिलाहरू भित्रिने, पहिलाजस्तो आम्दानी नहुने र सजिलो पैसामा बाँच्ने बानी विकास भएको हुँदा जीवनप्रति निराशा बढन गएर रक्सी र केहीले लागूऔषधको समेत सहारा लिने गरेको उनीहरू बताउँछन् । यौनकर्मी महिलाको क्षमता अभिवृद्धिलगायतमा कार्यरत यौनकर्मी महिलाहरूको संस्था जागृति महिला महासंघकी कार्यक्रम निर्देशक  विजया ढकालका अनुसार, अहिले ठूलो संख्यामा यौनकर्मी डिप्रेसनको सिकार भएका छन् । चिकित्सकहरूका अनुसार यौन पेसामा लाग्ने महिलाहरूमा उमेर ढल्किँदै गएपछि निद्रा नलाग्ने, एकान्तमा बस्न मन पराउने, नसालु पदार्थ सेवन गरेर लठ्ठ पर्नेजस्ता लक्षण देखिने गर्छन् । यो तनावले गर्दा उमेर ढल्कँदै गएका यौनकर्मी महिलाले ग्राहक नपाउने र पैसाका लागि बिना कन्डम पनि यौनसम्पर्क राख्न बाध्य हुनुपर्ने हुँदा एचआईभीको बढी जोखिममा पर्ने सम्भावनासमेत हुन्छ ।

ग्राहकले बिनाकण्डम यौनसम्पर्क राख्न दिएमात्र पैसा तिर्ने सर्त राख्ने भएकोले उनीहरू पेटका लागि बाध्य हुने गरेको जागृति महिला महासंघकी कार्यक्रम अधिकृत शान्ति तिवारी बताउँछिन् । विडम्बनाको कुरा, सुरक्षित यौनका क्षेत्रमा बग्रेल्ती संस्थाहरूले कुरा गरे पनि नियतिले ठगिएका यौनकर्मीहरूका यी समस्याका बारेमा उनीहरू केही संस्थाहरूबाहेक अरू कसैले चासो लिएका छैनन् ।

 

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्तन क्यान्सरको पहिचान
Next article ब्लड प्रेसर छ भने यौन सम्पर्कमा सावधानी 

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132890
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web