• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

एन्टिबायोटिक सँगै मदिरा सेवन कति घातक ?

January 2nd, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एन्टिबायोटिक सँगै मदिरा सेवन कति घातक ?

प्रायः मानिसहरुको प्रश्न हुन्छ, एन्टिबायोटिक औषधि खाइरहेको मान्छेले रक्सी पिउनु हुन्छ कि हुँदैन ?
कतिपय महिलाहरु पार्टीमा गएका बेला रक्सी नखानुको कारण सोधे भने आफूले एन्टिबायोटिक खाइरहेको बताउँछन् । खासगरी गर्भवती महिलाहरुको यही जवाफ दिने गर्छन् । उनीहरु प्रायः यस्ता पार्टीमा गर्भवती भएको कुरा लुकाउँछन् । त्यसो त कतिपय पुरुषले पनि दिनदिनै रक्सी पिउनबाट जोगिनका लागि औषधि खाइरहेको बताउने गर्छन् ।
वास्तवमा एन्टिबायोटिक खाइरहेका बेला कुनै गर्भवती महिलाले रक्सी पिउनु हुन्छ कि हुँदैन ? महिला मात्र किन पुरुषले पनि एन्टिबायोटिक खाइरहेका बेला रक्सी भरसक खाँदैनन् । आखिर किन ?
केही मानिसहरुको धारणामा रक्सी पिउने व्यक्तिले खाइरहेको औषधिले राम्रोसँग काम गर्दैन । एन्टिबायोटिक खाइरहेका रोगीले रक्सी खायो भने त्यसले नराम्रो असर पु¥याउँछ भन्ने विश्वास छ ।
अध्ययनले के देखायो ?
लन्डनको जेनीटुर्नरी क्लिनिकले यसबारे तीन सयभन्दा बढी मानिसमा सर्भे गरेको थियो । ८१ प्रतिशत व्यक्तिलाई के लाग्थ्यो भने एन्टिबायोटिक खाइरहेको व्यक्तिले रक्सी खायो भने औषधिले काम गर्दैन । ७१ प्रतिशतले भने रक्सी खाँदै एन्टिबायोटिक खायो भने त्यसले पक्कै कैयौँ किसिमका साइड इफेक्ट निम्त्याउँछ ।
डाक्टर के भन्छन् ?
वास्तविकता त के हो भने चिकित्सकहरु भन्छन्, ‘तपाईं एन्टिबायोटिक पनि खानुस् र रक्सी पनि खानुस् । यसले खासै असर पुर्याउँदैन ।’ यस किसिमको धारणाले मानिसलाई रक्सीबाट टाढै राख्छ । जुन धेरै राम्रो कुरा हो । चिकित्सकहरुले औषधि खाइरहेका बेला रक्सी नखानुस् भन्नुको अर्थ औषधि खान नबिर्सियोस् र समयमै औषधि खाओस् भन्नु हो भन्ने धेरै चिकित्सकको राय छ ।
एन्टिबायोटिक खाँदा रक्सी पनि थप्न मिल्छ । यी दुवैको संगमले खासै असर पु¥याउँदैन । हुन त केही एन्टिबायोटिक खाँदै हुनुहुन्छ भने रक्सी नपिएकै राम्रो । सेफाालोस्पोरिन सेफोटेटान खाँदै हुनुुहुन्छ भने त्यस बेला रक्सी खानु हुँदैन । यसले शरीरलाई नोक्सान त पु¥याउँछ नै यी दुवैको मिश्रणले एसिटल्डिहाइड नामक केमिकल बन्छ । यस केमिकलले तपाईंलाई रिँगटा लाग्ने, उल्टी हुने र अनुहारको चमक बिगार्ने, टाउको दुख्ने, श्वास बढ्ने र मुटुमा पीडा हुने जस्ता समस्या देखिन्छन् ।
डाइसल्फिरम नामक औषधि खाइरहेका बेला पनि रक्सी पिउनु भयो भने समस्या देखिन्छ । यो औषधि रक्सीको लत छुटाउन प्रयोग हुन्छ । यो औषधि खाइरहेका बेला रक्सी पिएका खण्डमा विविध किसिमका लक्षण देखिन्छन् । ती देखिऊन् भनेर नै रक्सी छुटाउनका लागि कतिपय चिकित्सकहरुले यो औषधि लेखेर दिन्छन् ।
रक्सी नपिउने सल्लाह
मेट्रोनिडाजोल औषधि खाने सल्लाह दिँदा चिकित्सकहरुले रक्सी नखाने भनी चेतावनी दिन्छन् । मेट्रोनिडाजोललाई दाँतमा इन्फेक्सन, खुट्टामा घाउ भएका बेला वा अन्य चोट लागेका बेला प्रयोग गरिन्छ । मेट्रोनिडाजोल खाइरहनु भएको छ र रक्सी पनि थप्नु भयो भने टाउको दुख्ने, रिँगटा चल्ने, उल्टी हुने र छाति भारी हुनेजस्ता समस्या देखिन्छन् ।
हुन त सन् २००३ मा फिनल्यान्डमा भएको एउटा अध्ययनमा के थाहा पाइएको थियो भने रक्सी र मेट्रोनिडाजोलको संयुक्त सेवनले खासै नराम्रो कुप्रभाव बोकेर ल्याउने होइन तर सकेसम्म यो औषधि खाइरहेका बेला रक्सी नखानु नै राम्रो भनेर चिकित्सकले सुझाउने गर्छन् ।
यस्तै अन्य एन्टिबायोटिकहरु छन्, टिनिडाजोल, लाइनेजालिड र एरिथ्रोमाइसिन । यी औषधि लेख्दै गर्दा रक्सी नखानु नै राम्रो भन्ने चिकित्सकीय सल्लाह हुने गर्छ ।
सबै एन्टिबायोटिक लिँदा रक्सी खानै नहुने भन्ने छैन । तिनको सूची निकै लामो छ । तर चिकित्सकहरु भन्छन्, ‘तपाईं साँच्चिकै निको हुन चाहनुहुन्छ तर रक्सी पनि खानुहुन्छ भने त्यो औषधिले काम गर्न लामो समय लाग्न सक्छ । त्यसैले चाँडै निको हुने चाहना राख्नेले रक्सी नखाएकै राम्रो ।’
कारण के त ?
एन्टिबायोटिकको प्रयोग कैयौँ रोग निको पार्नका लागि हुने गर्छ । कतिपय यस्ता औषधि त यौन संक्रमणबाट मुक्त हुनका लागि पनि प्रयोग हुने गर्छ । यस्तो अवस्थामा रक्सी नपिउनु नै राम्रो भनी चिकित्सकहरुको सल्लाह हुने गर्छ ।
कतिपटक त हल्ला पनि फाइदाकारक हुन्छन् । जस्तो एन्टिबायोटिक खाइरहेका बेला रक्सी पिउन नहुने आम धारणा । यो त स्वास्थ्यका लागि अति उत्तम हुने भइहाल्यो । स्वास्थ्यमा गम्भीर असर पुग्ने डरले कैयौँले औषधि खाइरहेका बेला कतिपय रोगीले रक्सी छुँदा पनि छुँदैनन् ।
शुक्रवारबाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हिमाल डेन्टललाई यसरी बनाए डा. भट्टले ब्राण्ड 
Next article ओम हस्पिटलले भित्र्यायो एक दर्जन थप विशषेज्ञ

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web