• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लाइसेन्स परीक्षामा ४१ %डाक्टर फेल

January 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लाइसेन्स परीक्षामा ४१ %डाक्टर फेल

नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ । यति ठूलो संख्यामा चिकित्सकहरू फेल हुनुका पछाडि पढाइको स्तरमात्र नभई एमबीबीएस परीक्षामा हुने अनियमिततालाई पनि कारण मानिएको छ । एमबीबीएस परीक्षामा व्यापक अनियमितता हुने गरेको दाबी गरिएको छ ।

मुलुकका विश्वविद्यालयले लिने एमबीबीएसका विभिन्न तहको परीक्षा पास भएकाहरू काउन्सिलको लाइसेन्स परीक्षामा ठूलो संख्यामा फेल हुनुले परीक्षा नै शंकास्पद रहेको समेत विज्ञहरूले औंल्याएका हुन् । यसो हुनुमा चिकित्सा शिक्षा प्रणालीकै गडबडी कारक रहेको औंल्याउँदै उनीहरूले यसलाई अविलम्ब सुधार गर्न चेतावनी दिएका छन् । काउन्सिलका केही पदाधिकारी नै लाइसेन्स परीक्षाको प्रश्नपत्र एकदम सामान्य र सजिलो हुने बताउँछन् । ‘एमबीबीएसमा साढे पाँच वर्षसम्म पढाइ गरेकाले लाइसेन्स परीक्षामा सहजै ९० प्रतिशतसम्म अंक ल्याउन सक्छन्,’ एक पदाधिकारीले भने, ‘यस्तोमा पनि फेल हुनेले एमबीबीएस कसरी पास गरे होलान् ?’ नेपालका मेडिकल कलेजमध्ये त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेर लाइसेन्स परीक्षामा फेल हुनेको संख्या भने १० प्रतिशतभन्दा तल रहेको काउन्सिलका एक पदाधिकारीले बताए ।

गत महिना भएको पछिल्लो लाइसेन्स परीक्षामा देशभित्रकै मेडिकल कलेजमा एमबीबीएस गरेका ६ सय ८३ जनाले परीक्षा दिएका थिए । यीमध्ये ४ सय ३ जना मात्र पास भए । ४१ प्रतिशत अर्थात् २ सय ८० जना फेल भएका थिए । यो परीक्षामा देश र विदेशबाट एमबीबीस गर्नेहरू कुल १ हजार २ सय २ जना सरिक भएकामा ४ सय ६१ जना मात्र पास भएका थिए, ७ सय ४१ फेल भए । लाइसेन्स परीक्षामा स्वदेश र विदेशबाट एमबीबीएस गरेका गरी जम्मा ६१.७ र बीडीएस गरेका ४९.४२ प्रतिशत फेल भएको काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्मा बताउँछन् । लाइसेन्स परीक्षामा बर्से्नि एमबीबीएस गरेका ३ हजारदेखि ३ हजार ५ सय डाक्टर सहभागी हुने गरेका छन् । यस्तै दन्त विज्ञानमा स्नातक अर्थात् बीडीएस गर्ने ८५ डाक्टर परीक्षामा सहभागी भएकामा ४३ जना पास भए भने करिब आधा अर्थात् ४२ जना फेल भए । काउन्सिलका एक पदाधिकारी लाइसेन्स परीक्षाको जाँच कडा गर्ने वा प्राक्टिकल परीक्षासमेत गर्ने हो भने फेल हुने डाक्टरको संख्या अझ बढ्ने बताउँछन् ।

काउन्सिल सम्बद्ध स्रोतका अनुसार केही वर्ष अघिसम्म नेपालभित्रका कलेजमा पढेका विद्यार्थीको नतिजा यस्तो खराब हुँदैनथ्यो । केही खास मुलुकबाट एमबीबीएस गरेर आउने विद्यार्थी लाइसेन्स परीक्षामा बढी फेल हुने गर्थे । ‘यसमा सबभन्दा बढी विश्वविद्यालयको कमजोरी देखिएको छ, सम्बन्धन दिने विश्वविद्यालयले मेडिकल कलेजलाई छाडा छोडिराखेका छन्,’ काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाले कान्तिपुरसँग भने, ‘योग्यताका आधारमा विद्यार्थीको चयन र परीक्षा प्रणाली कडा भएमा लाइसेन्स परीक्षामा फेल हुनेको संख्या धेरै घट्छ ।’ डा. बाँस्कोटाले अनुगमनका क्रममा विराटनगरमा ९ बजे परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र खोलिएको पाइएको पनि बताए । ‘हिजो मात्र एउटा टोली विराटनगरबाट फर्केको छ, त्यहाँ लिइने परीक्षा माछा बजार जस्तो देखिएको छ,’ उनले भने, ‘पूरा छाडातन्त्र देखिएको छ, यसरी पढेर पास भएकामध्ये हालको लाइसेन्स परीक्षामा ३८ प्रतिशत मात्र पास भए भने पनि बढी जस्तो लाग्छ ।’ प्रश्नपत्र बाँडेर परीक्षा नसिद्घिएसम्म बाहिरबाट आएका स्वतन्त्र निरीक्षकले निरीक्षण गरिराख्नुपर्ने स्थिति आएको उनले बताए । ‘पैसाको भरमा चिकित्साशास्त्रको पढाइ हुने परिपाटीले पनि चिकित्सकको गुणस्तर प्रभावित भइरहेको छ,’ डा. बाँस्कोटाले भने । उनले अर्को टोली नेपालगन्जमा परीक्षा अनुगमनमा गएको समेत बताए । ‘यति ठूलो संख्यामा किन फेल भइरहेका छन् भन्नेबारे काउन्सिलले समीक्षा गर्नुपर्छ,’ त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व्डिन डा. रमेशकान्त अधिकारीले भने, ‘मेडिकल कलेजका शिक्षकहरू नै नाम मात्रका भएकाले (खाना पूर्ति) पनि गुणस्तर कमसल भएको हो ।’

निजी मेडिकल कलेजमा गुणस्तरीय शिक्षाप्रति प्रतिबद्घताभन्दा पनि आफ्नो लगानीको सुरक्षा गर्ने र नाफा कमाउने मात्रै प्रवृत्ति विद्यमान रहेको उनी बताउँछन् । हाल मुलुकमा चिकित्सा पढ्नेमाकरिब ५० प्रतिशत ग्ल्यामरर अभिभावकको रुचिलेआउने गरेको डा. अधिकारीको आंकलन छ । चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएस गरेपछि काउन्सिलको परीक्षा पास गरेपछि मात्र नेपालमा ‘प्राक्टिस’ गर्न पाउने कानुनी व्यवस्था छ । सर्वोच्च अदालतले २०५८ फागुन २५ गतेभन्दा पछि एमबीबीएस पढेर आउने सबैलाई लाइसेन्स परीक्षा अनिवार्य हुने फैसलागरेको थियो । ( अतुल मिश्रले आजको कान्तिपुरमा लेखेका छन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी अस्पतालमा उडुस आतंक
Next article यी हुन यौन आनन्द प्राप्त गर्ने  पाँच चरण 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web