• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आधुनिक भन्दा परम्परागत विधि अपनाउने बढे

January 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आधुनिक भन्दा परम्परागत विधि अपनाउने बढे

हेल्थ टुडे

काठमाडौं  : १५ देखि ४९ वर्ष उमेरसमूहका महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै साधन वा सेवाहरू प्रयोग गरिरहेका छन् । तीमध्ये ४३ प्रतिशतले आधुनिक साधन र १० प्रतिशतले परम्परागत विधिको प्रयोग गरिरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले देखाएको छ । सबैभन्दा बढी प्रयोग हुने साधनमा महिला बन्ध्याकरण १५ प्रतिशत, तीनमहिने सुई ९ प्रतिशत, पुरुष बन्ध्याकरण ६ प्रतिशत, खानेचक्की ५ प्रतिशत, कण्डम ४ प्रतिशत, इम्पलान्ट ३ प्रतिशत र आईयूसीडी १ प्रतिशत छ । आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्नेको तुलनामा परम्परागत विधिको प्रयोग गर्नेको संख्या बढ्दो छ । १९९६ मा ६ प्रतिशत रहेको यो विधि अहिले १० प्रतिशत पुगेको छ । तर आधुनिक साधनको प्रयोग गर्ने २९ प्रतिशत बल्ल ४३ प्रतिशत पुगेको छ । पढेलेखेका महिलाभन्दा नपढेका महिलाले परिवार नियोजनका साधन बढी प्रयोग गर्ने गरेको पाइएको छ ।

पढेका महिला (एसएलसीभन्दा माथि) मध्ये ३४ प्रतिशतले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्छन् भने नपढेकामध्ये ५२ प्रतिशतले साधन प्रयोग गर्ने गरेका छन् ।  कानुनले विवाह गर्ने उमेर कम्तिमा पनि २० वर्ष हुनुपर्ने तोकेको छ । कलिलै उमेरमा विवाह गर्दा स्वास्थ्य अवस्थामात्र नभएर व्यक्तिको आर्थिक, समाजिक अवस्था पनि कमजोर हुने भएकाले विवाह गर्ने उमेर २५ देखि माथि हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । तर सर्वेक्षणले ५२ प्रतिशत महिला १८ वर्ष नपुग्दै विवाहबन्धनमा बाँधिने गरेको पाइएको छ । नेपालमा महिलाले यौनसम्पर्क सुरु गर्ने उमेर १८ वर्ष रहेको पाइएको छ भने पुरुषले २० वर्षमा यौन सम्पर्क राख्ने गर्छन् । पढेलेखेका महिलाभन्दा नपढेका महिला ४ वर्षअगाडि नै यौन सम्पर्क सुरु गर्ने गरेको सर्वेक्षणले देखाएको छ ।

११ प्रतिशत महिला त १५ वर्ष नपुग्दै यौनसम्पर्क गर्ने गरेका छन् भने ५१ प्रतिशतले १८ वर्ष नपुग्दै यौनसम्पर्क गर्ने गरेको पाइएको छ । महिलाहरू विवाह भएको अढाई वर्षभित्रमा नै पहिलो बच्चा जन्माउँछन् । उनीहरूले पहिलो बच्चा जन्माउने मध्यउमेर २० वर्ष हो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जाडोमा खुट्टा फुट्छ ? यसो गर्नुस्
Next article क्षमताभन्दा बढी महत्वाकांक्षाले डिप्रेसन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web