• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

जाडोमा खुट्टा फुट्छ ? यसो गर्नुस्

January 5th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडोमा खुट्टा फुट्छ ? यसो गर्नुस्

धेरै मानिसहरू खुट्टा (खासगरी पैंताला र कुर्कुच्चा) फुट्ने समस्याबाट पीडित छन् । माटोमा काम गर्ने, बिनाजुत्ताचप्पल हिँड्ने वा लगाए पनि खुट्टाको नियमित सरसफाइको कमीका कारण यस्तो हुन्छ । तर कसैकसैलाई सहरबजारमा बिनाकाम बसे पनि वा खुट्टामा हेरचाह गरे पनि खुट्टा फुट्ने समस्या भइराखेको हुन्छ । यो समस्या महिला, पुरुष दुवैलाई हुन्छ । प्रायः बढी उमेरका व्यक्तिहरूमा यो धेरै भएको पाइन्छ । यस्ता समस्याको लागि तलका नियमहरूलाई पालना गर्नुहोस् ।

१.     प्रत्येक दिन बिहान बाल्टी वा बाटामा तातोपानी राखेर घुँडाभन्दा तल खुट्टा डुबाउनुस् । पानी थप्दै १५–२० मिनेटसम्म सहन सक्ने तातोपानीमा बस्नुहोस् । यसरी तातोपानीमा खुट्टा डुबाएपछि खस्रो खालको सफा ढुंगाले पैताला र कुर्कुच्चा फुटेको भागमा रगड्नुस् । (आजकल मेनिक्योर–पेडिक्योर सेट पनि किन्न पाइन्छ वा खुट्टा घोट्ने खस्रो ढुंगा पनि किन्न पाइन्छ । तर यस्ता खस्रो वस्तुले रगड्दा विस्तारै गर्नुपर्छ ताकि घाउचोट नलागोस् वा सुन्निने, दुख्ने नहोस् । खुट्टा घोट्नेलाई दुई दिन बिराएर गर्नुहोस् ।

 

२.     प्रत्येक दिन सुत्नुभन्दाअघि गर्मीमा चिसोपानीमा र जाडोमा भए तातोपानीमा करिब पाँच मिनेट जति खुट्टा डुबाउनुस् र माड्नुस् वा साबुनले खुट्टा धुने बानी बसाल्नुस् ।

३.     खुट्टा धोएर पुछेपछि पैंतालाको भागमा पेट्रोलियम जेली म्यासेलिन वा ग्लिसिरिन लगाउनुस् र मल्ने गर्नुस् । करिब १०–१५ मिनेट जति पैंताला र कुर्कुच्चा तथा गोलीगाँठो माथिसम्म रगड्ने, थिच्ने र मालिस गर्ने गर्नुस् । ग्लिसिरिन वा भ्यासिलिनको सट्टामा गाईको घिउ वा जैतुनको तेल पनि प्रयोग गर्न सकिन्छ । मालिस गरेपछि गर्मी छैन भने रातभर मोजा लगाएर सुत्नुस् ।

 

४.     हप्तामा एकदुई पटक जति खुट्टाको लागि बाफ लिने पनि गर्नुस् अर्थात् १०–१५ मिनेट जति बाफ आउने ठाउँमा खुट्टा राखी छोपेर नपोल्ने गरी बाफ लिने गर्नुस् ।

५.     कहिलेकाहीँ घिउकुमारीको रस वा तुलसीको पात निचोरेर पैतालामा दल्नुस् र करिब एक घन्टापछि पखाल्नुस् ।

६.     कसैलाई गोडाको माथिसम्म पनि (प्रायः जाडोमा) फुट्ने हुन्छ जसका लागि ती भागमा पनि तेल वा गाईंभैंसीको घिउ घस्ने गरेमा फाइदा हुन्छ ।

७.     पैंतालामा बेसार र तोरीको तेल मिसाई तताएर सेलाएपछि लगाएमा पनि फुट्ने समस्यामा लाभ पाउन सकिन्छ ।

८.     खुट्टाको भागमा रक्तसञ्चार बढाउन गोडाको सूक्ष्म व्यायामहरू, आसनहरू आदि र भोजनमा प्रशस्त मात्रामा फल तरकारी र सलादहरू प्रयोग गर्नुपर्छ । यसरी नै दैनिक तीनचार लिटरसम्म पानी पिउनुपर्छ । नियमित तीन–चार महिनासम्म यसरी ध्यान दिएमा पुरानो कुर्कुंच्चा पैताला फुट्ने समस्या पनि पूरा राम्रो हुन्छ । ( एजेन्सीको सहयोगमा )

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिसोबाट कसरी बच्ने ?
Next article आधुनिक भन्दा परम्परागत विधि अपनाउने बढे

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133114
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web