• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कडा कुपोषणबाट १५ % बालबालिका पीडित

January 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कडा  कुपोषणबाट १५ % बालबालिका पीडित

लहान, २३ पुस : सिरहामा करिब १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा रहेको एक अध्ययनले देखाएको छ ।‘क्विक एसिस्टेन्ट’ नामक संस्थाले गरेको अध्ययनअनुसार सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा परेको देखाएको हो ।गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, कामको अत्यधिक बोझ, आरामको अभाव र पारिवारिक बेवास्ताका कारण सिरहामा कडा खालको कुपोषणबाट १५ प्रतिशत बालबालिका पीडित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार देशभरिमा १० प्रतिशत र प्रदेश नं २ मा १४ दशमलव ४ प्रतिशत बालबालिका कडा कुपोषणको मारमा परेका छन् । ग्रामीण भेगका गरिब तथा दलित समुदायका बच्चा खान नपाएर कुपोषणग्रस्त छन् भने शहरी भेगमा सन्तुलन मिलाएर खुवाउने चेतनाको कमीले कुपोषणको समस्या बढ्दो रहेको प्रमुख डा दासको भनाइ छ ।उहाँका अनुसार पाँच वर्षसम्मका बालबालिकामा गरिएको अध्ययनमा कुपोषणग्रस्त बच्चाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा असर पुगेको तथा उमेरअनुसार तौल र उचाइ नबढेको पाइएको छ ।

कुपोषण समस्यालाई दृष्टिगत गरी युनिसेफ र डब्ल्युएफपीको आर्थिक सहयोग, युके एड, रिपब्लिक फ्रान्सिस, ग्लोबल हेल्थ एलाइन्स नेपाल, नेपाल पब्लिक हेल्थ फाउन्डेसन, अस्ट्रेलियन एडको समन्वय र जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लामा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याइएको जनस्वास्थ्य प्रमुख डा दासले बताउनुभयो ।गत साउन र भदौमा आएको बाढीको चपेटामा परेका जिल्लाका बालबालिकाको पोषणमा परेका असरलाई सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा पोषणयुक्त पीठो बाँडिएको छ भने कतिपय स्थानमा बाँड्नेक्रम जारी रहेको बताउनुहुँदै प्रमुख डा दासले आमालाई तयारी खाना वितरण गर्ने, बच्चाको पाखुराको नाप र वजन लिने काम भइरहेको समेत जानकारी दिनुभयो ।कार्यक्रमअन्तर्गत जिल्लाभरिका महिला स्वास्थ्य स्वयंसेविकादेखि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुपोषण व्यवस्थापन र उपचारका विषयमा तालीम दिइएको छ ।रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्तनपान गराउने आमा तनावरहित
Next article आरोग्यको सहकार्यमा डायलाइसिस सेवा सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133243
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

53
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web