• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

स्तनपान गराउने आमा तनावरहित

January 7th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्तनपान गराउने आमा तनावरहित

विणा श्रेष्ठ,

स्तनपान गराउने आमा तनावरहित भई आरामसँग बसेको हुनुपर्छ । शिशुको शरीर आमासँग टाँसिएको र मुख स्तनतर्फ पारेर राखेको हुनुपर्छ । शिशुको टाउको र शरीर सीधा र आमातर्फ फर्केको हुनुपर्छ । शिशुको नाक स्तनको मुन्टोको ठीक अगाडि पार्नुपर्छ । शिशु र आमा एकआपसमा हेराहेर गरेको हुनुपर्छ । शिशुको चिउँडोले आमाको स्तनलाई छोएको हुनुपर्छ । आमाको दुवै हातले शिशुको पिठ्यूमा राम्रोसँग समातेको हुनुपर्छ । यस्तै स्तनपान गर्दा बच्चाको मुख पूरा खुलेको हुनुपर्छ । स्तनको वरिपरिको कालो भाग पूरै मुखभित्र पसेको हुनुपर्छ । ओठको भित्री भाग स्तनको तलपट्टि बाहिर निस्केको हुनुपर्छ । शिशुको जिब्रो आमाको स्तनको मुनिपट्टि परेको हुनुपर्छ । शिशुको गाला गोलो र पुष्ट भएको हुनुपर्छ । दूध निलेको आवाज आउने गरी विस्तारै तल गहिरोसँग रोकिँदै चुस्दै गरेको हुनुपर्छ । यसका साथै स्वास्थ्य संस्थामा लगेर बच्चालाई के के खान दिने र कतिकति पटक खानदिने भन्ने सम्बन्धमा सल्लाह लिनुपर्छ । बच्चा बिरामी परेको बेलामा पनि खाना खुवाई रहनुपर्छ । खाना नदिने वा खाना कम खुवाउनु हुँदैन । साविकभन्दा बढी पटक खुवाउनु पर्छ ।

यसैगरी बच्चा ६ महिना पुगेपछि पाँच वर्षसम्म ६÷६ महिनामा भिटामिन ‘ए’ क्याप्सुल ख्वाउनुपर्छ । भिटामिन “ए’ महिला स्वास्थ्य स्वयंसेविकाले वितरण गर्छन् । भिटामिन ‘ए’ को साथै एक वर्षदेखि पाँच वर्षका बच्चालाई जुकाको औषधि पनि खुवाउनुपर्छ । बच्चाको उमेर बढ्दै जाँदा खानाको परिमाण र खुवाउने पटक पनि बढाउँदै जानुपर्छ । जिम्मेवार तथा बुद्धिमान आमाबुबाले आफ्नो बच्चाको तौल राम्ररी बढिसकेको छ, छैन भन्ने थाहा पाउन हरेक महिना स्वास्थ्य संस्थामा लगेर तौल हेर्नुपर्छ

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कडा कुपोषणबाट १५ % बालबालिका पीडित
Next article के ट्रम्पलाई मानसिक समस्या छ ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134174
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

128
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web