• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्यान्सर रोगीको वास्तविक संख्या र अवस्था खोज्दै स्वास्थ्य अनुसन्धान परिषद्

January 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यान्सर रोगीको वास्तविक संख्या र अवस्था खोज्दै स्वास्थ्य अनुसन्धान परिषद्

विष्णु नेपाल,

काठमाडौँ  : क्यान्सर रोगीको संख्या र उनीहरुको स्थिति थाहा पाउन सरकारले उनीहरुको तथ्याँक संकलन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद मार्फत  ‘जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली’को आजदेखि शुरु गरेको हो । सरकारका कुनै पनि निकायसँग अहिलेसम्म क्यान्सरका कति बिरामी छन् भन्ने एकिन तथ्याँक छैन । पहिलो चरणमा उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुरबाट तथ्याँक संकलन कार्यको शुरु हुने र यसपछि सातवटै प्रदेशका ७७ जिल्लाका प्रत्येक स्थानीय निकायबाट सूचना संकलन गरिने परिषद् अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए । क्यान्सरका बिरामीमध्ये कति पुरुष, कति महिला, कुन उमेर समूहका हुन् भन्ने जानकारी लिइने छ ।

यस अतिरिक्त कुन प्रकारको क्यान्सर रोग हो, सरकारी सुविधा लिएरनलिएको, रोगको परीक्षण (उपचार) स्वदेश अथवा विदेशका कुन स्वास्थ्य संस्थामा गराएको लगायतका विषयमा समेत सूचना संकलन गरिने छ । क्यान्सर रोग पत्ता लागेर पनि विविध कारण घरमै रहेका बिरामीको संख्यासमेत यकिन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा सेवा लिन जाने बिरामीमध्ये क्यान्सरका बिरामीको आधिकारिक रुपमा सन् २००३ देखि बिपी कोइराला क्यान्सर अस्पतालबाट सूचना संकलन गर्न थालेको थियो । पछिल्लो समयमा नेपालमा खासगरी महिलाको पाठेघर र स्तन, रगत, हड्डी जस्ता अंगको क्यान्सर रोगी बढ्दै गएको बताइन्छ ।

सूचना तथा जानकारी कुन विधि र प्रक्रियाबाट संकलन भन्ने विषयमा ज्ञान लिन परिषद्ले भारतको प्रसिद्ध टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालीम लिन आफ्ना कर्मचारीलाई पठाएको थियो । मन्त्रालयले चार महिनाअघि क्यान्सरका रोगीको विवरण संकलन गर्न परिषद्लाई जिम्मेवारी सुम्पेको थियो । “हामी अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य प्रतिवेदन, स्वास्थ्य प्रयोगशालामा परीक्षण गराउने बिरामीका प्रतिवेदन र स्थानीय गाउँपालिका÷नगरपालिकामा सहयोगका लागि जानेहरु मार्फत तथ्याङ्क तथा सूचना लिने तयारीमा छौ, ” वरिष्ठ क्यान्सर रोग विशेषज्ञ समेत रहेका अध्यक्ष डा. झाले भने ।

सरकारले मुटु, मिर्गौला, क्यान्सरलगायतका रोगका उपचार गर्न रु एक लाख आर्थिक सहयोग दिँदै आएको छ भने यस्ता बिरामीका लागि मासिक रु पाँच हजार थप दिने तयारी समेत थालेको छ । मन्त्रालयअन्तर्गतको व्यवस्थापन महाशाखाले हाल विभिन्न ५० प्रकारका विधि प्रयोग गरी २३४ प्रकारका रोगका बारेमा अभिलेख राख्दै आएको छ । सरकारी स्वास्थ्य सस्थामा सेवा लिन आएका बिरामीमध्ये त्यो व्यक्ति कुन प्रकारका रोगी हुन् भन्ने अभिलेखबाट जानकारी प्राप्त हुन्छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रक्षेपणअनुसार नेपालमा करिब २९ हजार ८९८ विभिन्न प्रकारका क्यान्सरका रोगी छन् । क्यान्सरका रोगीको सूचना संकलनले क्यान्सर निवारणका लागि अल्पकालीन तथा दीर्घकालीन रणनीति बनाउन, क्यान्सरका रोगीलाई राज्यले उपलब्ध गराउने सेवामा थप सहयोग जुटाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास परिषद्का तालीम संयोजक विजय झाले व्यक्त गरे । वरिष्ठ जनस्वास्थ्य अधिकृतसमेत रहेका झाका अनुसार विकसित मुलुकहरुमा जनसंख्या संकलन गर्ने क्रममा नै क्यान्सर रोगीका बारेमा सूचना संकलन गरी राज्यबाट सहयोग उपलब्ध गराउने गरिन्छ । ( रासस)

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनकर्मीमा एचआईभीको जोखिम बढी
Next article अबुर्द रोगको निरोधात्मक उपाय आवश्यक छ : प्रधानमन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131508
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web