• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

कोल्ड डाइरियाबाट यसरी बच्ने ?

January 23rd, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोल्ड डाइरियाबाट यसरी बच्ने ?

डा. लालितकुमार मिश्र,

हिजोआज सबै जसो प्राईभेट क्लिनिक तथा सरकारी अस्पतालहरुमा विन्टर डाइरिया (झाडापखाला)ले पीडितहरुको संख्या निकै बढेको छ । नवजात शिशु र कम उमेरका केटाकेटीहरुको संख्या  अझ बढी नै छ । गर्मियाममा हुने झडापखाला त्यति खतरनाक हुँदैन जति जाडोमा हुने डाइरियाबाट हुन्छ । जाडोमा डाइरिया हुने मुख्यकारण चिसो लाग्नु हो । जाडो मौसम सुरु हुने बित्तिकै ’रोटा भाइरस’ अत्यन्त सकृय हुन्छ । जाडोमा हुने डाइरिया रोटा भाइरसको कारणले गर्दा नै हुन्छ । डाइरियामा सामान्य सावधानी राखेमा एक सप्ताहमा आफैं ठिक हुन्छ । कुनै औषधिको आवस्यकता नै पर्दैन । तर डाइरिया हपता दिनभन्दा बढिरह्यो भने यसलाई क्रोनिक डाइरिया भनिन्छ । यसको उपचार समयमा गरिएन भने ज्यानै पनि जाने जेखिम रहन्छ । तर अलिकति सावधान भएका यो समस्यालाई निको पार्न साकिन्छ। यदी डाइरियाको समुचित उपचार गरिएन भने शरिरमा पानीको मात्रा अत्यन्त कम भइ जलवियोजन (डिहाइड्रेसन) हुन्छ । शरिरमा पानी तथा अन्य द्रव्यको मात्रा कमी भए बिरामीको मृत्यु पनि हुन सक्छ ।

कोल्ड डाइरियाबाट बच्ने उपाय

१. दिसा गरिसकेपछि साबुन(पानीले हात धुने बानि बसाल्ने।

२. खाना खानुभन्दा अगाडि साबुन(पानीले हात धुने।

३. फलफुल तथा हारियो सागपात राम्रो संग धोइपखाली मात्र खाने।  

४. खानेकुरालाई छोपेर राख्ने।

डाइरियालागेमा के गर्ने ?

१. बच्चालाई जिवनजल दिइ रहने।

२. स्तनपान जारि राख्ने।

३. खाना बन्द नगर्ने बरु बच्चालाई नरम खाद्यपदार्थ, जस्तैस् केरा, ऊसिनेको आलु मुछेर खान दिने ।

याद राख्नुहोस

डाइरियाको रोगिलाई उपचार गर्दा जलवियोजन (डिहाईडरेसन)को लागि वर्गिकरण गर्नुपर्ने हुन्छ । यदि दिशामा रगत आइरहेको छ भने( यो रक्तमासी(डिसेन्टरी)हुनसक्छ। जहाँ गम्भिर डिहाइड्रेसनको अवस्था छ भने रोगीलाई आइभी फ्ल्युड अर्थात स्लाइन चढाउनुपर्ने हुन्छ ।यस स्तिथिमा तुरन्तै नजिकको स्वास्थ संस्थामा लानु पर्ने हुन्छ ।

डाइरियामा के नगर्ने ?

बच्चालाई मात्र ग्लुकोज या चिनीपानीको घोल न दिने ।मात्र ग्लुकोजको झोल दिँदा शिशुको पेटमा ग्यास उत्पन्न गर्दछ । जसले गर्दा ब्याक्टेरिया संक्रमणको संभावना बढेर जान्छ । यस्ता तरल पदार्थ पनि नदिने जसमा केफिनको अंश होस् । जस्तै(कोकाकोला, कफिआदि। डाइरियाकोरोगिलाई आमाको दूधबाहेक बहिरी दूध तथा दूधबाट बनेका परिकार पनि दिनु हुँदैन।

नुन–चिनीको घोल बनाउने विधि

एकलिटर उमालेर सेलाएको पानीमा एक सानो चम्चाले १ चम्चा नुन ८ चम्चा चिनी मिलाएर राम्रोसंग मिश्रण गरी घोल बनाउने। यसघोललाई २४ घन्टाभित्र प्रयोग गर्ने । बाँकिरहेको घोल फ्याँकि दिने। आवस्यकता अनुसार पुनस् बनाउने र प्रयोग गर्ने।

उपचार

जलवियोजन हुन नदिन बच्चालाई सधैंकोभन्दा बढीमात्रामा झोलपदार्थ ख्वाउनुस्। झाडापखाला नथामिएसम्म झोलपदार्थ दिन जरुरी छ। प्रत्येक पटक पातलो दिशा गरेपछि, जीवनजल दिनुस् । जीवनजलको मात्रा २(१० वर्षसम्मका लागि १००(२००मिलि, १० वर्षमाथिकालाई बिरामिले चाहे जति । डाइरिया लागेको बिरामीको उपचारको मुख्य उदेश्य जलवियोजन हुन नदिइ रोगिको प्राण बचाउनु हो। पुनर्ज्लिय प्रकृयाबाट जलवियोजनको उपचार भएमा झाडापखालाका बिरामीहरु आफैं ठिक हुन्छन् । त्यसकारण डाइरिया लागेको बिरामीको लागि पुनर्ज्लिय नै सबैभन्दा महत्वपूर्ण उपचार हो । बिरामीलाई कसरी र कति पुनर्ज्लिय उपचार गर्ने भन्ने कुरा बिरामीको अवस्था र जलवियोजनको स्थितिमा भर पर्छ । त्यसैले पहिले बिरामीको स्थिति लेखाजोखा गर्नुपर्दछ र सोहि अनुसारको ऊपचार गर्नुपर्ने हुन्छ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनसम्पर्कको समय कति हुनु पर्छ ?
Next article कुष्ठरोगको उपचारमा आनन्दवन संसारमै अब्बल : डा. नापित

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132701
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web