• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

स्तन क्यान्सरले गाज्दैछ सहरिया महिलालाई

February 8th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्तन क्यान्सरले गाज्दैछ सहरिया महिलालाई

सन्ध्या केसी,

सहरिया महिलामा स्तन क्यान्सर बढ्दो छ । ग्रामीण क्षेत्रको तुलनामा सहरिया महिलामा स्तन क्यान्सर अत्यधिक रहेको पाइएको छ । नेपाली महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । तर सहरिया महिलामा भने पाठेघरको मुखको क्यान्सरभन्दा स्तन क्यान्सर बढी रहेको पाइएको छ । सहरिया महिलामा स्तन क्यान्सर एक नम्बरमा रहेको छ । स्तनपान नगराउने चलन, ढिलो विवाह, ढिलो बच्चा जन्माउने, मोटोपन, जंगफुड खाने, व्यायामको कमी, गर्भधारण रोक्न पिल्सको प्रयोग, पश्चिमी जीवनशैली र वंशानुगतका कारण सहरिया महिलामा स्तन क्यान्सरको समस्या बढ्दै गइरहेको पाइएको छ ।

उपचार र परीक्षणका लागि अस्पताल पुग्ने सहरिया महिलाहरूको तथ्यांकअनुसार महिलामा हुने क्यान्सरको करिब ४० प्रतिशतमा स्तन क्यान्सर देखिएको छ । भक्तपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल, नेसनल क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने बिरामीको तथ्यांकअनुसार सहरिया महिलामा स्तन क्यान्सर बढ्दै गइरहेको पाइएको छ । फोक्सोको क्यान्सर, कलेजोको क्यान्सर, मुखको क्यान्सर, आन्द्राको क्यान्सर, अन्ननलीको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरमध्ये बढीजसो महिला पाठेघरको मुखको र स्तन क्यान्सर पीडित हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा पाँच लाख २० हजारभन्दा बढी महिलाको मृत्यु स्तन क्यान्सरका कारण हुने गरेको छ । अन्य क्यान्सरको तुलनामा समयमै पत्ता लगाउन सकिने, आफैं पनि लक्षण थाहा पाउने, पहिलो स्टेजमै थाहा भएर उपचार गराए निको हुने अवस्था रहे पनि स्तन क्यान्सर सहरी महिलाका लागि खतरा बन्दै गइरहेको छ ।

विश्वका अन्य विकसित मुलुकमा पहिलो स्टेजमै स्तन क्यान्सरको उपचार गराउन महिला अस्पताल पुग्छन् । तर नेपालमा भने तेस्रो वा चौथो स्टेजमा उपचारका लागि बल्ल अस्पताल पुग्ने गरेकाले धेरैको ज्यान जाने गरेको चिकित्सक बताउँछन् । विदेशतिर ५० वर्षको उमेर पार गरेपछि स्तन क्यान्सर बढी देखिने गरेको पाइए पनि नेपालमा भने ३० वर्षकै महिलामा पनि स्तन क्यान्सर देखिने गरेको छ । क्यान्सर रोगविज्ञ डा. कपेन्द्रशेखर अमात्यका अनुसार नेपालमा बढीजसो ३५ बर्षभन्दा माथि उमेरका महिलामा स्तन क्यान्सर देखिने गरेको पाइएको छ । पछिल्ला केही वर्षयता पहिलेको तुलनामा स्तन क्यान्सरका विषयमा चेतना विस्तार भइरहेकाले केही महिला दोस्रो स्टेजमा समेत उपचारका लागि अस्पताल पुग्ने गरेको डा. अमात्य बताउँछन् ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलामा अझै चेतना पुग्न नसकेकोले अन्तिम अवस्थामा मात्र उपचारका लागि आउने गरेको चिकित्सकहरू बताउँछन् । स्तन क्यान्सरको उपचार शल्यक्रिया हो । यसबाहेक किमोथेरापी पनि गर्न सकिन्छ । पहिलो स्टेजका बिरामीलाई पूरै निको पार्न सकिन्छ । दोस्रो र तेस्रो स्टेजका बिरामीलाई पनि ५० प्रतिशत रोग निको पार्न सकिने विज्ञहरू बताउँछन् । स्तन क्यान्सरको उपचारका लागि विदेश जानुपर्ने अवस्था छैन । यसबाट जोगिन २० वर्ष उमेर पुगेका महिलाले नियमित आफैं पनि स्तन परीक्षण गर्न सकिन्छ । अन्य क्यान्सरको परीक्षणभन्दा स्तन क्यान्सरको परीक्षण सजिलो र भरपर्दो छ । ऐनाअगाडि उभिएर आफ्नो स्तनको अवस्था जाँच आफैं गर्न सकिने विज्ञहरू बताउँछन् । अस्वाभाविक बढेमा, रङ फरक भएमा, गाँठागँुठी र गिर्खा देखिएमा चिकित्सककहाँ जाँच गराउनुुपर्छ । महिनावारी सुकेका महिलाले पनि स्तन क्यान्सर लाग्न सक्ने भएकाले परीक्षण गराउनुपर्ने चिकित्सक बताउँछन् । महिनामा एक पटक स्तन परीक्षण आफंै गर्नुपर्छ । मेमोग्राम गर्नुपर्छ । यसबाट क्यान्सर भए नभएको पत्ता लगाउन सकिन्छ ।

किन बढ्दै छ त ?

खानपान र जीवनशैली प्रमुख कारक तत्व हो । पिज्जा, फास्टफुड खाने, फ्रिजमा राखेको खाने, विषादी प्रयोग गरेको खाना र सागसब्जी खाने, बार्विक्यु, खानामा चिल्लो र बा्ेसोको अत्यधिक प्रयोग, मोटोपनका कारण सहरिया महिलामा स्तन क्यान्सर बढी रहेको हो । यसका लागि अस्पताल र चिकित्सकले मात्र पुग्दैन । यसका विषयमा आफैं पनि सचेत हुनु आवश्यक छ । ग्रामीण भेकतिर त अझै पनि यसका विषयमा जनचेतना विस्तार गर्नु आवश्यक छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रालय नै उत्रियो विरोधमा, निर्णय सच्याउन मन्त्रीपरिषद्लाई  पत्र
Next article यौनसम्पर्क कति लामो राम्रो ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web