• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

पति विदेश भए पनि बच्चा पाउन अब चिन्ता लिनु पर्दैन 

February 11th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पति विदेश भए पनि बच्चा पाउन अब चिन्ता लिनु पर्दैन 

डा. हरिकिशोर श्रेष्ठ,

प्रकृतिले धनी भए पनि हाम्रो देश आर्थिक रूपमा पछाडि छ । अधिकांश युवक, युवती बेरोजगार छन् । देशमा रोजगारी नपाएपछि उनीहरू रोजगारीकै लागि बिदेसिन बाध्य भएका छन् । अहिले करिब ४० लाखभन्दा बढी नेपाली रोजगारीका लागि बिदेसिएको सरकारी तथ्यांक छ । यो संख्या हरेक दिन बढिरहेको छ । वैदेशिक रोजगारीका लागि जाने अधिकांश नेपाली मलेसिया, कतार तथा अरबका मुलुकहरू जाने गरेका छन । रोजगारीका लागि जाँदा उनीहरू आफ्नो परिवार छोडेर जान्छन् । यसरी रोजगारीका लागि बाहिर जाँदा पतिले पत्नीबाट र पत्नीले पतिबाट छुट्टिएर बस्नुपर्ने बाध्यता हुन्छ । लामो समय पतिपत्नी छुट्टिएर बस्नु पर्दा कत्तिको त सन्तान पाउने चाहना अधुरै रहने गरेको पाइन्छ । लामो समयसम्म पतिपत्नीसँगै बस्न नपाउँदा केहीमा त पछि बाझोपनको समस्या पनि हुने गरेको छ । उमेर छउन्जेल विदेशमा पसिना बगाएर उतै बसेर उमेर ढल्केपछि स्वदेश फर्केपछि उनीहरूमा सन्तान पाउने चाहना हुन्छ ।

कत्तिको त्यो चाहना पूरा हुन्छ भने कत्तिको यी सपना पूरा हुन पाउँदैन । लामो समयपछि घर फर्केको, लामो समयसम्म पनि बच्चा जन्मने अवस्था नभएपछि उनीहरूमा चिन्ता छाउँछ । सन्तान जन्माउन नसकेका दम्पतीले अब आत्तिनुपर्ने अवस्था छैन । ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले टेस्ट ट्युब बेबी सेन्टरमा वीर्य बैंक स्थापना गरेको छ । यस प्रविधिमा पति विदेश जानु अगाडि नै हस्पिटलको बिर्य बैंकमा पतिको वीर्यलाइ फ्रिज गरेर राखिन्छ । यो वीर्य आफूले चाहेको बेलामा पत्नीले आफ्नो गर्भाशयमा राखेर गर्भधारण गराउन सकिन्छ ।     यो विधिबाट उपचार गराउँदा टेस्ट ट्युव प्रविधि अपनाउनुपर्ने जरुरी छैन । आर्टिफिसियल इन्सेमिनेसन (आईयूआई) विधिबाट उपचार गरिन्छ । यो विधि सरल सजिलो र कम खर्चिलो छ । यो प्रविधिमा महिनावारी भएको दोस्रो दिनबाट अन्डा बन्ने औषधि दिएर महिनावारी भएको नौ दिनबाट भित्री अल्ट्रासाउन्ड (टीभीएस) बाट अन्डा बनेको गतिविधि हेरिन्छ । कसै कसैलाई हारमोन्सको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ । महिनावारी भएको १४, १५ दिनमा जब अन्डा फुटछ तब पतिको फ्रिज गरेर राखिएको वीर्यलाई चिकित्सकीय प्रविधिमार्फत पत्नीको पाठेघरमा राखिन्छ । यो प्रक्रिया पीडादायक हुँदैन । यसमा बिरामीले अस्पतालमा भर्ना हुनु पनि पर्दैन । यो विधिबाट हालसम्म धेरै दम्पतीहरूले गर्भधारण गर्न सफल भइसकेका छन् ।

सन्तान नहुनु भगवान्को श्राप हो र ? पक्कै पनि होइन । न त यो पूर्वजन्मको अभिशाप नै हो । सन्तानको चाहनामा सारा जीवन बिताउन विवश दम्पतीहरूको लागि वीर्य बैंक स्थापनाले धेरै सुविधा भएको छ । वीर्य वैंकको स्थापना अरू देशहरूमा धेरै पहिले भइसकेको हो । तर हाम्रो देशमा भने धेरै पछिमात्रै भएको हो । केही समयअगाडि रसियाको मस्कोमा विश्व च्याम्पियन एथलेटिक्सका खेलाडीको अकस्मात गाडी दुर्घटना भएर मृत्यु भएपछि उनकी पत्नीले आफ्नो पतिको वीर्य बैंकमा रहेको थाहा पाएपछि पतिको मृत्यु भएको पाँच वर्षपछि सो वीर्य प्रयोग गरी सन्तानको रूपमा पुत्र प्राप्त भएको सुन्दा सबै हर्षले गद्गद् भएका थिए ।

रोजगारीका लागि बिदेसिएका पतिहरू आफ्नी पत्नीसँग धेरै समय साथमा बिताउन नपाएकोले सन्तान सुखबाट वञ्चित हुनु परेको छ । आफ्नो श्रीमान् विदेशमा भएकोले घरपरिवार अनि समाजले पनि अब यिनीहरूको सन्तान हुँदैनन् भन्ने जुन पुरानो विचारधारा छ त्यसलाई यस प्रविधिको प्रयोग गरेर धेरै परिवारको सन्तान जन्माउनमा मद्दत पुगेकोले आज धेरै दम्पतीले सुखी परिवार भएर जीवन बिताइरहेका छन् । त्यसैले यस्तो चाहना तपाईंमा पनि छ भने सन्तान सुखका लागि चिन्ता नगरौं । चाबहिलमा रहेको ओम हस्पिटल तथा रिसर्च सेन्टर तपार्इंको चाहनालाई पूरा गर्न हामी सक्षम छांै । त्यसको लागि अस्पतालको निःसन्तान उपचार शाखामा सम्पर्क राखौं । सल्लाह गरौं र सन्तान प्राप्तिका लागि अगाडि बढौं ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेलानको राष्ट्रिय सम्मेलन फागुन २४ देखि २६ सम्म राजधानीमा हुने
Next article रुघाखोकीमा औषधिको प्रयोग कति ठीक ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133797
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

127
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web