• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

किन र कहिले हुन्छ बिर्सने रोग

February 11th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किन र कहिले हुन्छ बिर्सने रोग

डा. शंकर राई,

डिमेसिया रोग बुढेसकालको सबैभन्दा ठूलो स्वास्थ्य र सामाजिक समस्याको रूपमा विश्वभरि नै छरिएको छ । हाल विश्वभरि करिब चार करोड जति मानिस डिमेसिया रोगबाट ग्रसित छन् । हालको तथ्यांकअनुसार डिमेसियाको करिब ६० प्रतिशत चाप हाम्रोजस्तो निम्न तथा मध्यम आय भएका मुलुकहरूमा देखिन्छ ।

के हो त अलजाइमर्स डिमेसिया ?

१. डिमेसिया मस्तिष्कमा लाग्ने रोग हो, जसले गर्दा मानसिक क्षमतामा ह्रास भएर व्यक्तिको स्मरणशक्ति, चिन्तन शक्ति, वरिपरि भइरहेका गतिविधिहरू प्रतिको जागरुकता घट्दै जान्छ । यसका अलवा हिसाबकिताब राख्ने, नयाँ कुरा सिक्ने क्षमता, आत्मविश्वासमा कमी आउनुका साथसाथै बानी व्यवहार परिवर्तन हुँदै जान्छ ।

२. यस्तो रोगको सुरुवात सानोतिनो कुराहरू बिर्सनेबाट हुन्छ ।

कसरी चिन्ने त ?

धेरैजसो मानिसहरू यस रोगलाई बुढ्यौलीको लक्षणका रूपमा बेवास्ता गर्दछन् । तर बुढ्यौलीको कारण बिर्सनु र रोगका कारण बिर्सनु फरक कुरा हुन् । जस्तै

सामान्य (बुढ्यौलीमा)

१. बार थाहा नपाउनु– आइतबार अथवा मंगलबार

२. अर्को कोठामा जानुको कारण बिर्सनु

३. चाबी राखेको ठाउँ बिर्सनु

असामान्य (अलजाइमर्स डिमेसिया)

१. खाना खाएको बिर्सनु

२.सधैं घर जाने बाटो भुल्नु

३.आफ्नो बालबच्चा र श्रीमान्÷श्रीमतीको नामसमेत भुल्नु

४. आफ्नै घर छिमेकीलाई पनि नचिन्नु ।

यसका रोगीहरूमा निम्न लक्षणहरू देखा पर्दछन् ।

(क) साह्रै भुलक्कड भई दैनिक जीवनयापनमा कठिनाइ, खासगरी भर्खरैको घटनाहरू र व्यक्तिका नामहरूसमेत बिर्सनु ।

(ख) आफ्ना परिवारजनसँग शंकालु हुने, झर्को मान्ने तथा सामान्य कुरामा झगडा गर्नु ।

(ग) सामान्य कुरामा अनावश्यक रूपमा डराउनु ।

(ग) पहिला जानेका भाषा बोल्न, बुझ्न र सामान चिन्न गाह्रो हुनु ।

(ड) सधैं गरेका घरायसी, व्यावसायिक अथवा सामान्य काम गर्न पनि असमर्थ हुनु ।

(च) समय तथा स्थानको ज्ञान हराउनु ।

(छ) व्यक्तिको मुड तथा व्यक्तित्वमा परिवर्तन हुनु ।

(ज) अन्तिम चरणहरूमा रोगी पूर्णतया आफूलाई पनि नचिन्ने, दिसापिसाब पनि गर्न जान नसक्ने अवस्थामा पुग्न सक्छ ।

डिमेसिया किन र कहिले हुन्छ ?

यो रोगको कारणबारे बुझ्न अझै बाँकी नै छ तर निम्न कारणहरू पाइएका छन् ः

१. वंशाणुगत दोष,

२. मस्तिष्कमा हुने विभिन्न स्नायु रसायन (एसिटाइलकोलिन) को गडबडी ।

६०–६५ वर्ष आयु भएका मानिसमा यो रोग तीन प्रतिशतले पाइएको छ । त्योभन्दा पाँच वर्ष आयु बढी भएकामा दोब्बर तवरले यो रोगको प्रभाव देखिन्छ । रोग सुरु भएर मस्तिष्कका तन्तुलाई स्थायी क्षति नपु¥याएको अवस्थामा उपचार गर्न सके ५–१० प्रतिशत रोगी पुनः ठीक पनि हुन सक्छन् । स्थायी क्षति भएको समयदेखि रोगी सालाखाला थप आठ वर्ष बाँच्छन् ।

कसरी उपचार गर्ने ?

औषधि : थोरै र मध्यम लक्षणहरू भएका अवस्थामा एसिटाइलकोलिन बढाउने डोनेपेजिल, रिभास्टिगमिन, टाक्रिन आदिको प्रयोग गर्न सकिन्छ । व्यवहार, निद्रा आदि गडबडी भएमा लक्षणअनुसार साइकोसिस कम गर्ने र अनिँदो÷बेचैनी कम गर्ने औषधि पनि दिइन्छ ।

मनोसामाजिक उपाय

व्यक्तिका मानसिक क्षमताहरू हराउँदै जाँदा अनेकौं अरू मानसिक तनाव पैदा हुन्छन । माथि उल्लेख गरेझैं अन्य मानसिक रोगका लक्षणहरू प्रायः आउँछन र रोगी झन् बढी विचलित हुन्छन् । अतः उसलाई र परिवारजनलाई निरन्तर सहारा, हौसला र रोगको अवस्थाबारे शिक्षाको निकै आवश्यकता पर्दछ । रोगीलाई सजिलो पार्ने हिसाबले उसमा भएको क्षमता अनुरूप व्यवहार गराउन सक्ने गरी वातावरण सरल गर्नुपर्छ । जस्तै शौचालय चिन्न विशेष रङ वा बोर्ड झुन्डयाउने, सम्पर्कमा आउने मान्छे, ठाउँ आदि हेरफेर नगर्ने, दिमाग लगाउनुपर्ने कार्य गर्न नलगाउने आदि ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.पौडेल पनि पुगे अदालतको शरणमा
Next article मेलानको राष्ट्रिय सम्मेलन फागुन २४ देखि २६ सम्म राजधानीमा हुने

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

128
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web