• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

४४ जनाको निःशुल्क आँखाको शल्यक्रिया

April 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
४४ जनाको निःशुल्क आँखाको शल्यक्रिया

हेल्थ टुडे,
काठमाडौं,२७ चैत्र : नेपाल आँखा अस्पतालले ४४ औं वार्षिक उत्सवको अवसरमा सोमबार राजधानीमा ४४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरेको छ । चार दशकअघि वीर अस्पतालको ६ बेडबाट शुरु भएको आँखा स्वास्थ्य सेवा अहिले त्रिपुरेश्वरको आफनै भवनमा  ६ शल्यकक्ष र १० जना आँखारोग बिशेषज्ञ कार्यरत छन् । ग्रामीण भेगका बिपन्न बिरामीहरुको लागी निःशुल्क शिविर चलाउनुका साथै वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई २५ प्रतिशत सम्म छुट दिने र गरीब बिपन्न बिरामीलाई नि:शुल्क उपचार गर्दै आईरहेको छ । उपचार सेवा सँगै अस्पतालले नेत्र रोग सम्बन्धी विभिन्न स्तरको पढाई पनि सञ्चालन गर्दै आईरहेको  छ  ।  अगामी दिनमा पनि गरिब विपन्नलाई केन्द्रमा राखेर सेवा विस्तार गरिने अस्पतालका कार्यकारी निर्देशक दमन घलेले बताए । घलेले भने, ‘यसका लागि स्वास्थ्यकर्मीलाई अझै दक्ष बनाउन तालिम दिने र भौतिक पूर्वाधार जुटाउने तयारी भइरहेको छ ।’ हाल अस्पतालमा अकुलोस्लास्टी, जलविन्दु, मोतीविन्दु र अल्पदृष्टि समस्याका विशेष सेवा छन् । अस्पतालले यस वर्ष मात्रै करिब ५ हजारलाई आँखाको शल्यक्रिया सेवा प्रदान गरेको छ भने एक लाखलाई उपचार सेवा दिएको छ । अगामी दिनमा अस्पतालले राजधानीमा चार भिजन सेन्टर स्थापना गर्ने लक्ष्य राखेको निर्देशक घलेले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘स्वास्थ्य अनुसन्धानलाई प्रदेशस्तरसम्म लैजानु पर्छ। ’
Next article भोलीदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134479
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web