• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

‘मिनिरल’ वाटरले हुनसक्छ क्यान्सरको खतरा!

April 20th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘मिनिरल’ वाटरले हुनसक्छ क्यान्सरको खतरा!

हेल्थ टुडे
काठमाडौं, ७ बैशाखः शरीरलाई पानी नभई हुन्न । शरीरका लागि स्वच्छ पानी आवश्यक छ । तर, अहिले हामीले पिउने पानी दूषित छ, हानिकारक छ, विषाक्ता छ । त्यही कारण फिल्टर गरेर, उमालेर वा विभिन्न विधिबाट शुद्धिकरण गरेर पानी पिउने गरिन्छ ।
काठमाडौं लगायत शहरी क्षेत्रको हकमा त रोगको स्रोत नै भएको छ, पानी । पानीको माध्यामबाट विभिन्न महामारी फैलने गरेको छ । ट्यांकीमा जम्मा गरेर घर घरको धारामा आउने पानी होस् वा ट्यांकरले आपूर्ति गर्ने पानी नै, स्वच्छ हुन्छ भन्ने ग्यारेन्टी छैन । यस्तो पानीले हाम्रो स्वास्थ्यलाई नाजुक बनाउँदैछ ।
यस्तो अवस्थामा हामीले विश्वास गरेको भनेको प्रशोधित पिउने पानी हो, जो बजारमा सहजै पाइन्छ । बोत्तलमा पाइने ति पानी हामी निस्फिक्री घटघट पिउँछौं । त्यसलाई अतिरिक्त शुद्धिकरण गर्नुपर्छ भन्ने लाग्दैन, न त उमाल्नुपर्छ भन्ने नै ।
खतरनाक बोत्तलको पानी !
हामीले बजारमा ‘मिनिरल वाटर’ भनेर पिउने वोत्तल बन्द पानी हानिकारक भएको हालैको एक शोधले खुलासा गरेको छ ।
एक त त्यसरी शुद्धिकरण गरिएको पानीमा ‘मिनिरल’को मात्रा कति हुन्छ भनेर खुलाइएको हुँदैन । त्यो पानी कति पिउन योग्य हो भनेर त्यसको गुणस्तर मापन गरिएको भएपनि त्यस्ता पानीको गुणस्तरप्रति प्रश्न उठ्न थालेको छ ।
पानीमा ९३ प्रतिशतसम्म प्लाष्टिकको स–सानो टुक्रा
बोत्तलमा भरिएको पानी मिनरलयुक्त वा शुद्ध छ भनेर सोच्नु नै भ्रमपूर्ण रहेको अध्ययनले बताएको छ । स्टेट युनिभर्सिटी अफ न्यूर्योकका वैज्ञानिकहरुले विश्वभरको बोत्तलबन्द पानीमा गरेको अध्ययनले निरासलाग्दो तथ्य सार्वजनिक गरेको छ ।
शोधकर्ताले चीन, ब्राजिल, इन्डोनेसिया, अमेरिका लगायत ९ देशमा बिक्री गरिने ११ अलग(अलग ब्रान्डको करिब २ सय ५९ प्याकेट बोत्तल जाँच गरेको थियो । उक्त जाँचमा के पाइयो भने, विश्वभर बिक्री हुने यस्ता प्याकेज्ड मिनिरल वाटरमा ९३ प्रतिशतसम्म प्लाष्टिकको स(सानो कण पाइयो । छिमेकी भारतमा समेत यस्तो पानी प्रशस्तै पाइएको छ । दिल्ली, चेन्नाई, मुम्बई लगायत १९ वटा स्थानको पानीको नामुनामा हानिकारक प्लाष्टिकको टुक्रा पाइयो ।
बोत्तलबन्द पानीले के हानी गर्छ
क्यान्सर
प्लाष्टिकको बोत्तलको पानी क्यान्सरको कारण बन्नसक्ने चिकित्सकहरुले औल्याएका छ । प्लाष्टिकको बोत्तल जब घाम वा तापमानको कारण तातो हुन्छ, प्लाष्टिकमा रहेको हानिकारक केमिकल डाइअक्सिनको पानीमा घुल्छ । यो पानीको माध्यामबाट हाम्रो शरीरमा पुग्छ । डाइअक्सिनले हाम्रो शरीरको कोसिकालाई पुरा नष्ट गर्छ । यसले महिलामा ब्रेस्ट क्यान्सरको खतरा बढाउँछ ।
मस्तिष्कलाई असर
प्लाष्टिकको बोत्तलमा पाइउने पानीमा जुन केमिकल हुन्छ, त्यसले मस्तिष्कको कार्यक्षमता पनि कमजोर बनाउँछ । यसले स्मरण क्षमतामा ह्रास आउने भय छ ।
कब्जियतको कारण
प्लाष्टिकमा राखिएको पानी सेवन गर्दा यसमा रहेन बाइसफेनोल एको कारण पेटमा एकदमै हानी पुग्ने बताइएको छ । बीपीए नामक रसायन जब पेटमा पुग्छ, तब यसले पाचन प्रक्रियालाई प्रभावित गर्न सक्छ । यसले ग्याष्ट्रिकको गराउँछ ।
गर्भपतनको खतरा
पानीमा घुलेको स–सना प्लाष्टिकको कणले महिलामा गर्भपतनको खतरा बढाउँछ । गर्भवती महिलालाई यसको निकै असर देखिएको छ ।
जन्म दोष
बोत्तलमा राखिएको पानीमा हुने रसायनले भ्रुणको बच्चालाई समेत असर गर्ने बताइएको छ । यस्ता पानीको सेवनले भू्रणको बच्चा असामान्य रुपमा पैदा हुने रिसर्चमा उल्लेख छ ।

एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डोल्पा अस्पतालमा उपकरण बिनै शल्यक्रिया !
Next article के तपाई धेरै एयरफोन लगाउनुहुन्छ–हुनसक्छ बहिरोपन

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133092
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

46
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web