• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय तहसम्म पु¥याइने–मन्त्री यादव

June 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय तहसम्म पु¥याइने–मन्त्री यादव

काठमाडौँ, २१ जेठ ः उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको कर्मचारी व्यवस्थापन निर्णय परिवर्तन गरी सबैले प्रदेशमा गई काम गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य सेवा विभागका कर्मचारीसँगको भेटघाटमा नवनियुक्त स्वास्थ्य मन्त्री यादवले प्रदेशस्तरमा सहसचिवलाई प्रमुख बनाएर पठाउँदा त्यसभन्दा माथिका कर्मचारीलाई मातहतमा बसेर काम गर्न समस्या भएकाले त्यसमा हेरफेर गरी सबैलाई प्रदेश र स्थानीय तहमा गई काम गर्न सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
उहाँले संघीयता कार्यान्वयनको शुरुआती चरणमा भएकाले कर्मचारी समायोजन, व्यवस्थापन, बजेट बाँडफाँट, अधिकार बाँडफाँटमा अप्ठ्यारा आएका बताउदै, हामीलाई लयमा जान समय लाग्छ, काम गर्दै सुध्रिँदै जानुपर्ने बताउनुभयो ।
गुणस्तरीय स्वास्थ्य सेवासँगै स्वास्थ्य चेतनालाई पनि स्थानीय तहसम्म पु¥याउने लक्ष्यका साथ अघि बढ्ने बताउँदै उहाँले स्वस्थ वातावरण, खानेपानी, खाद्यान्नमा पनि सम्बन्धित सबै मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
स्वास्थ्य सचिव डा पुष्पा चौधरीले स्वास्थ्य संरचनालाई एकै पटक परिवर्तन गर्न नहुने विश्व स्वास्थ्य संगठन लगायतबाट सुझाव आइरहेकाले स्वास्थ्यमा संघीयता कार्यान्वयन क्रमिक रुपमा गर्दा स्वास्थ्य सेवा प्रवाहमा सहजता हुने सुझाव अनुरुप मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले स्थानीय तहमा खटिएका कर्मचारीले महीनौँदेखि तलब सुविधा नपाएको, बजेट अभावमा धेरै स्थानमा औषधि अभाव सिर्जना भएको, कर्मचारी व्यवस्थापनमा समस्या देखिएको बारे स्वास्थ्यमन्त्रीलाई अवगत गराउनुभएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सामुदायिक अस्पतालमा खोप लगाउनेको चाप बढ्दै
Next article तपाईको पनि लेख्ने बेला हात काम्छ ? 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132977
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

79
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

73
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

80
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web