• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

तपाईको पनि लेख्ने बेला हात काम्छ ? 

June 6th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तपाईको पनि लेख्ने बेला हात काम्छ ? 

डा. ललित कुमार मिश्र,

राईटर्स क्राम्प व्यक्तिको कार्य या व्यवसायसँग सम्बन्धित रोग हो । यसबाट प्रभावित व्यक्ति जब लेखन कार्य प्रारम्भ गर्दछ । त्यसबेला उसलाई यस्तो प्रतित हुन्छ, जस्तै बुढी औंला या औलाहरुमा शक्ति नै छैन । रोगको प्रारम्भमा हातका औलाहरुमा एक प्रकारको कडापन महशुस हुन्छ । उसलाई लाग्छ कि उसको हात जाम भईसकेको छ। यसको अतिरिक्त उसको हातमा कम्पन पनि हुनसक्छ। यसकारण रोगी लेख्ने बेलामा बढो मजबुतिसंग कलम या पेन्सिल समाउने चेष्टा गर्दछ। जति साबधानीले कलम समाउने या लेख्ने प्रयास गर्दछ, औंलाहरु त्यति नै बढि काम्ने हुन्छन्। क्रमशस् यो कम्पन बिस्तारै –बिस्तारै हातबाट शुरु भई वा रोग पुरानो हुँदै गएपछि पुरै शरीरमा पनि कम्पन हुन सक्छ। यस कारणले गर्दा लेख्ने बेलामा कलम यताउता हल्लि रहन्छ र लेखाई पनि राम्रो हुँदैन, छिरबिरे सानो(ठुलो या बाङ्गो–टिङ्गो हुन जान्छ। कहिलेकहि औंला, हात र रिष्ट सामान्य काम न गरी असमान्य व्यबहार गर्न थाल्छन्। जस्तै, लेख्ने बेला बुढिऔंला भित्रपट्टी जान थाल्छ, रिष्ट (कलाई) बाहिर तिर जानु, औंलाहरु माथीतिर फर्किनु आदि। यो समस्याले गर्दा उसको सम्पूर्ण जीवन अस्तब्यस्त हुन जान्छ। उसको मन मस्तिष्कमा गहन बेचैनी र तनाव पैदा हुन्छ। यो बेचैनी अझै बढ्दै गएर चिकित्सक कहाँ पुग्दा पनि चिकित्सकले उसको रोग ठम्याउन सक्दैन।

भौतिक दृष्टिले हेर्दा उसको हातका मान्सपेशीहरुमा कुनै प्रकारको खराबी देखिंदैन। रोगी यसको लागि जति बढि चिन्तित् हुन्छ त्यति नै मानसिक तथा स्नायु सम्बन्धि अवसाद बढ्दछ। साथै हातको अन्य मांशपेशीहरु पनि तनावग्रस्त हुन्छन्। बैंकमा हस्ताक्षर गर्दा, रिस उठेको बेला, तनावको अवस्थामा कुनै कार्यलाई चाँडै गर्नुछ अथवा अपरचित व्यक्तिको सम्मुख लेख्ने कार्य लगभग असंभव हुन्छ। फलस्वरुप धेरै दिनसम्म यस्तै हालतमा रहियो भने टाउको दुख्ने, चक्कर लाग्ने, स्नायु दुर्बलता जस्ता समस्याहरु हुन सक्छन्।

बिरामीले लेख्ने कार्य बन्द गर्ने बितिक्कै उसको सबै समस्याहरु समाप्त भएर जान्छ। यस प्रकारको रोगी या त लेख्न कार्य नै बन्द गरि दिन्छन् या अर्को हातबाट लेख्ने कार्य शुरु गर्दछ अर्थात दाहिने हातले लेखन कार्य गर्ने रोगी त्यसै कार्यलाई देब्रे हातले गर्ने प्रयास गर्न थाल्छ। तर यस्तो पनि देखिएको छ कि कलान्तरमा पछि गएर त्यस हातमा पनि यहि दोष उत्पन्न हुन थाल्दछ। यस प्रकारको रोगीलाई लेख्ने कार्यको अलावा आफ्नो दाह्री बनाउदा, आफ्नो सर्टको टाँक लगाउन, कस्मेटिक सौन्दर्य प्रसाधनको प्रयोगमा तथा खाना खानमा पनि अप्ठ्यारो हुन सक्छ। यसप्रकारको तनाव या कम्पन अनुहार या शरीरको अन्य भागमा, जिब्रो वा गर्धनमा पनि हुन सक्छ। यसलाई चिकित्सिय भाषामा फोकलडिस्टोनिया या आक्युपेशनल डिसटोनिया भनिन्छ।

राईटर्स क्राम्परकम्पन्न रोगको लक्षण स् लेख्ने बेला हातमा या हातको कुनै भागमा कम्पन, कडापन, सुन्नपन, दर्द, तनाव हुनु। जसले गर्दा हस्ताक्षर गर्न असमर्थ हुनु। केहि बाक्य लेखि सकेपछि शब्दहरु बांड्गो–टेड्गो हुनु र लेखाई खराव हुनु। लेख्न कार्य को गतिमा कमि हुनु र बढि लेख्न नसक्नु। लेख्ने समयमा हात या हातको कुनै भाग भित्र–बहिर पट्टि स्वत मोडिनु। लेख्ने बेला पेन या पेन्सिललाई मजबुत किसिमले समाउनु, लेख्ने समय कलम स्वत, हातबाट झर्नु। लेखन कार्य गर्दा हात व्यक्तिको नियन्त्रमा नहुनु। यसका प्रमुख लक्षणहरु हुन्।

यसमा दिईएका लक्षणहरु मध्ये यदि कुनै पनि लक्षण तपाईमा छ भने बेलामै सावधान हुनुहोस्। यस रोगको शुरुवात भएको जस्तो छ। यो रोग कुनै पनि उमेरमा लेखन कार्य गर्ने, स्टोनो(टाईपिष्ट, प्रशासनिक कार्यमा लागेको व्यक्ति, लेखक वा लेखाका कर्मचारी, ड्राफ्ट्सम्यान, चिकित्सक (सर्जन) ईन्जिनियर, केमिष्ट,पियानो बजाउने, कार्पेन्टरको काम गर्ने व्यक्तिलाई हुन सक्छ। साधारणतया १७ देखि १८ वर्षका उमेरका व्यक्तिहरुमा शुरु हुन सक्छ। तर, रोगीलाई मेरो रोग यहि नै हो भनेर सम्झन(बुझ्न वर्षौ लाग्न सक्छ। यसो हुनुको कारण भनेको लक्षणहरुलाई रोगी अथवा उसका आफ्न्तहरु शुरुमा शारीरिक कमजोरी, रोगीको लापरवाही या मनोवैज्ञानिक समस्या हो भनेर सम्झिन्छन्।

कारणस् यस सम्बन्धमा मनोबैज्ञानिकहरु एकमत देखिंदैनन्। केहिको भनाइअनुसार यो एक प्रकारको स्नायुमण्डलीय बिकार हो। केहि मनोबैज्ञानिकहरुका अनुसार यो एक प्रकार मानसिक रुप (मन) ले उत्पन्न भएको शारीरिक (तन) को रोग हो। केहि चिकित्साहरुका अनुसार मस्तिष्कमा अवस्थित ’उपांग वेसल गैंगलियान’ले ठिकसँग काम नगर्नु हो। यस उपांगको कार्य शरीरका बिभिन्न अगंहरुमा समन्वय बनाएर राख्नु हो। वेसल गैंगलियान उपांगको गडबडिको कारण यस रोगबाट प्रभाबित अगंले ( मस्तिष्कले पठाएको निर्देशन अनुसार कार्य या व्यवहार गर्दैन। जसको फलस्वरुप रोगीलाई, यस रोगबाट प्रभाबित अंगमा कडापन, कम्पन आदि जस्तो समस्या हुन्छ।

यसको कारण जे जस्तो भएपनि यस रोगबाट पीडित रोगीको सम्बन्ध अचेतन वा सुसुप्त मनसँग कुनै न कुनै स्तरबाट जोडिएको हुन्छ। राईटर्स क्राम्पका प्राय जसो रोगी अतिरिक्त तनावले ग्रस्त भएका हुन्छन्।

रोगको निदानस् यस रोगको निदान मुख्य रुपमा रोगीको व्यक्तित्वलाई अध्ययन गर्नुका साथै लेखाइको जाँच गरिन्छ। रोगीले दिनभरिमा कति लेख्द छ? कस्तो लेख्द छ? लेखाईको गति कस्तो छ? आदि कुराको परख गरिन्छ। यसबाहेक आवश्यकता अनुसार उसको मांपेशीहरुको बिद्युतीय गतिबिधिको जाँच (ईएमजी) र घाँटीको एक्स(रे पनि गरिन्छ। जसद्वारा यी लक्षणहरु यसै रोगको हो वा अन्य कुनै रोग को हो भन्ने कुरा स्पष्ट हुन्छ।

हीमियोप्याथिक उपचारस् होमियोप्याथिक उपचारमा रोगीको मानसिक एवं शारीरिक तथा पारिवारिक, आर्थिक ,सामाजिक अवस्था समेतलाई ध्यानमा राखेर यदि उपयुक्त औषधिको चयन गर्न सकियो भने यस रोगमा स्थाई एवं अप्रत्याशित फाईदा हुन्छ। जसलाई यो समस्या भएको धैरै समय भएको छैन त्यस्ता रोगीले उपचार गर्दा ३र४ महिना भित्र फाईदा भएको देखिन्छ भने रोग पुरानो भएमा बढि समय लाग्न सक्छ। धेरै जसो रोगीहरुमा राईटर्स क्राम्प रोगका लक्षणहरुको मुक्ति पछि पनि रोग पुनस् देखा पर्दछ। त्यसैले फाईदा भए पछि पनि बिरामीले औषधिको सेवन चिकित्कको सल्लाह बिना बन्द गर्नु हुँदैन। पुरा कोर्ष गर्नु पर्दछ ताकि रोगको पुनरावृतिको संभावना नरहोस।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधिको उचित व्यवस्था गर्न निर्देशन
Next article गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय तहसम्म पु¥याइने–मन्त्री यादव

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134284
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web