• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जीर्ण स्वास्थ्य चौकीबाट सेवादिन समस्या

June 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जीर्ण स्वास्थ्य चौकीबाट सेवादिन समस्या

पाल्पा, २४ जेठः निस्दी गाउँपालिका–२ मा रहेको सहलकोट स्वास्थ्य चौकीको भवन जीर्ण हँुदा सेवा प्रवाहमा समस्या परेको छ ।
जीर्ण भवनमा बसेर बिरामीलाई सेवा दिन स्वास्थ्यकर्मीलाई अत्यन्तै समस्या छ । झण्डै साढे दुई दशक अगाडि निर्माण भएको स्वास्थ्य चौकीको भवन २०७२ को विनाशकारी भूकम्पले पनि ठूलो क्षति पु¥याएपछि झनै समस्या थपिएको छ । सामान्य हावाहुरी चलेका बेला जीर्ण भवनमा बसेर सेवा दिन अत्यन्तै डर भएको स्वास्थ्यकर्मीको भनाइ छ ।
दुईतले तीन कोठा रहेको जीर्ण स्वास्थ्य चौकीभित्र बसेर उपचार सेवा लिन जाँदा पनि डर र त्रास भइरहने स्थानीय दानबहादुर थापा बताउनुहुन्छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भवन पुनःनिर्माणमा ढिलासुस्ती हँुदा गाउँका जनताले सहज सेवा पाउन नसकेको थापाको भनाइ छ ।
स्वास्थ्य चौकीका प्रमुख एवं सिनियर अहेव जगत थापाले भवन चर्किएपछि केही समय महिला जागरण केन्द्रको भवनबाट सेवा प्रदान गरेपनि एउटै कोठाबाट व्यवस्थापन गर्न गाह्रो भएपछि पुनः चर्किएको कोठाबाट सेवा दिँदै आएको बताउनुुहुन्छ । भवन पुनःनिर्माणका लागि सम्बन्धित निकायमा माग गरेपनि अहिलेसम्म सुनुवाइ नभएको थापा बताउनुहुन्छ ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष जैसरा दर्लामीले स्थानीय तहको बजेटले भवन निर्माण सम्भव नभएकाले ठूलो धनराशिको आवश्यक पर्ने हुँदा भवन निर्माणमा समस्या भएको बताउनुभयो ।
स्वास्थ्य चौकीको भवन पुनःनिर्माणका लागि स्थानीयवासीले साढे चार रोपनी चार आनाको जग्गा व्यवस्था गरिसकेका छन् । तर सरोकारवाला निकायको बेवास्ताको कारण निर्माणको कुनै योजना पर्न सकेको छैन । यस स्वास्थ्य चौकीबाट साविक सहलकोट गाविसभित्रका नौवटै वडा र झिरुवास गाविसका वडा नं ६ र ७ का स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विवाह गर्दा धेरै खर्च लाग्ने भन्दै छोराको चाहना
Next article पहाडी भन्दा तराईका जिल्लामा कुष्ठरोगका बिरामी बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133245
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

45
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

48
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web