• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यी हुन् मृत्यु नहुदै श्रद्धाञ्जली पाउने

June 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् मृत्यु नहुदै श्रद्धाञ्जली पाउने

हेल्थ टुडे,

काठमाडौं, २६ जेठ : वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भिर छ । पित्तथैलीको क्यान्सरसँग लडिरहेका देवकोटाको गत डेढ महिनादेखि वासवारीस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । गत कार्तिकमा स्वास्थ्य जाच गराउदा क्यान्सर देखिएपछि उनी थप उपचारकालागि बेलायत गएका थिए । ६ महिना त्यहाको किंग्स कलेजमा उपचार गराउदा निको नभएपछि आफ्नै अस्पतालमा उपचार गराउने भन्दै उनी स्वदेश फर्किएका हुन । देवकोटाको परिवार र शुभचिन्तक उनको स्वास्थ्य अवस्थामा दैविक चमत्कारको प्रतिक्षामा छन् । तर शुक्रबार राती १० बजेपछि एकाएक समाजिक सञ्जालमा डा. देवकोटाको निधन भएको खवर फैलियो । प्रतिस्पर्धामा पछाडि परिने हतारो झै धेरैले फेसवुक वालमा डा. देवकोटाप्रति श्रद्धाञ्जली  लेखे । राजनीतिक दलका नेता, समाजसेवी, प्राध्यापकमात्र नभएर जनतालाई सत्य तथ्य सूचना दिने पत्रकारहरुले समेत देवकोटाको मृत्यु भइसकेको भन्दै श्रद्धाञ्जली पोष्ट गरे । अपवाह फैलिएपछि अस्पताल प्रशासनले विज्ञप्ति नै निकालेर भ्रममा नपर्न आग्रह गर्यो । त्यतिले मात्र नपुगेर अक्सिजन लगाएर बिहान घाममै ल्याउनु पर्यो । अहिले देवकोटाको आईसियूमा उपचार भइरहेको छ । फेसवुक वालमा लेख्नेहरुले अहिले स्टाटस डिलिट गरिसके । सत्य नबुझी कागले कान लग्यो…. भनेझै मृत्युको झुटो खबरले सनसनी मच्यायो । डा. देवकोटाको परिवारले यो अवस्थामा झन मानसिक तवान दियो । डा. देवकोटाका भतिजा बसन्त देवकोटाले भने, ‘ यस्तो संवेदनशिल घडीमा नभएको अफवाह फैलाउनु झन दुखद हो । ’

मृत्यु नहुदै  श्रद्धाञ्जली पाउने देवकोटा एक्ला भने होइनन् । समाजिक सञ्जालको प्रयोग बढेपछि र अनलाईनको बाढी आएपछि धेरैले यो नियति भोगी सकेका छन् ।

तिन वर्ष पहिले हृदयघात भएर थाइल्याण्डको समितिभेज हस्पिटलमा भर्ना भएका पूर्व युवराज पारस साहको बिषयमा पनि यस्तै अफवाह फैलिएको थियो । धेरै व्यक्ति र केही अनलाईनले श्रद्धाञ्जली दिइसकेका थिए उनलाई पनि । हो, त्यति बेला पारसलाई गम्भिर प्रकारको हृदयघात भएको थियो । त्यसमाथि उनी शारीरिक रुपले पनि निकै कमजोर थिए । तर उपचार जारी थियो । तर फेसवुकभरि श्रद्धाञ्जली  आइसकेका थिए । केही दिनमै पारसको स्वास्थ्य अवस्थामा सुधार आयो । अहिले उनी स्वदेशमै समान्य जिवन निर्वाह गरिरहेका छन् । धर्म, कर्ममा बढी ध्यान दिन थालृका छन्् ।

बरिष्ठ संगितकार अमर गुरुङको मृत्यु भएको आज ठिक दुई बर्ष पुग्यो । पाकिन्सस र डाइवेटिजका बिरामी अमरलाई उपचारका लागि ग्राण्डी हस्पिटल भर्ना गरेर उपचार भइरहेको थियो । उनको स्वास्थ्य अवस्था गम्भिर थियो । नभन्दै फेसबुक र समाजिक सन्जालमा उनको मृत्यु भइसकेको खवर फैलियो । यतिसम्मकी देशकै एक नम्बर मिडिया हाउस दावी गर्ने मिडियाको अनलाईनले समेत मृत्यु नहुदै उनको मृत्यु भइसकेको खवर प्रकाशित गर्यो । तर खबर आएको दुई दिनपछि मात्र अमरको मृत्यु भयो । मृत्यु नहुदै मृत्युको खवर सम्प्रेषण गर्नु गम्भिर गल्ती हो । पछि प्रस काउन्सिलले केही मिडियालाई यसका बिषयमा स्पष्टिकरण पनि सोध्यो ।

यही जेठको पहिलो हप्ता उपचारका लागि ग्राण्डी भर्ना भएका राष्टकवि माधव घिमिरेको पनि मृत्यु भइसकेको समाजिक सञ्जालमा फैलियो । उनको रगत बग्नेक्रम नरोकिएपछि उनलाई थप उपचारका लागि भारतको मेदान्त अस्पताल लगियो । स्वदेश फर्किए । फेरि समस्या देखिएपछि उनी अहिले फेरि मेदान्तमै उपचाररत छन् । उनको स्वास्थ्यमा सुधार देखिएको छ । उपचाररत व्यक्तिको मृत्यु भएको घोषणा गर्ने अधिकार चिकित्सकलाई मात्र हुन्छ । मृत्यु जस्तो संवेदनशिल बिषयमा समाजिक सञ्जालमा लेख्दा सबैले ख्याल गर्नुु आवश्यक छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राष्ट्रकविको स्वास्थ्यमा सुधार
Next article डा. देवकोटाको सघन उपचार जारी, मृत्युको खवर गलत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134414
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web