हेल्थ टुडे,
काठमाडौं, १० साउनः उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरलेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
बुधबार लैनचौर स्थित राष्ट्रकवि घिमिरेको निवासमा पुगी उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले राष्ट्रकवि घिमिरेको स्वास्थ्य उपचार सरकारको दायित्व भएकाले कुनै पनि चिन्ता नलिन परिवारजनलाई अनुरोध गर्नुभयो ।
भेटघाटमा राष्ट्रकवि घिमिरेले देशमा विवेकशील नेताको नेतृत्व भएपछि आफूलाई कुनै पनि चिन्ता नभएको बताउनुभयो ।
केही समय अगाडि आन्तरिक रक्तश्राप भएपछि अस्पताल भर्ना भएका ९९ वर्षीय राष्ट्रकवि घिमिरे उपचारपछि सामान्य अवस्थामा घरमै आराम गरिरहनुभएको छ ।
राष्ट्रकवि घिमिरेको स्वास्थ्य उपचार सरकारको दायित्व– मन्त्री पोखरेल

Leave a Reply