• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा शिक्षा अयोगलाई व्यवस्थित बनाउन बिकल्प खोज्नुपर्ने

August 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा शिक्षा अयोगलाई व्यवस्थित बनाउन बिकल्प खोज्नुपर्ने

हेल्थ टुडे,
काठमाडौँ, १४ भदौः नेपाल चिकित्सक संघले राष्ट्रिय चिकित्सा विधेयकमा प्रस्ताव गरिएको उच्चस्तरीय चिकित्सा शिक्षा अयोगको प्रावधानलाई सच्याउन सुझाव दिएको छ ।
आयोग कार्यक्षेत्रका विभिन्न १७ वटा काउन्सिललाई यसले व्यवस्थित गर्न नसक्ने र राजनीतिकरण हुने आशंका गर्दै सङ्घले चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन आयोगको विकल्प खोज्न आग्रह समेत गरेको छ ।
प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठ सहितका पदाधिकारीले सो सुझाव दिँदै चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यवस्थित गर्न फरक फरक ढङ्गबाट ऐन ल्याउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसद खगराज अधिकारीले काठमाडौँ उपत्यका भित्र नयाँ मेडिकल कलेज खोल्दा जनताले झन सर्वसुलभ रुपमा स्वास्थ्य सेवा एवं चिकित्सा शिक्षामा पहुँच पुग्छ भन्नुभयो ।
सांसद योगेश भट्टराईले काठमाडाँै उपत्यकाभित्र नयाँ मेडिकल कलेज स्थापना गर्न निषेध गर्ने अधिकार कोहीसित नरहेको चर्चा गर्नुभयो । उहाँले चिकित्सा शिक्षा विधेयमा रहेको उच्चस्तरीय आयोगले अरु सरकारी निकायको कार्यक्षेत्रमा हस्तक्षेप नगर्ने बताउनुभयो ।
सांसद अञ्जना विसंखेले शिक्षा र स्वास्थ्यमा गरीब वर्गको पहुँच पु¥याउन चिकित्सा शिक्षा विधेयक आएको हुँदा विधेयकले प्रस्ताव गरिएको उच्चस्तरीय आयोगले काम गर्न नपाउँदै राजनीतिक भयो भन्न नसुहाउने बताउनुभयो ।
सांसद नारायण मरासिनी, सुरेशकुमार राई र नवीना लामाले चिकित्सा शिक्षा विधेयकमा सबै पक्षले सहमति दिन ध्यान दिनुपर्छ भन्नुभयो । सङ्घका अध्यक्ष श्रेष्ठले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा फरक भएको चर्चा गर्दै यी दुवैलाई स्वास्थ्य मन्त्रालयले अनुगमन गर्नुपर्ने धारणा राख्नुभयो ।
सङ्घका उपाध्यक्ष चिकित्सक ढुण्डी पौडेलले नयाँ मेडिकल कलेज स्थापना तर्फ लाग्नुभन्दा भएकाको क्षमता र गुणस्तर वृद्धिमा ध्यान दिन सुझाव दिनुभयो । सङ्घका महासचिव लोचन कार्की र सदस्य प्रकाश बुढाथोकीले चिकित्सकको सुरक्षाको प्रत्याभूति सरकारबाट गराउन माग गर्दै हाल सञ्चालित मेडिकल कलेजलाई ट्रष्टमा सञ्चालन गर्न सुझाव दिनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पताललाई डायलाइसिस उपकरण प्रदान
Next article बैतडीमा औलोको उच्च जोखिम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133247
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

47
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

52
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web