• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एक हजार दुईसय वडामा स्वास्थ्यचौकी निर्माण गरिने

September 23rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एक हजार दुईसय वडामा स्वास्थ्यचौकी निर्माण गरिने

सिन्धुपाल्चोक, असोज ७ः स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जिल्ला स्थित जनस्वास्थय कार्यालय आवश्यक हँुदाहँुदै पनि खारेज भएकाले साविकको अवस्थामा राख्न पहल गर्ने बताउनुभएको छ ।
राज्यमन्त्री डा यादवले शनिबार सिन्धुपाल्चोकको चौतारा अस्पताल हाताभित्र अमेरिकी मेडिकल फाउण्डेशनको रु ८५ लाख लगानीमा निर्मित दुई प्रि. फ्याव भवन उद्घाटनका अवसरमा उक्त कुरा बताउनुभएको हो ।
सो अवसरमा राज्यमन्त्री डा यादवले देशका सबै नगरपालिका र गाउँपालिकाका वडामा स्वास्थ्य चौकी स्थापना गर्ने मन्त्रालयको लक्ष्य रहेको उल्लेख गर्दै दुई हजार ३०० वडामा अझै स्वास्थ्यचौकी नभएकाले यस वर्ष एक हजार २०० वडामा निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
औषधि अभाव हुन नदिन आवश्यक बजेट सबै नगरपालिका र गाउँपालिकामा निकासा पठाइसकेको उल्लेख गर्दै आवश्यक कर्मचारीको व्यवस्था गर्न मन्त्रालय लागिपरेको उहाँले स्पस्ट पार्नुभयो ।
जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको सभापतित्वमा भएको सो कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक डा मोहम्मद दाउदले आधारभूत स्वास्थ्य पाउने जनताको अधिकार भएको चर्चा गर्नुभयो ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि सो अस्पताल जस्ताको टहरा र टेण्टबाट सञ्चालन हँुदै आएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बीमालाई थप  व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाहरुको जोड
Next article स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श नै आजको आवश्यकता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133166
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web