• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब एमडीजिपीको पढाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि

October 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब एमडीजिपीको पढाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि

काठमाडौँ, १६ असोजः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी)को पठनपाठन शुरु गर्ने तयारी गरेको छ । सो तहको अध्यापन शुरु गर्न भौतिक एवं शैक्षिक तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले सो तहको पठनपाठन शुरु गर्न नेपाल मेडिकल काउन्सिलले अनुमति दिन मात्र बाँकी रहेको बताउनुभयो । प्रतिष्ठानले यसअघि नर्सिङ विषयको स्नातक तहको प्रसूति ( मिडवाइफ) सम्बन्धी अध्यापन शुरु गरिसकेको छ ।
सो विषयको अध्यापन हुनेमा सो प्रतिष्ठान तेस्रो रहेको छ । त्रिविवि चिकित्सा अध्ययन संस्थान र काठमाडौँ विश्वविद्यालयमा पनि सो तहको अध्ययन अध्यापन हुन्छ । सो विषयको पठनपाठनले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा, मुगु, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, पश्चिम रुकुम र कालीकोट जिल्लाको स्वास्थ्य स्थितिलाई सुधार गर्न अहम् भूमिका निर्वाह गर्ने प्रशासकीय अधिकृत भण्डारीले बताउनुहुन्छ ।
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको २०७५ वैशाख १ गते सम्पन्न सिनेट बैठकले प्रतिष्ठानमा चिकित्सा विज्ञानको स्नातक तह (एमबिबीएस), एमडीजिपी लगायत शैक्षिक कार्यक्रम शुरुआत गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानले एमबिबीएस तहको अध्ययन अध्यापन गर्न गृहकार्य गरिसकेको उहाँले जानकारी दिनुभयो ।
सरकार र प्रा डा गोविन्द केसीका बीचमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस तहको अध्ययन अध्यापन शुरु गर्ने विषयमा पनि सहमति भएको थियो ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा धर्मकान्त बाँस्कोटाले प्रतिष्ठानमा एमडीजिपीको अध्यापन अनुमति दिन काउन्सिलको विज्ञ टोलीले स्थलगत अध्ययन पूरा गरी प्रतिवेदनको तयारीकाक्रममा रहेको जानकारी दिनुभयो ।
एमबिबीएस तहको अध्ययन अध्यापनका लागि ३०० श्ययाको अस्पताल र ६२ वटा विधागत सङ्काय चाहिन्छ । प्रतिष्ठानलाई कर्णाली प्रदेशको चिकित्सा स्वास्थ्य र शिक्षाका लागि नमूना प्रतिष्ठान बनाउन जुटेको प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्लेले जानकारी दिनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एलोभेरा स्वास्थ्य समस्याहरुको निदानका लागि बहुउपयोगी औषधि
Next article जनस्वास्थ्य संघमा भट्ट नेतृत्वको प्रजातान्त्रिक जनस्वास्थ्यकर्मी विजयी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

Jul 28th 12:02 PM
समाचार

आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह

Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133657
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

128
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web