• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

यी हुन् छाती दुख्ने प्रमुख कारण

January 17th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् छाती दुख्ने प्रमुख कारण

डा. ओममूर्ति अनिल, 

छाती दुख्नुको अर्थ मुटुकै कारण हो भन्न मिल्दैन, हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौंं तर त्यो सोचाइ गलत हो । लगभग ९० प्रतिशतभन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसँग सम्बन्धित हुँदैनन् । तर दुखाइको प्रकृति फरक भएकोले यदि तपाइलाई मुटुको समस्या छ भने चाँडै नै डाक्टरलाई देखाई हाल्नुपर्छ । र अझ हृदयाघातको कारणले छाती दुखेको भए, एक मिनेट पनि समय खेर नफाली अस्पताल गइहाल्नु पर्छ ।

छाती दुख्नुको कारणहरू

हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंंगहरू हुन्छन् । छाती दुखेमा पहिला यी दुई अंगहरूको कारणले हो वा होइन भनी सोच्नुपर्छ । छातीको बनावटमा हड्डी, मांसपेशी, नसा र छालाको पनि भूमिका भएकाले यी अंंगहरूको समस्या भएर पनि छाती दुख्न सक्छ । धेरैजसो अवस्थामा छाती दुख्ने कारण हड्डी र मांंसपेशीसँग नै सम्बन्धित हुन्छन् । ओपीडीमा छाती दुखेर जँचाउन आउने धेरैजसो बिरामीहरूमा यी कारणहरू नै प्रमुख भएका तथ्य हाम्रो अध्ययन र अनुभवले देखाएको छ । तर, पनि आकस्मिक कक्षमा आएका विरामीको पहिला मुटु र फोक्सोको जाँच गर्नु नै उचित हुन्छ । अर्थात् इमर्जेन्सीमा छाती दुखेर आउने बिरामीहरूमा हृदयाघातको कारणले छाती दुखेको हो वा होइन भनी निश्चित गर्नुपर्छ ।

छाती दुख्ने कारण कसरी थाहा पाउने ?

फोक्सोको कारणले छाती दुख्दा लामो श्वास लिँदा वा फेर्दा चस्स छातीको एकातिर (दायाँ÷बाँया) करङमा दुख्यो भने फोक्साको कारणले दुखेको हुनसक्छ । दुब्लो मानिसमा यो समस्या बढी देखिन्छ । यस्तो बेलामा स्वाँस्वाँ हुने ज्वरो आउने पनि हुन सक्छ । निमोनियाको कारणले पनि यस्तो हुन सक्छ । मांसपेशी वा हड्डीको कारणले छाती दुख्दा छातीको दायाँ भाग, पछाडी वा छेउतिर करंगमा दुख्यो भने मांंसपेशी वा हड्डीको कारणले हुन सक्छ । यो भाग दुखेमा मुटुको कारणले हुने सम्भावना कम हुन्छ । हातले छाम्दा दुख्ने, श्वास फेर्दा दुख्ने, छातीको घुमाइसँगै दुखाइको तीव्रतामा परिवर्तन आउने जस्ता लक्षण भएमा मांंसपेशी र हड्डीको कारणले दुखेको हुनसक्छ । मुटुको कारणले छाती दुख्दा छातीको बीच भाग वा बायाँतिर एकनासले दुख्ने वा दबाब महसुुस गर्ने वा पोल्ने हुन सक्छ । दुखाइको तीव्रता कम वा बढी हुन सक्छ । दुखाइ सँगसँगै धेरै पसिना आउने, वान्ता हुन खोज्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, कमजोरी हुनेजस्ता लक्षणहरू भएमा हृदयाघातको सम्भावना बढी हुन्छ । हृदयाघातबाट छातीको दुखाइ देब्रे हात, घाँटी वा पिठ््यूमा पनि सर्न सक्छ ।

छाती दुखेमा के गर्ने ?

१. हृदयाघात जस्तो लक्षण छ भने तुरुन्तै अस्पतालको इमर्जेन्सीमा पुगेर ईसीजी. गर्ने।

२. हृदयाघात जस्तो लक्षण छैन तर पनि दुखाइ लगातार भइरहेको छ भने चाँडै चिकित्सकको परामर्श लिने।

३. दुखाइमुटु रोगसँग मिल्दैन र धेरै अप्ठ्यारो पनि भएको छैन भने योजना बनाएर सुविधाअनुसार मुटुरोग विशेषज्ञसँग जँचाउने।

४. जोखिम उच्च भएका बिरामीलाई जस्तो किसिमको छाती दुखाइ भएपनि मुटुरोग विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article   ‘हिटलर’देखि ‘हेल्थ हिरो’सम्म
Next article सुदूरपश्चिम प्रदेशमा फागुन ७ देखि विशेष स्वास्थ्य अभियान

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132583
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web