• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुदूरपश्चिम प्रदेशमा फागुन ७ देखि विशेष स्वास्थ्य अभियान

January 17th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुदूरपश्चिम प्रदेशमा फागुन ७ देखि विशेष स्वास्थ्य अभियान

हेल्थ टुडे,

काठमाडौं, ३ माघ : सुदूरपश्चिम प्रदेशले आगामी फागुन ७ गतेदेखि प्रतिरोधात्मक र उपचारात्मक दुबै सेवालाई एकैसाथ अगाडि बढाउने गरि बिशेष स्वास्थ्य अभियान सञ्चालन गर्ने भएको छ । ‘स्वच्छ, सवल, भेदभाव रहित समाज, गुणस्तरीय स्वास्थ्य सेवा सुदूरपश्चिमको आवाज ’ मूल नाराका साथ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले यो अभियान सञ्चालन गर्न लागेको हो । बिशेष स्वास्थ्य अभियान सुदूरपश्चिमका ९ वटै जिल्लामा सञ्चालन गरिने छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कुष्ण सुवेदीले आगामी फागुन ७ गते कैलालीको मालाखेतीमा मृगौला, मुटु परिक्षण सम्बन्धी वृहत स्वास्थ्य परिक्षण सिविर आयोजना गरि स्वास्थ्य सचेतना र उपचार दुबै सेवा एकैसाथ लैजाने योजना रहेको जानकारी दिए ।

अस्पतालजन्य फोहोर प्रशोधन र व्यवस्थापन सम्बन्धी अध्ययन, अवलोकन भ्रमणका लागि राजधानी आएका मन्त्री सुवेदीले यहाँका वरिष्ठ चिकित्सकहरुले सुदूरपश्चिम प्रदेशले सञ्चालन गर्ने अभियानमा सहयोग गर्न तयार भएपछि उत्साहित भएको बताए । उनले भने, ‘हामी सुदूरपश्चिम प्रदेशलाई स्वास्थ्यको क्षेत्रमा नमुना प्रदेश बनाउन चाहन्छौ । त्यसका लागि हामी सम्पूर्ण शक्ति लगाउन तयार छौ ।’ राष्टिय मृगौला उपचार केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले सुदूरपश्चिम प्रदेशलाई केन्द्रले व्यक्तिगत रुपमा आफुले पनि सक्दो सहयोग गर्ने बचन दिए । फागुन ७ गतेदेखि सुरु हुने विशेष स्वास्थ्य अभियानको सुभारम्भका लागि आफु सहित केन्द्रको टोली कैलाली जाने उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले स्वास्थ्य क्षेत्रमा काम गर्ने परम्परागत शैली र एकजनाको प्रयासले मात्र सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधार नआउने दाबी गर्दै त्यसका लागि महाभारतको अभिमन्यूले लडेको जस्तो लडाई लड्न तयार हुनु पर्नेमा जोड दिए । पछिल्ला वर्ष शिक्षितहरुको संख्या बढेको भएपनि स्वास्थ्य सम्बन्धी सचेतना अभावमा हजारौले अकालमा ज्यान गुमाइरहेकोले सचेतना पनि उत्तिकै आवश्यक रहेको डा. अवस्थीले बताए । सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमाल, स्वास्थ्य महासाखा प्रमुख नरेद्रसिंह कार्की, वरिष्ठ स्वास्थ्य अधिकृत दयाकृष्ण पन्त, जनस्वास्थ्य अधिकृत मंगल शाही, चिकित्सक र स्टाफ नर्स सहितको टोलीले बुधबार त्रिवि शिक्षण अस्पताल र बिहीबार बनस्थलीस्थित राष्टिय मृगौला उपचार केन्द्रको अस्पतालजन्य फोहोर प्रशोधन र व्यवस्थापन सम्बन्धी भइरहेको नयाँ प्रविधि र गतिविधिको अवलोकन भ्रमण गरेको छ । यहाँका अस्पतालमा भइरहेको फोहोर मैला व्यवस्थापन प्रविधि सुदूरपश्चिमका स्वास्थ्य संस्थामा पनि लागु गर्न मन्त्री सुवेदीको नेतृत्वमा टोली काठमाडौ आएको हो । 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.केसीको जिवन रक्षाका लागि अप्रिय कदम चाल्न सक्ने संघको चेतावनी
Next article यी हुन् छाती दुख्ने प्रमुख कारण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web